‘कोभिड पछि दूरसञ्चार उपभोक्ताको व्यवहारमा ठूलो परिवर्तन आउनेछ’

नेपाल दूरसञ्चार प्राधिकरणको  पछिल्लो तथ्याङ्क अनुसार नेपालमा मोबाइल पहुँच जनसंख्याभन्दा पनि बढी अर्थात् १ सय २७ प्रतिशत छ । तर, अझै पनि ग्रामीण क्षेत्रका बासिन्दा मोबाइल सेवाको पहुँचबाट बाहिर छन् । यस्तो अवस्थामा मोबाइल नेटवर्कमा थप लगानी गर्नु आवश्यक छ । तर, अचानक सुरु भएको कोभिड-१९ को प्रभावले अर्थतन्त्रका अन्य क्षेत्रसँगै दूरसञ्चार क्षेत्र पनि प्रभावित भएको छ ।  कोभिड-१९ अघि विश्वभरका टेलिकम अपरेटरहरू आफ्नो नेटवर्कलाई फोरजी र फाइभजीमा स्तरोन्नति गर्न ठूलो मात्रामा लगानी गरिरहेका थिए । तर, कोभिडका कारण धेरैले पूर्वाधार विस्तारमा पुनर्विचार गर्दै छन् । कोभिड-१९ ले विश्वव्यापी रूपमा र नेपालमा दूरसञ्चार व्यवसायमा पारेको प्रभाव, यसबीचमा दूरसञ्चार कम्पनीहरूले गरिरहेको काम, निर्वाह गरेको भूमिका, कर विवादपछिको योजना र एनसेलको साधारण सेयर जारी गर्ने विषयमा एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ यी बिनसँगको सफल कुराकानीको अनुवादित र सम्पादित अंश।

संसारभर भएको गे्रट लकडाउनको अवधिमा दूरसञ्चार सेवाको खपत उल्लेखनीय रूपमा बढेको छ । डेटा र भ्वाइसको ट्राफिक बढ्दा ब्रोडब्यान्डदेखि मोबाइल सेवाप्रदायकहरू लाभान्वित भएका छन् । यही कारण अन्य क्षेत्र नराम्रोसँग प्रभावित हुँदा तुलनात्मक रूपमा दूरसञ्चार पूर्वाधारसम्बन्धी काम गर्ने कम्पनीहरूले राम्रो व्यवसाय गरिरहेको देखिन्छ । नेपालमा चाहिँ कोभिड–१९ का कारण दूरसञ्चार व्यवसायमा परेको प्रभावलाई कसरी मूल्यांकन गर्नुहुन्छ ? 

तपाईंले भनेजस्तै समग्रमा दूरसञ्चार कम्पनीहरूको नेटवर्क प्रयोग बढेको छ भन्ने साँचो हो । लकडाउनका कारण मानिसहरू घरमै बस्नुपर्दा वा घरबाटै काम गर्नुपर्दा उनीहरूबीच सम्पर्कको माध्यम दूरसञ्चार सेवा नै हो । त्यसैले सेवाको उपभोग बढ्नु स्वाभाविक पनि हो । तर, महामारीका वेला दूरसञ्चार सेवा उपभोग जुन अनुपातमा बढेको छ, त्यही मात्रामा व्यवसायमा प्रभाव पर्दैन । किनभने, यो अत्यावश्यक सेवा भएकाले दूरसञ्चार कम्पनीहरूले महामारीका वेला सामान्य अवस्थाको जस्तै शुल्क लिन मिल्दैन । हामीले सामान्यभन्दा धेरै कम शुल्कमा सेवाहरू उपलब्ध गरायौँ । यस्तै काम अन्य टेलिकम कम्पनीहरूले पनि गरे।

उदाहरणका रूपमा लकडाउन सुरु भएसँगै हामीले रिचार्जमा १ सय २० प्रतिशत बोनस दिने प्याकेज ल्याएका थियौँ, अर्थात् १ सयको रिचार्ज गर्दा थप १ सय २० रुपैयाँ बोनस ब्यालेन्स पाइन्थ्यो । यस्तै सापटी रकममा वृद्धि, निःशुल्क ब्यालेन्स ट्रान्सफर, इन्टरनेटमा २५ प्रतिशत छुटलगायत अन्य विविध सुविधा पनि हामीले दिएका थियौँ । त्यसो हुँदा लकडाउनको अवधिमा हाम्रो डेटा ट्राफिक करिब ४० प्रतिशतले बढ्यो, तर आम्दानी भने समग्रमा यो ३५ प्रतिशतले घटेको छ । हाम्रो मात्रै होइन, अन्य दूरसञ्चार कम्पनीहरूको पनि आम्दानी यही अनुपातमा घटेको छ । डेटा बढे पनि कम्पनीहरूको आम्दानी सोही अनुपातमा बढेको छैन भन्ने यसले स्पष्ट पार्छ । तर, आंशिक रूपमा लकडाउन खुला गरिएपछि भने समग्र आम्दानी १२–१५ प्रतिशतले वृद्धि भएको छ । यसले केही आशा देखाएको छ । तर, यो महामारीभन्दा अगाडिको अवस्थामा पुग्न धेरै समय लाग्नेछ ।

दूरसञ्चार क्षेत्रले महामारीअघिको भन्दा पनि राम्रो गरिरहेको छ भन्ने मिथक विगत केही सातादेखि मैले पनि सुनिरहेको छु । त्यो बिलकुलै साँचो होइन । महामारीअघि जुन स्तरको व्यवसाय थियो, लकडाउन सुरु हुनेबित्तिकै निकै खस्कियो, अहिले अलि खुकुलो अवस्था हुँदा थोरै बढेको छ । एनसेलकै सन्दर्भमा कुरा गर्दा लकडाउन सुरु भएपछि १० लाख ग्राहकले सेवा प्रयोग गरेका छैनन्, उनीहरू एकाएक हराएका छन् । यो तथ्यांकलाई लकडाउनले मुलुकको बेरोजगारीमा कस्तो असर परेको छ भन्ने विषयसँग जोड्न सकिन्छ । रोजगारी गुमाएकाले आम्दानीको अभावमा उनीहरूले मोबाइल प्रयोग गर्न छोडेका हुन सक्छन् । यसको अर्थ मुलुकमा बेरोजगारी त्यही स्तरमा बढेको हुन सक्छ । अहिले लकडाउन केही सहज भए पनि ती ग्राहकले पुनः सेवा सुरु गरेका छैनन् ।

लकडाउन सुरु भएलगत्तै रिचार्ज कार्ड पाइने खुद्रा बिक्री केन्द्रहरू बन्द भए, त्यसवेला करिब ३ प्रतिशत मात्रै त्यस्ता स्थानहरू खुलेका थिए, त्यसले पनि हाम्रो व्यवसायमा ठूलो असर पा¥यो । अहिले २५ प्रतिशतजति खुद्रा बिक्री केन्द्रहरू खुलेका छन् । यसबीचमा इन्टरनेट सेवाप्रदायकबाट इन्टरनेट लिने पनि बढे ।

अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार दूरसञ्चार सेवाको उपभोग बढेकाले यो महामारीको समयमा पनि संसारभरिका दूरसञ्चार कम्पनीहरूको आम्दानी बढेको छ । तर, तपाईंले भर्खरै भन्नुभयो, एनसेलको आम्दानी भने ३५ प्रतिशतले कमी आएको छ । नेपालको दूरसञ्चार व्यवसाय संसारका अन्य मुलुकको तुलनामा कसरी फरक भयो ? 

दूरसञ्चार कम्पनीहरूको व्यवसायको प्रवृत्ति संसारभरि नै त्यति फरक छैन । आजियाटा ग्रुपअन्तर्गत हामी ५–६ मुलुकमा काम गर्छौँ, ती सबै मुलुकमा महामारीले उस्तै प्रभाव पारेको छ । तर, नेपालमा अन्य मुलुकको तुलनामा दूरसञ्चार क्षेत्रलाई अझै गहिरो प्रभाव पारेको छ । किनभने, नेपालमा डिजिटलाइजेसनको स्तर एकदमै कमजोर छ । मुलुकमा डिजिटल अर्थतन्त्रको निर्माण कुन स्तरमा भएको छ, दूरसञ्चार व्यवसायमा प्रभाव पनि त्यही स्तरमा परेको देखियो । डिजिटल अर्थतन्त्रको राम्रो विकास भएका देशमा लकडाउनका वेलामा पनि उपभोक्ताले टेलिकमसँग सम्बन्धित सेवामा सहज पहुँच पाए, त्यहाँ असर कम प-यो । तर, नेपालमा डिजिटलाइजेसन कम हुँदा मानिसहरूले चाहेर पनि सेवा प्रयोग गर्न पाएनन्, त्यसैले नेपालमा असर बढी भयो ।

मलेसिया अन्य विकासका तुलनामा डिजिटलाइजेलनका हिसाबले अगाडि छ । त्यसो हुँदा मलेसियाको आजियाटा गु्रपअन्तर्गको कम्पनी सेलकमको व्यवसाय यस अवधिमा करिब १५ प्रतिशतले मात्रै प्रभावित भयो, एनसेलको ३५ प्रतिशतले । यति ठूलो अन्तर हुनुको एउटा मात्रै कारण भनेको हाम्रो डिजिटल अर्थतन्त्र कमजोर हुनु नै हो । त्यसैले हामीले विगत ४ महिनामा सबैभन्दा धेरै प्रयास डिजिटलाइजेनलाई अगाडि बढाउनेमै लगाइरहेका छौँ ।

डेटा प्रयोगका दृष्टिले तुलना गर्दा मलेसियामा एक व्यक्तिले प्रतिमहिना १६ गिगाबाइट (जिबी) डेटा प्रयोग गर्छ, कम्बोडियामा १८ जिबी छ भने नेपालमा एनसेल प्रयोगकर्ताले १ दशमलव ८ जिबी मात्रै प्रयोग गर्छ । डेटा उपभोगको स्तर एउटा त उपभोक्ताको व्यवहारमा भर पर्छ, दोस्रो डिजिटल प्लेटफर्महरूको उपलब्धता कति छ, त्यसमा भर पर्छ । यसलाई आगामी २ देखि ३ वर्षमा ८ देखि १० जिबी प्रतिमहिना पुर्‍याउने हाम्रो लक्ष्य छ । त्यसका लागि नेटवर्कमा थप लगानी आवश्यक छ । हामी नेटवर्कको क्षमता विस्तार गर्दै छौँ । गत डिसेम्बरमा हामीले थप स्पेक्ट्रम प्राप्त गरेका थियौँ । अहिलेसम्म हामीले त्यो स्पेक्ट्रम सक्रिय बनाएका छैनौँ । त्यसका लागि हामी पर्याप्त लगानी गर्दै छौँ ।

विश्वका अन्य दूरसञ्चार सेवाप्रदायकहरूले कस्तो गरिरहेका छन् भनेर पनि हामीले हेरिरहेका छौँ । कतिपय कुरामा हामी पछाडि छौँ, तर पश्चिमी मुलुकको तुलनामा नेपालको दूरसञ्चार व्यवसाय धेरै अप्ठ्याराहरूको सामना गर्न सक्षम छ ।

यो महामारीले दूरसञ्चार क्षेत्रमा पार्ने मध्यमकालीन र दीर्घकालीन प्रभाव कस्तो देख्नुहुन्छ ? 

दूरसञ्चार क्षेत्रमा मध्यमकाल भनेर हामी एक वर्षलाई मान्ने गर्छाैँ । दीर्घकाल भनेर दुई–तीन वर्षलाई लिने गरिन्छ । मध्यमकालका लागि दूरसञ्चार कम्पनीहरूको रणनीति परिवर्तन होलाजस्तो मलाई लाग्दैन । किनभने, दूरसञ्चार भनेको दीर्घकालीन व्यवसाय हो । हामी १० करोड अमेरिकी डलर लगानी गर्छौँ भने त्यो छोटो अवधिलाई हेरेर गर्दैनौँ, लामो समयलाई विचार गरेर गर्छौँ । त्यसो हुँदा मध्यमकालमा हामी महामारीअघि जे गर्ने भनेर योजना बनाएका थियौँ, त्यसैलाई निरन्तरता दिन्छौँ ।

यसबीचमा जुनजुन कुराले हामीलाई बढी सहनशील (रेजिलियन्ट) बनाएको अनुभव गरेका छौँ, त्यसलाई अझै अघि लिएर जान्छौँ । उदाहरणका लागि हाम्रो समग्र व्यवसायको डिजिटलाइसेजन । यसमा हामी सकेसम्म धेरै प्राथमिकता दिनेछौँ । किनभने, अहिले हामीले के अनुभव गरेका छौँ भने डिजिटलाइजेसनको सम्पूर्ण काम महामारीअघि सम्पन्न गरेको भए राम्रो हुने रहेछ । तर, अब गर्न सक्ने भनेको यो काम जतिसक्दो छिटो गर्ने हो ।

दीर्घकालीन रूपमा अगामी डेढ वर्षमा महामारीभन्दा अगाडिको व्यवसायको तुलनामा ८०–९० प्रतिशत पुर्‍याउन सकियो भने हामी भाग्यमानी ठहरिनेछौँ । हामी त्यही लक्ष्यका साथ काम गरिरहेका छौँ । तर, हाम्रो व्यवसाय फेरिनेछैन, हाम्रो लगानीको प्राथमिकता पनि फरक पर्नेछैन । किनभने, हामीले लगानी गरिरहनुपर्नेछ । अहिले हाम्रो नेटवर्क यसअघिको भन्दा पनि धेरै उपयोग भएको छ, तर त्यसको धेरै हिस्सा भ्वाइसले लिएको छ । अगामी दिनमा डेटाले ८०–९० प्रतिशत नेटवर्क उपयोग गर्नुपर्नेछ, हामी डेटाकेन्द्रित बन्नुपर्नेछ । त्यसका लागि पनि थप लगानी आवश्यक छ ।

अहिले हाम्रो टूजी कभरेज ९२ प्रतिशत छ, अर्थात् ९२ प्रतिशत जनताले आधारभूत मोबाइल सेवामा पहुँच पाएका छन् । तर, डेटा सेवा उपभोग गर्ने कम छन्, यो संख्या ९० प्रतिशत पुर्‍याउने हाम्रो लक्ष्य छ । तर, त्यसका लागि थप स्पेक्ट्रम आवश्यक पर्छ । हामीले ९ सय मेगाहर्ज ब्यान्डमा स्पेक्ट्रम पायौँ भने त्यसको दुई वर्षभित्रै ९० प्रतिशत जनताकहाँ फोरजी कभरेज पुर्‍याउन सक्छौँ । यो हाम्रो प्रतिबद्धता हो ।

कोभिड–१९ अघि टेलिकम अपरेटरहरू आफ्नो नेटवर्कलाई फोरजी र फाइभजीमा स्तरोन्नति गर्न ठूलो मात्रामा लगानी गरिरहेका थिए । कोभिडका कारण धेरैले यो विस्तारमा पुनर्विचार गर्दै छन् । तर, तपाईंले भने लगानी विस्तारलाई निरन्तरता दिने बताउनुभयो । नेपालमा फोरजी नेटवर्क नै सर्वसुलभ नभइरहेको अवस्थामा त्यस क्षेत्रमा तपाईंहरूले लगानी विस्तारको योजनालाई पुनर्विचार गरिरहनुभएको त छैन नि ? 

विश्वका दूरसञ्चार कम्पनीहरूले काम गरिरहेको वातावरणमा विविधता छ । आजियाटा ग्रुपको उपस्थिति रहेका मुलुकहरूमध्ये नेपालबाहेक सबैसँग पूर्ण क्षमताको फोरजी नेटवर्क छ । र, विश्वका अधिकांश देश ट्रायलका लागि फाइभजीमा जाँदै छन् । तर, नेपालमा एनसेलसँग टू, थ्री र फोरजी तीनवटै नेटवर्क छ । विगत १८ महिनादेखि हामीले फोरजीमा मात्रै लगानी गरिरहेका छौँ । हाम्रो थ्रीजी र फोरजी नेटवर्क सँगसँगै छ, टूजीचाहिँ त्यसबाहिर छ । टूजीले भ्वाइस ट्राफिकमा मात्रै काम गर्छ, मोबाइल पहुँच विस्तारमा यसको प्रयोग भएको छ । थ्रीजी र फोरजीले डेटाका लागि काम गर्छन् ।

अब हामी थ्रीजीलाई भ्वाइस र फोरजीलाई डेटामा केन्द्रित गर्दै छौँ । हामी देशभर फोरजी नेटवर्क पुर्याउने लक्ष्यका साथ काम गरिरहेका छौँ । त्यो स्पेक्ट्रमको काम हो । त्यसैले हामीलाई विभिन्न ब्यान्डमा थप फ्रिक्वेन्सी चाहिएको छ । किनभने, कुनै फ्रिक्वेन्सीले सेवाको गहिराइ अर्थात् क्षमता विस्तारमा काम गर्छ भने कुनैले पहुँच विस्तारमा । हामीलाई बढीभन्दा बढी जनसंख्यामा सेवा विस्तार गर्न ९ सय मेगाहर्ज ब्यान्डमा थप स्पेक्ट्रम चाहिन्छ ।

हाम्रो फोरजी कभरेज अहिले ५४ प्रतिशत जनसंख्यामा पुगेको छ । हामीले ९ सय मेगाहर्ज ब्यान्डमा थप फ्रिक्वेन्सी पाएपछि त्यसलाई ९० प्रतिशत जनसंख्यामा विस्तार गर्न सकिन्छ । त्यसो हुँदा नेटवर्क विस्तारमा हाम्रो लगानी रोकिँदैन, हामीले स्पेक्ट्रम पाउनेबित्तिकै लगानी गरिहाल्छौँ । हामीले गत डिसेम्बरमा १८ सय मेगाहर्ज ब्यान्डमा स्पेक्ट्रम लिएका छौँ, जसको कार्यान्वयन गरिरहेका छौँ । त्यसले डेटाको क्षमता विस्तारको अवसर दिनेछ, अर्थात् स्पिड बढाउन यसले काम गर्नेछ ।

त्यसो हुँदा हामी ९ सय मेगाहर्ज ब्यान्डमा थप स्पेक्ट्रम पाउनेबित्तिकै त्योचाहिँ फोरजीलाई देशव्यापी विस्तारमा प्रयोग गर्नेछौँ । यस विषयमा नेपाल दूरसञ्चार प्राधिकरणसँग सकारात्मक कुरा भइरहेको छ । आउने महिनासम्म यस विषयमा निर्णय होला भन्ने आशा गरेका छौँ । नेपालका सन्दर्भमा फाइभजीचाहिँ अलि परको कुरा होजस्तो मलाई लाग्छ ।

कोभिड-१९ पछि हामीले दूरसञ्चार क्षेत्रमा कस्ता परिवर्तनहरू देख्ने अनुमान गर्नुभएको छ ?

दूरसञ्चार उपभोक्ताको व्यवहारमा सबैभन्दा ठूलो परिवर्तन आउनेछ । कोभिड–१९ को समयमा मानिसहरूले भ्वाइसको तुलनामा ठूलो मात्रामा डेटा प्रयोग गर्न थालेका छन् । भ्वाइस कम र डेटा बढी प्रयोग गर्नुका स्पष्ट कारणहरू पनि छन् । मानिसहरू घरबाटै काम गर्न थालेका छन्, भेटघाटको साटो इन्टरनेटका माध्यमबाट अनलाइन मिटिङ हुन थालेका छन् । डेटा प्रयोगको यो प्रवृत्ति अझै बढ्नेछ, पछाडि फर्कनेछैन । त्यही भएर पनि नेटवर्कमा हाम्रो लगानी परिवर्तन हुँदैन ।

हाम्रो ग्रुपको लगानीकर्ता स्तरको बैठकमा पनि नेटवर्कमा लगानी विस्तारकै कुरा भइरहेको छ । किनभने, यो महामारीबाट बाहिर निस्कँदा पनि हामी कमजोर होइन, अझै बलियो बनेर निस्कनुपर्छ । हामी मार्केट लिडर भएका नाताले पनि अरूभन्दा अगाडि नै हुने गरी लगानी गरिरहेका छौँ । हामीलाई साझेदारहरूले सेवा स्तरोन्नतिका लागि पूर्वाधार उपलब्ध गराउँदा त्यो प्राप्त गर्ने सन्दर्भमा पनि हामी नै पहिलो कम्पनी हुनुपर्छ, दोस्रो होइन ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा मोबाइल पहुँच जनसंख्याभन्दा पनि बढी अर्थात् १ सय २७ प्रतिशत छ । तर, अझै पनि ग्रामीण क्षेत्रका बासिन्दा मोबाइल सेवाको पहुँचबाट बाहिर छन् । दूरसञ्चार कम्पनीहरू त्यहाँ जान चाहँदैनन् भन्ने विश्लेषकहरू बताउ“छन् । सबै नेपालीका हातमा मोबाइल पुर्‍याउन तपाईंका योजना के छन् ?

दूरसञ्चार कम्पनीहरूको चाहना सबै नेपालीको हातमा मोबाइल होस् भन्ने नै हो । डिजिटल नेपालको अभियानमा सबै कम्पनी प्रतिबद्ध छन् । र, यो सपना पनि मोबाइल कम्पनीले मात्रै पूरा गर्न सक्छन् । तर, भौगोलिक विषमताका कारण नेपालको बजार अन्य मुलुकको तुलनामा फरक छ । खासगरी उत्तरी क्षेत्रका सबै ठाउँमा मोबाइल सेवा पुर्‍याउनु करिब–करिब असम्भवजस्तै छ ।

अहिले हाम्रो टूजी कभरेज ९२ प्रतिशत छ, अर्थात् ९२ प्रतिशत जनताले आधारभूत मोबाइल सेवामा पहुँच पाएका छन् । तर, डेटा सेवा उपभोग गर्ने कम छन्, यो संख्या ९० प्रतिशत पुर्‍याउने हाम्रो लक्ष्य छ । तर, त्यसका लागि थप स्पेक्ट्रम आवश्यक पर्छ । हामीले ९ सय मेगाहर्ज ब्यान्डमा थप स्पेक्ट्रम पायौँ भने त्यसको दुई वर्षभित्रै ९० प्रतिशत जनताकहाँ फोरजी कभरेज पुर्‍याउन सक्छौँ । यो हाम्रो प्रतिबद्धता हो । तर, बाँकी १० प्रतिशतमा भने सेवा पुर्‍याउन आर्थिक रूपमा असम्भव नै छ । किनभने, ती स्थानमा दूरसञ्चार पूर्वाधार विकास गर्न अत्यन्तै महँगो पर्छ, उच्च स्थानमा एउटै टावर बनाउन अढाई करोड रुपैयाँभन्दा पनि बढी लाग्छ, जबकि समथर भागमा ३५–४० लाखमा बन्छ । त्यो हाम्रा लागि चुनौती हो । तर, ९० प्रतिशत जनतामा मोबाइल सेवा पुग्नु पनि राम्रै हो ।

कोभिड–१९ अघि टेलिकम अपरेटरहरू आफ्नो नेटवर्कलाई फोरजी र फाइभजीमा स्तरोन्नति गर्न ठूलो मात्रामा लगानी गरिरहेका थिए । कोभिडका कारण धेरैले यो विस्तारमा पुनर्विचार गर्दै छन् । तर, तपाईंले भने लगानी विस्तारलाई निरन्तरता दिने बताउनुभयो । नेपालमा फोरजी नेटवर्क नै सर्वसुलभ नभइरहेको अवस्थामा त्यस क्षेत्रमा तपाईंहरूले लगानी विस्तारको योजनालाई पुनर्विचार गरिरहनुभएको त छैन नि ? 

विश्वका दूरसञ्चार कम्पनीहरूले काम गरिरहेको वातावरणमा विविधता छ । आजियाटा ग्रुपको उपस्थिति रहेका मुलुकहरूमध्ये नेपालबाहेक सबैसँग पूर्ण क्षमताको फोरजी नेटवर्क छ । र, विश्वका अधिकांश देश ट्रायलका लागि फाइभजीमा जाँदै छन् । तर, नेपालमा एनसेलसँग टू, थ्री र फोरजी तीनवटै नेटवर्क छ । विगत १८ महिनादेखि हामीले फोरजीमा मात्रै लगानी गरिरहेका छौँ । हाम्रो थ्रीजी र फोरजी नेटवर्क सँगसँगै छ, टूजीचाहिँ त्यसबाहिर छ । टूजीले भ्वाइस ट्राफिकमा मात्रै काम गर्छ, मोबाइल पहुँच विस्तारमा यसको प्रयोग भएको छ । थ्रीजी र फोरजीले डेटाका लागि काम गर्छन् ।

अब हामी थ्रीजीलाई भ्वाइस र फोरजीलाई डेटामा केन्द्रित गर्दै छौँ । हामी देशभर फोरजी नेटवर्क पु¥याउने लक्ष्यका साथ काम गरिरहेका छौँ । त्यो स्पेक्ट्रमको काम हो । त्यसैले हामीलाई विभिन्न ब्यान्डमा थप फ्रिक्वेन्सी चाहिएको छ । किनभने, कुनै फ्रिक्वेन्सीले सेवाको गहिराइ अर्थात् क्षमता विस्तारमा काम गर्छ भने कुनैले पहुँच विस्तारमा । हामीलाई बढीभन्दा बढी जनसंख्यामा सेवा विस्तार गर्न ९ सय मेगाहर्ज ब्यान्डमा थप स्पेक्ट्रम चाहिन्छ ।

हाम्रो फोरजी कभरेज अहिले ५४ प्रतिशत जनसंख्यामा पुगेको छ । हामीले ९ सय मेगाहर्ज ब्यान्डमा थप फ्रिक्वेन्सी पाएपछि त्यसलाई ९० प्रतिशत जनसंख्यामा विस्तार गर्न सकिन्छ । त्यसो हुँदा नेटवर्क विस्तारमा हाम्रो लगानी रोकिँदैन, हामीले स्पेक्ट्रम पाउनेबित्तिकै लगानी गरिहाल्छौँ । हामीले गत डिसेम्बरमा १८ सय मेगाहर्ज ब्यान्डमा स्पेक्ट्रम लिएका छौँ, जसको कार्यान्वयन गरिरहेका छौँ । त्यसले डेटाको क्षमता विस्तारको अवसर दिनेछ, अर्थात् स्पिड बढाउन यसले काम गर्नेछ ।

त्यसो हुँदा हामी ९ सय मेगाहर्ज ब्यान्डमा थप स्पेक्ट्रम पाउनेबित्तिकै त्योचाहिँ फोरजीलाई देशव्यापी विस्तारमा प्रयोग गर्नेछौँ । यस विषयमा नेपाल दूरसञ्चार प्राधिकरणसँग सकारात्मक कुरा भइरहेको छ । आउने महिनासम्म यस विषयमा निर्णय होला भन्ने आशा गरेका छौँ । नेपालका सन्दर्भमा फाइभजीचाहिँ अलि परको कुरा होजस्तो मलाई लाग्छ ।

कोभिड–१९ पछि हामीले दूरसञ्चार क्षेत्रमा कस्ता परिवर्तनहरू देख्ने अनुमान गर्नुभएको छ ?

दूरसञ्चार उपभोक्ताको व्यवहारमा सबैभन्दा ठूलो परिवर्तन आउनेछ । कोभिड–१९ को समयमा मानिसहरूले भ्वाइसको तुलनामा ठूलो मात्रामा डेटा प्रयोग गर्न थालेका छन् । भ्वाइस कम र डेटा बढी प्रयोग गर्नुका स्पष्ट कारणहरू पनि छन् । मानिसहरू घरबाटै काम गर्न थालेका छन्, भेटघाटको साटो इन्टरनेटका माध्यमबाट अनलाइन मिटिङ हुन थालेका छन् । डेटा प्रयोगको यो प्रवृत्ति अझै बढ्नेछ, पछाडि फर्कनेछैन । त्यही भएर पनि नेटवर्कमा हाम्रो लगानी परिवर्तन हुँदैन ।

हाम्रो गु्रपको लगानीकर्ता स्तरको बैठकमा पनि नेटवर्कमा लगानी विस्तारकै कुरा भइरहेको छ । किनभने, यो महामारीबाट बाहिर निस्कँदा पनि हामी कमजोर होइन, अझै बलियो बनेर निस्कनुपर्छ । हामी मार्केट लिडर भएका नाताले पनि अरूभन्दा अगाडि नै हुने गरी लगानी गरिरहेका छौँ । हामीलाई साझेदारहरूले सेवा स्तरोन्नतिका लागि पूर्वाधार उपलब्ध गराउँदा त्यो प्राप्त गर्ने सन्दर्भमा पनि हामी नै पहिलो कम्पनी हुनुपर्छ, दोस्रो होइन ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा मोबाइल पहुँच जनसंख्याभन्दा पनि बढी अर्थात् १ सय २७ प्रतिशत छ । तर, अझै पनि ग्रामीण क्षेत्रका बासिन्दा मोबाइल सेवाको पहुँचबाट बाहिर छन् । दूरसञ्चार कम्पनीहरू त्यहाँ जान चाहँदैनन् भन्ने विश्लेषकहरू बताउ“छन् । सबै नेपालीका हातमा मोबाइल पुर्‍याउन तपाईंका योजना के छन् ?

दूरसञ्चार कम्पनीहरूको चाहना सबै नेपालीको हातमा मोबाइल होस् भन्ने नै हो । डिजिटल नेपालको अभियानमा सबै कम्पनी प्रतिबद्ध छन् । र, यो सपना पनि मोबाइल कम्पनीले मात्रै पूरा गर्न सक्छन् । तर, भौगोलिक विषमताका कारण नेपालको बजार अन्य मुलुकको तुलनामा फरक छ । खासगरी उत्तरी क्षेत्रका सबै ठाउँमा मोबाइल सेवा पुर्‍याउनु करिब–करिब असम्भवजस्तै छ ।

अहिले हाम्रो टूजी कभरेज ९२ प्रतिशत छ, अर्थात् ९२ प्रतिशत जनताले आधारभूत मोबाइल सेवामा पहुँच पाएका छन् । तर, डेटा सेवा उपभोग गर्ने कम छन्, यो संख्या ९० प्रतिशत पुर्‍याउने हाम्रो लक्ष्य छ । तर, त्यसका लागि थप स्पेक्ट्रम आवश्यक पर्छ । हामीले ९ सय मेगाहर्ज ब्यान्डमा थप स्पेक्ट्रम पायौँ भने त्यसको दुई वर्षभित्रै ९० प्रतिशत जनताकहाँ फोरजी कभरेज पुर्‍याउन सक्छौँ । यो हाम्रो प्रतिबद्धता हो । तर, बाँकी १० प्रतिशतमा भने सेवा पुर्‍याउन आर्थिक रूपमा असम्भव नै छ । किनभने, ती स्थानमा दूरसञ्चार पूर्वाधार विकास गर्न अत्यन्तै महँगो पर्छ, उच्च स्थानमा एउटै टावर बनाउन अढाई करोड रुपैयाँभन्दा पनि बढी लाग्छ, जबकि समथर भागमा ३५–४० लाखमा बन्छ । त्यो हाम्रा लागि चुनौती हो । तर, ९० प्रतिशत जनतामा मोबाइल सेवा पुग्नु पनि राम्रै हो ।

नेपालमा दूरसञ्चार सेवाको मूल्य छिमेकी मुलुकको तुलनामा महँगो छ, आजियाटा गु्रपले काम गरिरहेका मुलुकको तुलनामा मात्रै होइन, विश्वव्यापी मापदण्डका हिसाबले पनि महँगो नै छ । तर, दूरसञ्चार सेवाको उत्पादनको लागत नै महँगो भएकाले त्यसो भएको हो ।

नेपालको अर्थतन्त्रमा एनसेलको योगदान के छ भन्ने तपाईंलाई लाग्छ ? 

यसलाई विभिन्न कोणबाट हेर्नुपर्छ । पहिलो, एनसेलले स्थापना भएयता आर्थिक वर्ष ०७५-७६ सम्म २ खर्ब १० अर्ब रुपैयाँ कर तिरिसकेको छ । आर्थिक वर्ष ०७५-७६ मा मात्रै हामीले ३४ अर्ब ५५ करोड रुपैयाँ कर तिरेका थियौँ, यो रकम सो वर्ष सरकारले संकलन गरेको कुल राजस्वको ४ दशमलव ४ प्रतिशत थियो । दोस्रो, हामी व्यावसायिक सामाजिक उत्तरदायित्वसम्बन्धी विभिन्न कार्यक्रम गर्छौँ ।

शिक्षा, स्वास्थ्य, प्रकोप व्यवस्थापनलगायतका विभिन्न क्षेत्रमा सामाजिक कार्यहरू गर्दै ९० करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेका छौँ । दूरसञ्चार क्षेत्रको मुलुकको कुल गार्हस्थ्य उत्पादनमा प्रत्यक्ष योगदान हुन्छ । हामीले सञ्चालन तथा क्षमता विस्तारमा वर्षको ३२ देखि ३५ अर्ब रुपैयाँ नेपालमा लगानी गर्छौँ । देशभर हाम्रा ९० हजार प्वाइन्ट अफ सेल्स छन् । हामीले ९० देखि ९३ हजार रोजगारी सिर्जना गरेका छौँ । यस हिसाबले एनसेल नेपालको अर्थतन्त्रमा योगदान गर्ने कम्पनीमध्ये सबैभन्दा ठूलो हुन सक्छ ।

अहिले मुलुकले डिजिटल नेपाल निर्माणको अभियान सुरु गरेको छ । त्यसमा योगदान गर्न एनसेल सधैँ तयार छ । ९० प्रतिशत जनसंख्यामा फोरजी सेवा पुर्‍याउन सकिएको खण्डमा यसले यो अभियानमा ठूलो योगदान गर्नेछ । तर, त्यसका लागि थप स्पेक्ट्रमको आवश्यकता पर्छ । त्यो हामीले पाउने अपेक्षा छ ।

हामी डिजिटल नेपालको कुरा गरिरहेका छौँ । तर, हाम्रोमा डिजिटल डिभाइड एकदमै ठूलो छ । यो कम गर्न सरकार तथा दूरसञ्चार कम्पनीहरूले के गर्नुपर्छजस्तो लाग्छ ? 

यसमा दूरसञ्चार कम्पनीहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । हामीले ९ सय मेगाहर्ज ब्यान्डमा थप स्पेक्ट्रम पायौँ भने ९० प्रतिशत जनतालाई फोरजी डेटा अर्थात् डिजिटलाइज कनेक्सन दिन सक्छौँ । भौगोलिक विकटताले गर्दा फिक्स्ड नेटवर्क सहरभन्दा बाहिर दूर दराजमा पुग्न असम्भवप्रायः छ । त्यस्ता स्थानहरूमा पुग्न मोबाइल नेटवर्क नै अति आवश्यक छ ।

लामो समयसम्म एनसेल कर विवादमा पर्यो, जुन केही हदसम्म समाधान भएको छ । यस्तो अवस्थामा तपाईंहरू कसरी अघि बढ्दै हुनुहुन्छ ? एनसेललाई रिब्रान्डिङ गर्ने यो उपयुक्त वेला होजस्तो लाग्छ कि ? 

पुँजीगत लाभकरसम्बन्धी विषय कम्पनीका रूपमा एनसेलको भन्दा पनि सेयरधनीहरूको मुद्दा हो । हामी जुन गतिमा अघि बढ्नुपथ्र्यो यो विवादले हाम्रो कामको गति प्रभावित भयो । तर पनि, हामीले चाहेको काम गर्न त्यसले रोकेको छैन । हाम्रा आकांक्षा रोकिएका छैनन् । एनसेल नेपालका धेरै उपभोक्ताका लागि एउटा सम्मानित ब्रान्ड हो । यहाँ हाम्रो धेरै ठूलो लगानी छ, हामी यहाँ दीर्घकालीन व्यवसाय गर्न आएका हौँ । आज सुरु गर्ने, भोलि बन्द गर्ने भनेर आएका होइनौँ ।

हामीले जे गर्छौँ, त्यो अरूको भन्दा अगाडि नै हुनुपर्छ भन्ने हाम्रो मान्यता छ, त्यसो हुँदा हामी सबैभन्दा राम्रो गर्ने प्रयत्न गर्छौैँ । अहिले हामीसँग पर्याप्त स्पेक्ट्रम छैन । तर, केही क्षेत्रमा मात्रै सेवा केन्द्रित गर्ने वा नयाँ स्पेक्ट्रम लिएर सेवा विस्तार गर्ने भन्ने दुई विकल्प हामीसँग छन् । पहिलो विकल्पले डिजिटल नेपाल निर्माणको अभियानमा सहयोग गर्दैन । यहाँ डिजिटल नेपाल निर्माणको अभियानमा स्पेक्ट्रमको महत्व कति हुन्छ भन्ने स्पष्ट बुझिन्छ । पर्याप्त फ्रिक्वेन्सी पाएको खण्डमा हामी देशैभर फोरजी नेटवर्क फैलाउन सक्छौँ, जसले डिजिटल नेपाल बनाउन ठूलो योगदान गर्नेछ ।

एनसेलले साधारण सेयर जारी गर्ने विषयमा चाहिँ के भइरहेको छ ? 

यो सेयरधनीहरूको विषय हो । अहिले हामी प्राइभेट लिमिटेड कम्पनी हौँ । एनसेललाई पब्लिक लिमिटेड बनाउनुपर्ने कानुनी दायित्व छ । त्यसको प्रक्रिया चलिरहेको छ । तर, साधारण सेयर जारी गर्ने विषयमा कुनै प्रक्रिया चलेको छैन । कुन वेला आइपिओ जारी गर्दा उचित हुन्छ भन्ने विषयमा सेयरधनीहरूले निर्णय गर्नेछन् ।


ताजा खबर