लकडाउनमा रहेका बिरामीकालागि ॐ अस्पतालले सुरु गर्‍यो निःशुल्क टेलिमेडिसिन सेवा

काठमाडौंको  चाबहिलमा रहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले टेलिमेडिसिन सेवा सुरु गरेको छ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको महामारी र लकडाउनको बिषम परिस्थितिमा बिरामीको सुविधाका लागि निःशुल्क टेलिमेडिसिन सेवा सुरु गरिएको अस्पतालका मेडिकल कोअर्डिनेटर डा.बिश्वनाथ कोइरालाले जानकारी दिनुभएको छ।

 

No photo description available.

अस्पतालले टेलिमेडिसिन सेवाकालागि डाक्टरहरुको सूची र समयतालिका समेत सार्वजनिक गरी आजैबाट हरेक दिन बिहान ११ बजेदेखी अपरान्ह १ बजेसम्म बिशेषज्ञ चिकित्सकसँग निःशुल्क परामर्शको ब्यबस्था गरेको जानकारी दिएको छ।

लकडाउनको अवधि लम्बिदै गएपछि अस्पतालले नियमित उपचार र फलोअपमा रहेका बिरामीहरुलाई समबन्धित बिशेषज्ञ चिकित्सकहरुसँग आ-आफ्नै घरबाट कन्सलटेसन गर्न सक्ने ब्यबस्था सहित टेलिमेडिसिन सेवा शुरु गरेको अस्पतालका प्रबन्ध निर्देशक बाबु काजी कार्कीले सफल नेपाललाई बताउनुभयो ।

पोखरााकी एक बिरामीलाई टेलिमेडिसिन मार्फत परामर्श दिनुहुँदै ॐ अस्पतालका बाथरोग बिशेषज्ञ डा.साकेत झा

टेलिमेडिसिन सेवा शुरु भएको पहिलोदिन ॐ हस्पिटलका बाथरोग बिशेषज्ञ डा. साकेत झाले बिहान ११ बजेदेखी अपरान्ह १ बजेसम्म बिरामीहरुलाई अनलाईन कन्सलटेशन सेवा प्रदान गर्नुभएको थियो ।

No photo description available.

ॐ अस्पतालको टेलिमेडिसिन सेवाकालागि [यहाँ क्लिक गर्नुहोस्]

टेलिमेडिसिन प्रयोग गर्ने तरिका यस्तो छः
टेलिमेडिसिन सेवा अन्तर्गत सम्बन्धित विशेषज्ञ चिकित्सकसँग निःशुल्क परामर्शकालागि बिरामी वा बिरामीका सहयोगिले के केगर्नेुपर्छ जानकारी गराउनुहुँदै ॐ हस्पिटलका आईटी म्यानेजर कृष्ण थापा ।

सफल नेपाल


ताजा खबर