नेपाल एयरलाइन्सको विमान मेडिकल सामग्री लिएर आज सबेरै नेपाल आइपुग्यो

नेपाल एयरलाइन्सको विमान मेडिकल सामग्री लिएर आज झिसमिसेमा नै नेपाल आइपुगेको छ।

१२.६६ टन अत्यावश्यक औषधि र अन्य मेडिकल उपकरण बोकेर चीनको ग्वान्जाओबाट उडेको  नेपाल एयरलाइन्सको वाइडबडी जहाज आइतबार बिहान साढे ५ बजे त्रिभुवन विमानस्थलमा अवतरण भएको हो।

Image may contain: aeroplane

बिमानले कोरोना भाइरसको रोकथाम, संक्रमण पहिचान, उपचार तथा उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीका लागि आवश्यक पर्सनल प्रोटेक्सन इक्वीपमेन्टस् – पिपिई लगायतका  विभिन्न सामग्री नेपाल ल्याइएको छ ।

Image may contain: outdoor

सो सामाग्री लिन नेपाल एयरलाइन्सको विमान हिजो अपरान्ह चीन गएको थियो । सामान बोकेर चीनको गोन्जाऊबाट सवा १ वजे उडेको विमान विहान ५ बजेर ३१ मिनेटमा अवतरण भएको थियो ।

Image may contain: 6 people, people standing

सरकारले खरिद गरेका स्वास्थ्य सामाग्रीमा एन ९५ मास्क, गगल्स ,पीपीई गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा,डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामाग्री ,इन्फ्रारेड थर्मोमिटर ,कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन ,रिएजेन्ट,परीक्षण किट तथा नमुना संकलन गर्ने ट्युबहरु रहेका छन् ।

Image may contain: 2 people

यसैगरि सोही विमानमा चीनले सहयोग गरेको मेडिकल सामग्री नेपाल ल्याइएको छ । सिचुवान प्रान्तको सरकार ,सिचुवान लगानीकर्ता तथा दुतावासले गरेको सहयोगको मेडिकल सामग्री नेपाल ल्याइएको हो । ज्याकमा र अलिबाबा फाउण्डेसनले मास्क सहित रोकथामका लागि प्रयोग हुने सामाग्री सहयोग गरेको छ । 

तस्बीर: क्या.दिपु ज्वारचन ,डा. महेन्द्र बिष्ट र प्रेम गुरागाँईको फेसबुकबाट

 

 


ताजा खबर