- वाइ पी विनय (दुधौली, सिन्धुली)
लामो समयको लकडान साउन ७ गते देखि अन्त्य भएपछि सावधानी अपनाएर यो साता सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं. २ भलुवाई र वडा नं. ३ माथिल्लो खुट्टेपानीमा टिडिएच जर्मनीको आर्थिक सहयोगमा त्यस क्षेत्रमा बालबालिका संग सम्बन्धीत गतिविधिहरु गरिरहेका दुई संस्था हुडेक सिन्धुली र रिलिफ नेपाल सिन्धुलीको आयोजनामा दुई दिने बाल भित्ते पत्रिका प्रकाशन तथा बालक्लव व्यवस्थापन तालिम सञ्चालन गर्न म साउन १६ गते विहानै सिन्धुली सदरमुकामबाट निपाने प्रस्थान गरे । पुर्व निर्धारित समय अनुसार पहिलो दिन विहान ७ बजे देखि ११ बजे सम्म निपानेका भाई बहिनीहरुलाई आधारभूत रुपमा पत्रिकामा समावेश हुने मुख्य-मुख्य विषयवस्तु माथि प्रकाश पार्दै, समाचार, सम्पादकीय,बारेमा जानकारी दिने र ती सामग्रीहरु तयार गर्न लगाउदै जाने तथा भोलिपल्ट तिनै सामग्रीहरुलाई भित्तेपत्रिकाको रुपमा कार्डबोर्ड पेपरमा हातले लेखेर तयार गर्ने कार्यक्रम थियो । सोहि सेड्युल भलुवाईका भाईबहिनीहरुलाई पनि थियो । मैले निपानेको पहिलो दिनको कार्यक्रमको अन्तिममा पत्रिकामा समावेश हुने सामग्री मध्ये अन्र्तवार्ताको बारेमा जानकारी गराउँदै भोलिको तालिममा सहभागि हुन आउँदा आफ्नो गाउँ ठाउँका भद्र भलाद्मी, बुद्धिजिवि, वडा अध्यक्ष, वडा सस्य, स्कुलको हेडसर वा अन्य शिक्षकहरु कसै सँग बर्तमान चुनौतिको रुपमा रहेको कोरोना रोग र यसबाट बच्ने उपाय लगायत अन्य गाउँको समसामयिक विषय बारेमा अन्र्तवार्ता लिएर आउन होमवर्क दिए । सँगै कुनै न कुनै सन्देश दिने चित्रकला बनाएर लिएर आउन पनि सुझाव दिए । पत्रिकामा बालबालिकाका चित्रकला ग्लुस्टीक लगाएर टाँस्दा राम्रै हुने मेरो अनुमान थियो ।
भलुवाईको तालिम चाहि पहिलो दिन दिउसोको सत्रमा सञ्चालन गरिएको थियो ५ बजे सक्ने भनिए पनि बेलुका रात पर्न सात बज्ने भएकाले केहि समय बढि लिदा फरक पर्ने थिएन । बालबलिकाहरु पनि तालिम त्यसमा पनि चित्रकला भने पछि अत्यन्त उत्सुकताका साथ सहभागि भई रहेका थिए । त्यसैले अन्य विषय वस्तुहरु सँगै चित्रकला तालिमकै शिलशिलामा हुने भयो । बालबालिकाहरुलाई चित्र बनाउन २० मिनेटको समय दिएर मैले कलर पेन्सी, क्यारन कलर, साइनपेन र पेन्सीलहरु उपलब्ध गराएईदिए । २० मिनेटमा उनिहरुले बनाएको चित्र देखेर म अच्चमीत मात्र भइन चित्रको गुणस्तरीयता र दिन खोजेको सन्देशले मेरो मन मुटु छोयो । चित्रको सन्देश देखेपछि रिलिफ नेपालबाट टिडिएच जर्मनिको कार्यक्रम संयोजकको रुपमा तालिम हल भित्रै रहनु भएका के.आर. विजय पनि खुशि हुनु भयो । बालबालिकाहरुले चित्र अझै पनि पूरा गर्न समय नपुगेको बताएपछि थप १० मिनेट समय प्रदान गरेर उनिहरुको चित्रकलालाई प्रोत्साहान गर्ने निर्णय गरियो ।
उनिहरुले बनाएका धेरै चित्र मध्ये सबैभन्दा मन छुने चित्र थियो गुराँस एकता बाल क्लव कि छात्रा सिमाना पोखरेलले बनाएको चित्र । जसमा बर्तमान कोरोना महामारीको सन्दर्भ थियो । जसमा प्रयोग गरिएका माक्स जथाभावि फालिएका र त्यसबाट कोरोना संक्रमण फैलन सक्ने भएकाले फोहोर माक्सका लागि छुट्टै डस्वीनको प्रयोग गर्नु पर्छ भन्ने सन्देश थियो । बास्तवमा कोरोना संक्रमणको यो जोखिममा प्रयोग भएका माक्सलाई कसरी व्यवस्थापन गर्ने एक चुनौतिको विषय हो । माक्स अन्य डस्वीनमा फाल्दा सरसफाई गर्ने व्यक्तिमा कोरोनाको जोखिम अत्याधिक हुन्छ । यदि कोरोना लागेको व्यक्तिले प्रयोग गरेर फालेको रहेछ भने त त्यसबाट कोरोना सजिलै समाजमा फैलन सक्ने खतरा रहन्छ । काठमाण्डौमा केहि समय अगाडि ढलमा कोरोना भेटिएको सन्दर्भपनि यहि माक्सको कारण हुन सक्छ । त्यसैले माक्सका लागि छुट्टै डस्विनको प्रयोग गर्नु पर्छ । दश कक्षामा अध्यनरत छात्राले यति धेरै दिमाग लगाएर बनाएको यो चित्रले जो कोहिलाई उनको प्रतिभा देखेर नतमस्तक बनाउछ नै । बाल प्रतिभाको विकास गर्न भनेर आयोजना गरिने यस्ता तालिमहरुलाई अनावश्यक र पैसा सक्ने मेलो मात्र हो भन्ने हरुलाई समेत बाल प्रतिभा यसरी पनि पहिचान गर्न सकिन्छ भन्ने गतिलो सन्देश दिएको छ ।
अर्को एक क्लवमा सदस्य रहेकी एक जना वालिकालाई उनको काकाले पर्दैन जानु भनेर तालिममा आउन दिनु भएन रे ! कोरोनाको संक्रमणमा उहाँले भन्नु भएको कुरा पनि नाजायज त होइन । दुई चार जना साथिहरु सँग घुलमिल हुने ठाउँमा नजाउन भन्ने नै बेला छ यो । तर यस्ता समाजमा अगुवा हौ भन्ने, जाने बुझेका व्यक्तिहरुनै किन जानु पर्यो यस्ता कार्यक्रममा, पैसा सक्न, जागिर खान, भत्ता पकाउन आएका हुन भनेर चोक चौतारामा कुरा काटेर बसेका हुन्छन् । तर यसरी क्षमता विकास भइरहेको र प्रतिभा पहिचान भईरहेको कुरा भने उनिहरुलाई अत्तोपत्तो नै हुदैन । भलुवाईको गुराँस एकता क्लव मात्र होइन कमला, नवज्योति, पशुपति बाल क्लवका भाई बहिनीहरुले पनि धेरै सन्देश मुलक चित्र र समाचारहरु तयार गरेका थिए ।
गुराँस एकता बाल क्लवकै भाई बहिनीहरुले कमला मा.वि स्कुल अगाडिबाट मदन भण्डारी लोकमार्ग निर्माण भएर सडक कालोपत्रे भएपछि फराकिलो सडकमा हुइकिने सवारी साधनले विद्यार्थीहरुलाई जोखिम भएको भन्दै पत्रिकामा सम्पादकीय मात्र लेखेनन् त्यसमा विद्यालय अगाडिको सडकको फोटो बनाएर त्यहाँ जेब्रा क्रसिङ र गति २० किमि मा सिमित गर्नुपर्ने सन्देश सहितको बोर्ड राख्नुपर्ने विषयको उजागर गरेका थिए । भित्ते पत्रिकामा गाउँमा फेरिएको विकास निर्माण पछिको चुनौतिलाई यसरी सचित्र समावेश गर्न सक्नु आफैमा सबल पक्ष हो भने त्यो गर्न सक्ने क्षमता भएका बालबालिकाहरु र उनिहरुको प्रतिभालाई सार्वजनिक गर्न भित्ते पत्रिका प्रकाशन तालिम सञ्चालन र सामग्री प्रदान गर्ने संस्थाले गरेको लगानि पनि सदुपयोग भएको पत्रिकामा देखिएका विषय वस्तुले प्रष्ट पार्दथ्यो ।
हत्पतेका बालबालिकाहरुले भित्ते पत्रिकामा बालबालिकाहरुले बालश्रम नगरौ भन्ने सम्पादकीय लेख्दा बालश्रम गरिरहेको तस्विर, कार्यालय, स्वास्थ्य संस्थाको अगाडि डस्वीन राख्नु पर्ने तस्वीर, कुहिने फोहोर र नकुहिने फोहोर हाल्ने अलग अलग डस्वीन आदिका तस्विर राखेका थिए । पत्रिकामा अर्को महत्वपूर्ण विषयको रुपमा उनिहरुले कारोनाबाट बच्ने उपायका बारेमा आफैले लेखेका मौलिक सन्देशहरु, ३५ दिन भित्र वडा कार्यालयमा गई बालबालिकाहरुको निःशुल्क जन्म दर्ता गर्नुपर्ने सन्देश समेत समावेश गरेका थिए । केहि भाईहरुले लिम्पीया धुरा सम्मको नेपालको नयाँ नक्सा हातले बनाएर पत्रिकाको हेडलाईनको दायाँपट्टि राखेका थिए । यसले बालबालिका हरुमा पछिल्लो राजनीतिक घटनाक्रम बारे पनि राम्रो जानकारी र त्यसको प्राथमिकता बारे ज्ञान भएको झल्को दिन्थ्यो ।
माथिल्लो खुट्टे पानी निपानेमा अघिल्लो दिनको दुई वटा होमवर्क अन्र्तबार्ता र तस्वीर लिएर भाईबहिनीहरु हाजिर थिए । भलुवाईको चित्रले निकै लोभ्याएको मलाई निपानेमा पनि चित्र नै प्राथमिकतामा प¥यो त्यहाको चित्र हेर्न थालेपछि मलाई थप सन्तुष्टि मिल्यो । लगानशिल बाल क्लवका अध्यक्ष दिपक वि.क. मुक्तक विधामा प्रखर थिए, तालिम पछि नियमित सबै महिना भित्ते पत्रिका प्रकाशन गराउथे । एउटा एक्पोजर भिजिटमा नृत्य गरेर पनि मन जितेका थिए । यो पटक चित्रकलाबाट पनि मेरो मन जिते, उनले फोहोर फाल्ने डस्वीनको बारेमा दुई वटा चित्र बनाएका थिए । डस्वीनमा फोहोर व्यवस्थापनका बारेमा । चित्रको सन्देश जति गहन थियो त्यतिनै आर्कषक पनि । राजधानी बाट प्रकाशन हुने ठूला ब्रोडसिट र म्यागजिनहरुले कम्प्युटर एनिमेशन गरेर बनाएका भन्दा राम्रा चित्र र रंगको संयोजन, वा दिपकको कलाकारीता ! कोरोना जोखिमा हात मिलाउनु हुन्न भन्ने सन्देश दिने चित्र उस्तै राम्रो । निपानेमा दिपक मात्र होइन । सरस्वती बाल क्लवकी छात्रा गोमा घिमिरेले बृक्षारोपण बारे बनाएको तस्वीर प्रशान्त खड्काले जेब्रा क्रसमा दृष्टिविहिनलाई बाटो कटाउदै गरेको तस्विर, धुमपान निषेध गरेर बनाईएको तस्विर, बातावरण विनास, बन विनासका तस्वीर साँच्चै लोभलाग्दो प्रतिभा देखिन्थ्यो भलुवाहि र निपानेका बालबालिकाहरुमा । मैले गत वर्ष पनि उनिहरुलाई भित्ते पत्रिका प्रकाशन तालिम दिएको हुँ । शब्दले त उनिहरुले मेरो मन गत वर्ष नै जितिसकेका थिए । उनिहरुले भित्ते पत्रिकाको समाचारका लागि उठान गरेका कतिपय विषयहरु सफल नेपाल साप्ताहिकको पनि समाचारको विषय बनेका थिए । कमला नदीमा पुल नहुदा वडा नं. ३ निपाने झुगाका बालबालिकाहरुले बर्खा याममा हप्तौ कक्षा गुमाउनु पर्ने वाध्यता, विद्यालयमा पंखा नहुदा जस्ताको तातो छानो मुनि बसेर पढ्नु परेको वाध्यता, शौचालय फोहोर भएको विषय, विद्यालयमा कम्प्युटर ल्याव भएर पनि संचालन नभएको विषय, बालश्रमका कारण विद्यार्थीहरु विद्यालय बाहिर रहेको विषय, भित्ते पत्रिकामा समाबेश गर्ने क्षमता राख्ने यहाँका बालबालिका मैले यि विषय वस्तुहरुलाई सफल नेपाल साप्ताहिकमा पनि बारम्बार स्थान दिएको छु ।
उनिहरुका समाचार बाट सन्तुष्ट र उत्साहित भएको मलाई यो पटक उनिहरुको चित्रकारीताले थप खुशि तुल्यायो । मैले धेरै ठाउँमा भित्ते पत्रिकाको समाचारमा हुदै नभएको बस दुर्घटनाको समाचार लेखाएर बालबालिकाहरुलाई समाचारको अभ्यास गराएको देखेको छु । तर बालबालिकाहरु सँग छलफल र प्रश्न गर्ने हो भने एउटा होईन आठ दश वटा भित्ते पत्रिका भरिने विषय वस्तु उनिहरुकै मुख र हात बाट निकालन सकिन्छ भन्ने उदाहरण हुन माथिल्लो खुट्टेपानी र भलुवाहिका मेहनती बालबालिका । साँच्चै लोभलाग्दा बाल प्रतिभा छन् यि दुई स्थानमा । उनिहरुको प्रतिभा विकासका लागि थप प्रोत्साहानको लागि यस्ता प्रयासहरुले निरन्तरता पाउनु आवश्यक देखिन्छ । संस्थाले उनिहरुलाई तालिम मात्र दिएको छैन एक वर्ष पत्रिका प्रकाशन गर्न पुग्ने सामग्रीहरु पनि उपलब्ध गराएको छ । पत्रिका टास्नका लागि जालि भएको हत्तपत्त पत्रिका च्यात्न नसक्ने ताल्चा लगाउने बोर्ड पनि उपलब्ध गराएको छ । उनिहरुलाई विद्यालयका शिक्षक, प्रधानाध्यापक तथा गाउँका अग्रजहरुले पत्रिका प्रकाशनका लागि हौसला भने दिई राख्न आवश्यक छ ।
दुधौली नगरपालिका ३ निपानेको लगनशिल बालक्लवका अध्यक्ष दिपक वि.क.को फोहोर फाल्ने सहि र गलत तरिका बारेका दुई चित्र ।