~स्व. सिताराम पाण्डे
को आयो पथमा लुरुलुरु कठै ,बोकी निरास महा ,
आत्मा चल्छ विवेक बुद्धि अरूकै ,आदेशकै भर महा ।
केवल निर्जीव यन्त्र झैं दश गयो ,ठिक पाँचमा फर्कियो ,
गाली ,हप्की र खप्की मन्यहरुको ,अङ्गादीमा गाभियो ।।
कैले कोर्छ नियम र कानुन रटी, बेसुरका गन्थन ,
कैले गर्छ हिसाब कोटी बढी नै शून्यताका मनमन ।
नानारुल मिलाई कार्यक्रमका ,ताँती तयार गर्दछ,
नाङ्गो अङ्ग बुमुख्य पेट बरै ,आशा निकै गर्दछ ।।
गर्ने काम ऊ निम्सरो तर सुयस,हाकिमले पाउँछ ,
बिग्रियो काम भने त हप्की सङ्गमा, चेतावनी आउँछ ।
सानै भुल नगन्य गल्तीहरूमा, दोषी सधैँ बन्छ रे ,
मूल्यांकन कुन गर्छ उन्नति ,हुने बाटो सधैं बन्द भो ।।
के खान्छ त नखा ऊ मान्दछ सधैं , भोकै अफिस धाउँछ ,
सेवा , नो करी हो त नोकर बनी ,सेबैमा धाउँछ ।
मैनावारी लिएर हो कि उसको ,पारि सधैँ शून्य छ ,
जा गिररे तब गिर्छ आर्थिक स्थिति ,पातालमै पुग्दछ ।।
नाना भन्छ सुपुत्र ननिकी पापा भनी पिर्दछे ,
स्वास्नी भन्छे नुन छैन मसला ,आफ्नै निहुँ झिक्दछे ।
साहु भन्छ उधारो हुन्न अब त ,बाँकी बक्यौता छ खै ?
दिन दिनको बढ्दो महँगी बिचरो ,कुन मार्गले बाँच्छ खै ?
नेतो देख्छ ऊ मस्त कुर्लि हिँड्ने ,नेतृत्वकै खातिर ,
जनता देख्छ ऊत्रस्त चिन्तित सधैँ, पूर्ति उदर खातिर ।
शिक्षाविद्हरु भन्ने चाहीं जहाँ , पद प्राप्तिमै लम्पट,
सारा देश गरिबीकै छ नमूना ,बढ्दो छ झन् सङ्कट ।।