महा प्रसाद अधिकारी राष्ट्रबैकमा डेपुटी गर्भनर भइ सकेका व्यक्ति हुनुहुन्छ । उहाँ यसअघिको गर्भनर नियुक्तिको समयमा पनि तीन जनाको नाममा छनौट थिए । तर तत्कालीन शुशील कोइरालाको नेतृत्वको सरकारले डा। चिरन्जिवी नेपाललाइ नियुक्त गरेको थियाे ।
अधिकारीलाई मौद्रिक नीति बुझेका अर्थशास्त्रीको रूपमा चिन्ने गरिन्छ ।
उहाँले केन्द्रिय बैंकमा बित्तीय क्षेत्र सुपरीवेक्षण र अनुगमन, सेन्ट्रल बैकिग अपरेशन, मौद्रिक नीति सम्वन्धित व्यवस्थापन लगायतमा बिशेष अनुभब हाँसिल गर्नुभएको छ ।
त्यसपछि, केहि समय अघि अधिकारी लगानी बोर्डमा प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त हुनु भएको हो । चार्टड एकाउन्टेन्ट अधिकारीले बर्तमान अर्थमन्त्री युवराज खतिवडालाई गर्भनर हुँदा भरपूर सहयाेग गर्नुभएको थियो । त्यो बेला गर्भनरको रूपमा खतिवडा सफल हुनुको पछाडि अधिकारीको सहयोग थियो भन्ने गरिन्छ ।
अधिकारीले सन् १९९३ मा दि इन्डियन इन्टिच्यूट अफ चाटर्ड एकाउन्टेन्सिबाट चाटर्ड एकाउन्टेन्सीसम्मको अध्ययन पुरा गरेका हुन । उहाँले नेपाल कमर्श क्याम्पसबाट स्नातक र नमूना मच्छेन्द्र क्यामसबाट प्रवीणता प्रमाण पत्र पास गर्नुभएको थियो ।
अधिकारी पूर्वीपहाडी जिल्ला खोटांङमा जन्मिएका हुन् । सफल नेपाल