सिपाही छोरी

सावित्री भण्डारी

गोर्खाली हुँ म नेपाली छोरी वीर सिपाही

हातमा राइफल शिवरमा कफन, गर्छु म लडाइँ

मर्नु नै परे हाँसेर मर्छु, झुक्दिन कोहीसँग

कमजोर नसोच्नु, दुश्मनले हार्नेछ मसँग

एक मुठ्ठी रगत शरिरमा मेरो, रहुञ्जेल लड्ने छु

छातीमा गोली गापेर पनि, अगाडि बढ्ने छु

मरेर आफू देश बाँच्छ भने, म मर्न तयार छु

पग्लेला बरु पत्थर यहाँ, त्यो भन्दा कडा छु

प्यारो छ मेरो परिवार सत्य, त्यो भन्दा प्यारो देश

प्यारो लाग्छ मलाई देशको माटो, प्यारो छ आफ्नै भेष

माटोको ओछ्यान, आकाश हो ओड्ने, सिरानी गोलीको

यो वीर सिपाही पुर्‍याउँछ सधैँ आफूले बोलेको

बोलाउँदा खेरि बोलिनँ भने, नभन्नु लुकेको

दुश्मनको शिर छिनाए पछि, थाकेर सुतेको

भरेर मेरो यो खाली सिउँदो, लडाइँमा गएँ म

सकिनँ प्यारा फर्केर आउन, शहिद भएँ म !!

प्यारा शहिद भएँ म  !

(भण्डारी सैनिक आवासीय महाविद्यालयमा कार्यालय सहयोगी रहेकी छिन )


ताजा खबर