सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम कोषमा नेपाल लाइफ इन्स्योरेन्सले एक करोड रुपैयाँ हस्तान्तरण गरेको छ।
कम्पनीको संचालक समितिले केही दिन अघि कोषमा एक करोड रुपैयाँ दिने निर्णय गरेको थियो।
सोही निर्णय अनुसार कम्पनीका अध्यक्ष गोविन्दलाल संघई र संचालक कमलेशकुमार अग्रवालले प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीलाई एक करोडको चेक हस्तान्तरण गर्नुभएको छ ।
कम्पनीले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आएको संघईले बताउनुभयो। उहाँले कोरोना संक्रमण रोक्न सरकार र नागरिक एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।