- ज्वाला ढकाल
थाकेर घर फर्कदैं थिए
ढोका खोल्दै गर्दा
बिचैमा उन्को याद्ले रोक्यो
आँखामा उन्को तस्वीर अल्झेको थियो
त्यसैले होला केहीबेर जगत नै अन्धकारमय बन्यो
शायद मनमा बादल लागेछ क्यारे
अनी बर्षात नै सुरुभयोअचम्मको नमेटिने प्यास लागेको थियो
पानी लिदै थिएँ हृदय ले हत्केलालाई रोक्यो
भरिएको गिलास पन्छएर
यो मनले फेरी कपी र कलम रोज्यो
शायद लाग्छ तिम्रो तृष्नणालाई
सेतो पानामा भरेर मेट्न खोज्दै छ
अनी केही लेख्न
तिमीलाई सुनाउन खोज्दैछ
तिमी सुन्ने कि नसुन्ने
तर सुन्नैपर्छसाच्चै आउनुनै छ भने तिमी
खुशी लिएर आउ
रोदन लाई मेटाएर आउ
कल्पनामा होइन यथार्थ मा आउ
फर्केर हेर अनी हात समाउ
बादलिन्छ यो मन छाडेर नजाउ
झर्दैछन हेर कोपिलाहरु
रोकेर तिमी फक्रन देउ
गाएर आउ प्रेमका गाथा
हरेक जन्ममा फुलहरु फुलाउनुछ
रङ्हरु भर्नुछ
अनी तस्वीरमा होइन
तिम्रा आँखामा आफ्नै प्रतिबिम्ब हेरी
कैयौं बर्षदेखिका रहरहरु मेटाउनु छ ।।।