प्रस्तुती:विनय दहाल
‘परिवार भन्दा माथि अर्को खुशी छैन’
“भौतिक विकास र सम्पन्नता समृद्धिको सूचक होइन, मनको शान्ति, पारिवारीक मेल र आपसि सत्भाव नै सुखको सूचक हो । हामी नेपाली जुन पारिवारीक संरचनामा बाँचेका छौ त्यो सुखको एक अनुपम उदाहरण हो ।”
विश्व परिवेश बदलिएको छ । त्यसको प्रभाव नेपाली समाजमा पनि व्यापक रुपमा परेकै छ । हाम्रो देशको इतिहास र बर्तमानको विश्लेषण गर्दा आकाश जमिनको भिन्नता पाउन सकिन्छ भने भविष्य आकलन गर्दा विविध खाले अनुमान, पूर्वानुमान लगाउन सकिन्छ । हामीले जे–जस्ता अनुमान, पूर्वानुमान लगाए पनि हामी त्यहि ठाउँमा पुग्ने छौ, त्यहि अवस्थाबाट गुज्रने छौ अहिले विश्व जुन ठाउँमा पुगेको छ अथवा गुज्रिएको छ । हामी आकलन गर्न सक्छौ नेपाल कुनै दिन विकाश हुदै हालको विश्व महाशक्ति अमेरिका जस्तै होला, के अमेरिकामा दुःख छैन ? के अमेरिकामा केहिको डर छैन ? के अमेरिकामा सबै शान्ति सुरक्षा अमनचयन छ ? के अमेरिकी जीवन निर्धक्क छ ? पक्कै पनि छैन ! नेपालीहरुका सपना, सङ्घर्ष, वाध्यात्मक भोगाइ र सुखदुःखहरु केलाउने हो भने सपनाको महल छुन आधा नेपाल, नेपाल भित्र र आधा नेपाल, नेपाल बाहिर रहेको पाईन्छ । के नेपाल भित्र हुने सबै नेपाली देशको अल्पविकसितता अनि गरिवि, अशिक्षाले दुःखि छन् ? के नेपाल बाहिर रहेका नेपाली सुखी सम्पन्न छन ? खुशि छन ? यसलाई केलाउने क्रममा सपनाको महल बुन्दै अमेरिका पुगेका सात पात्र अमर, आरती, महेश, युवराज, रवि, अर्पणा र विवेकको जीवन संघर्ष भोगाई र यावत घटनाक्रमहरुलाई जोड्दै समग्रमा नेपाली जीवनका यथार्थ अन्र्तकथा अनि नेपालीहरु विश्वमा घटित घटना दुर्घटनाबाट कति सापेक्ष–निरपेक्ष छन् त्यसको एक सजिव विश्लेषण गर्ने काम प्रतिगन्ध पुस्तकमा गरिएको छ ।
पृथ्वीमा मानव इतरका प्राणीहरु प्राकृतिक गन्धले चिनिन्छन मानवहरु आत्मिक गन्धले । मानिसमा आत्मिक गन्ध हुनुको परिणाम सभ्यताको इतिहास हो । तर हामी सभ्यताको इतिहासमा गर्व गर्ने मानव जातिहरु कति सभ्य छौ ? मानव जातिले यति धेरै ज्ञान, विज्ञान, कला र प्रविधिहरुको विकास गरेका छन् तर किन युद्ध, आतङ्क, हत्या हिंसा द्वन्द्व थिचोमिचो, असमानता अनि अशान्ति ? मानिसहरु साँच्चै नै सभ्य र शिक्षित भएका भए पृथ्वीबाट यावत अप्रियताहरु मेटिइसक्थे । पृथ्वीमा मानिसहरु नै त्यस्ता प्राणी हुन, जसले आफूलाई सभ्य घोषित गर्छन अनि असभ्यता प्रदर्शन गर्छन । पृथ्वीमा मानिसहरु नै यस्ता प्रााणी हुन जसले आफूलाई शान्तिबादी घोषित गर्छन अनि युद्ध आतंक मच्चाउँछन् । पृथ्वीमा मानिसहरु नै त्यस्ता प्राणी हुन जसले आफूलाई प्रेमबादी घोेषित गर्छन अनि परिवारमा, समाजमा, देशमा, विश्वमा घृणैघृणा फैलाउँछन् । पृथ्वीमा सम्पूर्ण बेथितिहरुकाागि सम्पूर्ण अप्रियताहरुका लागि सम्पूर्ण विनाशहरुका लागि मानिस बाहेक अन्य कुनै प्राणी जिम्मेबार छैन । त्यो वास्तविकाता सँग नेपाली परिवेश पनि क्रमश जोडीदै आएको छ । यो बेथितिहरुका लागि जिम्मेबार सम्पूर्ण मानिसहरुमा नेपाली मानिसहरु पनि पर्दछन् । प्रतिगन्धको मुख्य मक्सद यहि नै हो । हामी नेपालीहरुलाई पनि विश्वव्यापिकरणको हावाले छोइ सकेको छ । नयाँ प्रविधि, टेक्नोलोजि, सूचना र सञ्चारले अनि विलासिताका नयाँ नयाँ आयम सँगै विश्व संस्कार र सस्कृतिले पनि नराम्ररी गाँज्दै लगेको छ । हामी हाम्रो संस्कृतिबाट अलग भएर विश्व संस्कृति अगाल्ने पक्षमा उभिदै गईरहेका छौ । नेपालीपनको बद्लिदो विश्वव्यापकता र त्यसको क्रमश हुदै गएको स्वीकार्यता भित्रको प्रभाव उपन्यासको मुख्य विषय हो ।
उपन्यासमा आवश्यकता भन्दा बढि छोराको बर्णन गर्न हजुरबाबुवा देखि नाती सम्म किन वर्णन गर्नुपरेको होला भनेर दिक्क पनि लाग्छ । तर जव उपन्यास पढिसकेर लेखकले भन्न खोजेको भावार्थ हामी खोज्छौ तब मात्र व्याख्यात्मक उपन्यास लेख्नुको वास्तविकता चाल पाउछौ । हाम्रो गाउँको एउटा नाती केटो र अमेरिकाको विलासितामा हुर्किएको नेपाली मुलकै नाती केटो विचको तुलना गरौ त ? हामी कति संस्कारी, कति व्यवहारीक ? स्वतन्त्रताको नाममा बाबु आमा नस्वीकार्ने संस्कारमा अभ्यस्त पार्ने त्यो विकसित अमेरिकी संस्कार र गरिव नै भएपनि हासिखुशिको हाम्रो परिवार तुलना गरौ त ? के उमेर पुगेका सन्तानले फुक्काफाल मनलाग्दी गरेर हिड्न पाउनु नै स्वतन्त्रता हो त ? नेपालबाट सपनाको महल बुन्दै अमेरिका पुगेका पात्रहरुका जीवन भोगाईका एक–एक अंश उपन्यासमा केलाईएको छ ।
४८७ पृष्ठको निकै नै लामो यो उपन्यासमा पात्र विशेषका कथाहरु अलग अलग खण्डमा समावेश गरिएको छ । सबैका कथाहरु अलग अलग छन्, घटनाक्रम र पारिवारीक परिवेश पनि अलग अलग छ तर निष्कर्ष एउटै छ के नेपालबाट सुखको खोजिमा अमेरिका सपना देखेका नेपालीहरुले अमेरिकामा सुख पाए त ? अमेरिकामा शान्ति पाए त ? सुख भनेको सुविधा भोग मात्र हो रहेछ त ? अमेरिका गएर राम्रो रोजगारी पाएका, अमेरिकीहरु सँगै विवाह गरेका, राम्रो कलेज पढेका, राम्रो शिक्षा पाएकाहरु नै जीवनको एक कालखण्डमा किन विरक्तीन बाध्य भए ? विश्वको महासक्ती विकासले सु–सम्पन्न मुलुकमा पुगेर पनि किन नेपालीहरुले नेपालमा भन्दा बढि दुःखानुभूति गरे ? नेपाली मात्र नभएर अमेरिकीहरु पनि किन दुःखमा छन् ? जस्ता प्रश्नको उत्तर प्रतिगन्धको गहन अध्ययन पछिको मिहिन बुझाईबाट प्राप्त गर्न सकिन्छ ।
विश्वको अघोषित राजधानी अमेरिका के साँच्चै विश्वको राजधानी हुन लायक छ ? सेप्टेम्बर ११, २००१ को आंतककारी हमला पछि अमेरिका वासिहरुको मनमा कस्तो प्रभाव परेको छ ? हामीले सपनाको देश अमेरिका भनेर सामाजिक सञ्जालमा पोष्ट हुने र हामी लोभिने गगनचुम्बी महल बारे अमेरिकी बुझाई चै के छ ? के उनिहरु ति गगनचुम्बी महलमा बसेर काम गरिरहदा निर्धक्क छन् त ? उनिहरुलाई जुनसुकै बेला सेप्टेम्बर ११ जसरी कुनै विमान आएर आफ्नो गगनचुम्बी भवनमा ठोक्कीने डर छैन ? आफूहरुले गर्दै नगरेको गल्तीको सजाय पाउनु भर्ने भय छैन ? अमेरिकी हुनुकै कारण राज्यसँगको दुस्मनीको बदला निर्दोष नागरिकहरुले चुकाई रहेका छैनन् ? सेप्टेम्बर ११ र त्यसपछि अमेरिकामा भएका कयौ विष्फोट, कार बम हमलाहरुमा ज्यान गुमाउने हरुको दोष के हो ? अलकायदाको निर्दोष सर्वसाधारण मार्ने पहिलो टार्गेट किन अमेरिकी र अमेरिका सम्बद्ध मात्र बढि हुन्छन् ? अमेरिकी शासकहरु विश्वलाई प्रजातन्त्र सिकाउछन्, मानव अधिकारको ठूला–ठूला भाषण गर्छन, आतंकबाद नियन्त्रणका लागि अरर्बौ डलर खर्च गर्छन, ठूला–ठूला मिसाईल, बम, अस्त्र सस्त्र तयार गर्छन के तिनले अमेरिकी जनता, अमेरिकी वासिन्दाहरुको मनमा सुरक्षा महसुस गराएको छ ? यि र यस्ता प्रसंगका गम्भिर विश्लेषण पुस्तकको रोचक पक्ष हो ।
नेपालीहरु सपनाको उडान भरेर अमेरिका पुगेपनि अमेरिकामा सोचे जस्तो र भने जस्तो सुख नभएको, त्यहा धन सम्पत्ति विकासका ठूला संरचना भएपनि त्यो सुखका लागि प्रयाप्त नभएको विश्लेषण गरेका छन् । अझ नेपाली परिवेशबाट हुर्केका बाबु आमाका सन्तानहरु अमेरिकी संस्कारमा हुर्कदा उनिहरुले सोच्ने तौर तरिका र व्यहार अमेरिकी संस्कारमा भिज्न खोज्दा भत्कीएका घरहरु, भाँचीएका मनहरु र उजाड भएका सपनाहरुको फेहरीस्ताले भौतिक विकास र सम्पन्नता समृद्धिको सूचक होइन, मनको शान्ति, पारिवारीक मेल र आपसि सत्भाव नै सुखको सूचक हो । हामी नेपाली जुन पारिवारीक संरचनामा बाँचेका छौ त्यो सुखको एक अनुपम उदाहरण हो । हामीले सम्पन्नता र सुखको खोजिमा विश्वको जुनसुकै कुनामा भौतारिएपनि हाम्रो बास्तविक सुख त नेपाली पनमा छ, नेपाली हुनुमा छ नेपाली संस्कारमा छ भन्ने कुरा पुष्टि गर्न उपन्यास सत प्रतिशत सफल भएको छ ।
सपनाहरु पछ्याउदै अमेरिका पुगेको अमर राम्रो जागिर, सम्मान, श्रीमती आरतीको सम्मानपूर्ण रोजगारी, छोराछोरीको राम्रो शिक्षादिक्षाले चरम सन्तुष्टिको चरणमा रहेकै बेला सेप्टेम्बर ११ को हमलामा छोरो आरम्भ मारिन पुग्छ, श्रीमती आरतीको अमेरिकी स्वतन्त्रता उपभोग गर्ने महत्वाकांक्षाले पारिवारिक विखण्डनको सिकार बन्न पुग्छ । जवान बनेकी छोरीले व्याइफ्रेण्ड सँग विवाह गर्नको साटो लिभिङ टुगेदेरमा बस्ने जिद्दि गरेका कारण बाबु सँगको सम्बन्ध चिसिन्छ मात्र होइन घर छोडर हिड्छे छोरो सिद्धार्थ खराव संगतमा लाग्छ र सबै कुरा परिपूर्ण अमर केहि नभएको एक्लो वेसाहारा भएर भौतारिन्छ ।
ब्रिटिस आर्मिका मेजरको नाती, क्याप्टेनको छोरा महेश बाबु बाजेको खानदानी परम्परामा क्रमभंगता गर्दै आर्मिमा भर्ना हुनको साटो अमेरिका पुग्छ तर उ लुटेराहरुको आक्रमणको शिकार हुन्छ र महाशत्ति राष्ट्रमा कार्यस्थलमै मारिन पुग्छ ।
धनि व्यापारीको छोरो युवराज, फिल्मको नायक हुने महत्वकांक्षामा आफ्नी प्रेमीका हिरोइनबाट धोखा पाएपछि अमेरिका पुग्छ तर उसले त्यहा जतिसुकै राम्रो रोजगारी पाएपनि सन्तुष्ट हुन सक्दैन । बरु जहाँ त्यहि उसलाई धोकेबाज प्रेमिका मालाले लखेट्छे । र उ भौतारिदै टोर्नाडो आधिमा पस्छ ।
नेपालमा समाजसेवा गर्न आएका एक्ला अमेरिकी नागरिकले पहिरोमा आमाबुवा गुमाएर टुहुरो भएको रविलाई धर्मपुत्र बनाई अमेरिका पु¥याएर रवि जोन्सन नाममले परिचित गराई आफ्नो सम्पूर्ण सम्पत्ती रविलाई दिन्छन । उतै पढ्छन् विहे गर्छन केटाकेटी जन्माउछन् । तर अमेरिकी संस्कारमा हुर्किएकी श्रीमतीको सधैको कचकच जति सहेपनि उनले घरलाई घर जस्तो बनाउन सक्दैनन् । श्रीमतीको गलत व्यवहारकै कारण उनको परिवार विखण्डनमा पुग्छ ।
अमेरिकी प्रोजेक्टमा काम गर्ने नागरिक सँग प्रेम सम्बन्ध भएर विहे गर्न अमेरिका पुगेकी अर्पणाले बुबालाई जानकारी नदिई त्यति ठूलो निर्णय गर्नु परेकोमा बुवाको साथ गुमादिन मात्र प्रेमिले समेत उनलाई यौन तृप्तीको साधन बनाईदिदा झण्डै जीवन समाप्तको अवस्थामा पुग्छीन तर उनि जस्तै धोखा पाएका डा विवकेको साथले उनिहरुको जीवन सयौ हण्डरका बाबजुद हराबरा हुन पुग्छ ।
यि पात्रहरुका यस्ता कथाहरुले समग्रंमा हामी नेपालीहरुको परिवारबाद र पारिवारीक संस्कार भित्र मात्र जीवन सार्थक र रमाईलो छ भन्ने पुष्टि गरेको छ । अर्पणाको एकजना भारतीय साथीको विवाहमा गरिएको बङ्गाली संस्कार र पारिवारीक विवाहको उदाहरण अमेरिकि व्याईफ्रेण्ड गर्लफ्रेण्ड सस्कार भन्दा पारिवारीक विवाह र संस्कार दुई परिवारको मिलन नै राम्रो हुन सक्ने संकेत लेखकले गरेका छन् । यि यस्ता थुप्रै विषय वस्तुहरु पुस्तकका रोचक पक्षहरु हुन ।