वृद्धदेखि आज बालसम्म
सम्पन्नदेखि अनिकालसम्म
ट्रम्पलगायत मोदीलालसम्म
विश्व चकित छ मान्दै अचम्म
गाली दिँदैछन् अनेकथरीभनी
बताऊ न को रानी हौ तिमी?
सबै सबैको मनमा छाउने
त्रासदीपूर्ण भुइँचालो ल्याउने
नातावाद र पैसामा नबिक्ने
उचनीच सारा समान देख्ने
रोइरहेछ्न् डराइ पश्चिमी
बताऊ न को रानी हौ तिमी?
यौवनको मात सार्दै हिड्ने
छुनासाथ त्यसैलाई मार्दै हिँड्ने
कुन हो अवतार लिएको कलीले
भगाउन सकेन शक्तिशालीले
काम्दै चिच्याउँदै छिन् मातृभूमि
बताऊ न को रानी हौ तिमी?
भुइँचालोको घाउ आलैछ दिलमा
दुखैदुख छ नआउनु नेपालमा
जनता झुपडी,कोही छौँ त्रिपालमा
जुटेका छौँ सर्कार सघाउनमा
नआऊ दुखाउन गरी मनमानी
बताऊ न को रानी हौ तिमी?
कबयत्री राई पानीट्याँङ्की मावि रातमाटा सिन्धुलीकी शिक्षिका हुन् ।