‘सभा,गोष्ठी,भीडभाड र खुला सीमाले संक्रमण बढ्यो’

काठमाडौँ उपत्यकामा स्वास्थ्यका न्यूनतम मापदण्ड प्रयोग नगर्दा कोरोना भाइरसको सङ्क्रमण बढेको पाइएको छ ।

जनस्वास्थ्यमा मापदण्डविना सभा, गोष्ठी र भीडभाड गरिएले सङ्क्रमण बढेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज आयोजित पत्रकार सम्मेलनम बाहिर निस्कँदा मास्क लगाउने, दुई मिटरको दूरी कायम राख्ने र पटकपटक साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्नुपर्ने बताउनुभयो।

आज मात्रै मुलुकभर दुई हजार ४४० सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकामा एक हजार ५३१ सङ्क्रमित फेला परेका छन् । नेपाल भारत सीमामा मानिसको आवतजावतका कारणले पनि सङ्क्रमण बढेको उहाँले बताउनुभयो ।’ खुला सीमा भएका कारण मानिस सीधै काठमाडौँ आए ।

आएका मानिस पनि १४ दिनसम्म क्वारेन्टिनमा नबस्दा सङ्क्रमण बढेको हो’, उहाँले भन्नुभयो, ‘हामीले बाहिरबाट आइसकेका मानिसलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्न भनेका थियौँ । त्यो पनि पालना गरिएन । आज सङ्क्रमण बढ्यो भनेर चिन्ता गर्नुभन्दा सङ्क्रमण नबढ्न के गर्न सकिन्छ भनेर सोच्नुपर्छ ।’

उहाँका अनुसार नेपालमा हाल आइसोलेशन २० हजार ७६५, सघन उपचार कक्ष दुई हजार ६०० र भेन्टिलेर ९०० छन् । अझै ११० भेन्टिलेटर आउने क्रममा छ । –रासस


ताजा खबर