परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले कोरोनाको महामारीले छिमेकी राष्ट्रहरू बीच दुई पक्षीय तथा बहुपक्षीय सहकार्यको सादर्भिकता बढाएको बताउनुभएको छ ।
भारत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा परराष्ट्र मन्त्री ज्ञवालीले कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि छिमेकी राष्ट्रहरू बीच आपसी सहयोग र सहकार्य हुनु अनिवार्य रहेको बताउनुभयो ।
मन्त्री ज्ञवालीले कोरोनाका कारण भोग्नुपरेको कठिन परिस्थितीबाट नेपाल र भारत दुबै देशले छिट्टै मुक्ति पाउने र आपसी सम्वन्धलाई थप बलियो बनाउन विभिन्न अवसर तथा सम्भावनाहरू समेत उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा भारतीय विदेश सचिव हर्षवर्धन श्रींगलाले भारत भ्याक्सिन उत्पादन गर्ने प्रमुख राष्ट्रहरू मध्ये एक भएको उल्लेख गर्नुहुँदै भारतमा उत्पादन हुने कोरोना विरूद्धको भ्याक्सिनबाट नेपाल र नेपाली समेत लाभ लिन सक्ने बताउनुभयो ।
कार्यक्रममा भारत सरकारका तर्फबाट विदेश सचिव श्रींगलाले दुई हजार भाएल कोरोना सङ्क्रमितका लागि प्रयोग हुने रेम्डिसिभिर इन्जेक्सन हस्तान्तरण गर्नुभएको थियो । –रासस