‘नयाँ बर्ष २०७७’ : शोभा देवी सिलवाल
घुमिफिरी २०७७ आयो नयाँ बर्ष !
न कसैमा जोश जाँगर, न कसैमा हर्ष !!
बसन्तको हरियाली सबै फिक्का भयो !
मर्ने बाँच्ने टुङ्गो छैन, रहर कोरोनाले खायो !!
लक डाउनको जिबन त जेलै समान रैछ !
घण्टा घण्टा बिताउनलाई धेरै मुस्कील भैछ !!
खायो सुत्यो लक डाउनमा प्रेसर, सुगर बढ्छ !
मनमा पिर धेरै पर्दा, हार्ट अट्याकको डर छ !!
धन्यवाद छ इन्टरनेटको आविष्कार लाई !
राहत भाछ लक डाउनका जनतालाई बाई !!
आफ्ना आफ्ना छिमेकमा भोका नाङ्गा हेरी !
जति सक्छौं सहयोग गरौं हात माथि पारी !!
यो बिपतमा देशमा हाम्ले सहयोग गर्नु पर्छ !
काँधमा काँध मिलाएर अघि बढ्नु पर्छ !!
काला बजारी गर्नेहरु किन लोभ गर्छौ !
कोरोनाले धन भन्दैन रोग लागे के गर्छौ !!
सुन चाँदि हिरा मोती के नै रहेछ र ?
अन्न दिने किसानलाई सबले सम्मान गर !
भोक लाग्दा खाना मिल्दो रहेनछ सुन !
ज्यान बचाउन चाहिँदो रहेछ अन्न र नुन !!
खान हुन्न सुँन चाँदि थुपारेर के काम !
किसानको पसिनालाई दिँउ हाम्ले इनाम !!
अहिले हाम्लाई गाँस, बास भन्दा के चाहिएको छ र ?
सहयोगी हातहरु, सहयोग गर्न अघि बढ !!
नयाँ सालको सबै जनालाई शुभकामना !
यति भन्दै बिदा हुन्छु यहि छ मेरो चाहना !!
२०७६ चैत्र २९ गते सम्पादित l ००:१४
बिज्ञापन