‘कोरोना तिमीलाई बाई बाई छ’ : शोभादेवी शिलवाल
सुन्नुहोस दिएर चित्त ।
यो कोरोना भाईरसको कबिता ।।
१९ को डिसेम्बरमा यस्को जन्म भयो ।
चाइनाको उहान शहर जन्मस्थल रह्यो ।।
चाईना बाट जहाज चढी देश बिदेश गयो ।
ब्रम्हाण्डनै सबै यसको आधिपत्य भयो ।।
चाईना पछि कोरिया र इटाली हुँदै ।
पूरै विश्व बसेकाछन् इश्वर सम्झी रुँदै ।।
मानबजनलाई लकडाउनगरी भित्र थुनि दियो ।
यो ब्रम्हाण्ड आफ्नो मात्र यसले सोचि लियो ।।
शक्तिशाली मै हुँ भन्ने यूरोप अमेरिका ।
यो बिश्व नै लागी रहेछ यस्को अघि फिक्का ।।
शक्तिशाली राष्ट्र सबलाई घुँडा टेकाई दियो ।
मानबको घमण्डलाई यसले तोडी दियो ।।
धनि, गरिब, राजा, प्रजा केहि भन्दैन यस्ले ।
आफ्ना जन्ता सुरक्षित पारौं आफ्नो आफ्नो देशले ।।
साबुन पानीऽ सेनिटाइजर मास्क लगाएर ।
सुरक्षित बसौं सबै कोरोना भगाएर ।।
हामीलाई परेछ पिर ।
ए कोरोना नेपाल नछिर ।।
नेपालमा नि प्लेन चढी यो कोरोना आयो ।
८ – १० जना थाहा भयो , अरु कतिलाई लाग्यो ।।
भारतको सिमा खुला हामिलाई डर लाग्छ ।
यतैबाट यो कोरोना देशमा पसि राछ ।।
कोरोनालाई बाईबाई गरौं हामी सबै मिली ।
त्यसपछि आफैं बन्छ यो देश झिलिमिली ।।
हातमा घडी गलामा टाई छ ।
ल कोरोना तिमीलाई बाई बाई छ ।।
२०७६ चैत्र २४ गते सम्पादित l २१:२४
बिज्ञापन