‘लक-डाउन !’ : कवि आर्जुन पराजुलीको कविता

बाहिर बाटो ढुकेर
बसेको छ कोरोना
भित्र हामी दुरी मिलाएर बसौ

भ्रस्टाचारिहरु भोकै छन्
हामी फुर्सदिला छौं
नछोइकन दूध पिलाएर बसौ
भ्रस्टाचारको हिसाब-किताब
पछि गर्दै गरौला रे !
आहिले आफ्नो मुख आफैले सिलाएर बसौ !

मान्छे अस्पतालमा पहिले मर्छ
रिपोर्ट पछि आउदैगर्छ
रिपोर्ट आउन्जेल त पर्खिनुनी !
सरकारलाई कस्तो अफ्ठेरो पर्छ !!


ताजा खबर