महाकवि देवकोटाको उतारचढावपूर्ण जीवनशैली

नेपाली साहित्यमा स्वच्छन्दतावाद भित्र्याउनुहुने  बहुप्रतिभाशाली व्यक्तित्व महाकवि लक्ष्मीप्रसाद देवकोटा विलक्षण प्रतिभाका धनी हुनुहुन्थ्यो ।

काव्यकारितामा बेजोडको क्षमता भएका देवकोटाको जीवन भने निकै उतारचढावकाबीच बितेको पाइन्छ । घरको जीर्ण आर्थिक अवस्थाका कारण बिरामी हुँदा उपचार गर्न नपाएको दुःखदेखि धेरै पढेर पनि राम्रो जागिर नपाउँदाको दुःखले महाकविलाई हातमुख जोड्न  ट्युसन पढाउपथ्र्यो । अस्तव्यस्त ओछ्यानको बीचमा बसेर सँधैजस्तो लेखिरहने देवकोटा ट्युसन पढाएर कमाएको पैसा पनि गरिबहरू आएर मागे दिइहाल्नुहुन्थ्यो ।  मुनामदन शाकुन्तल कुञ्जीनीदेखि के नेपाल सानो छ  जस्ता चर्चित निवन्धकृति लेखेर नेपाली साहित्य आकाशमा ढकमक्क फुलेर मगमगउँदै गर्दा उहाँमा तेस्रो दृष्टिले सोच्नुहुन्थ्यो । कविहरू विम्बकलामा पौडी खेल्न असाध्यै रुचाउँछन् । महाकवि पनि समाजका तिनै विम्बप्रतीकसँग संवाद गर्नुहुन्थ्यो । हावासँग, फूलसँग, पानीसँग, आकाशसँग अनि पुरै धर्तीसँग । काव्यकारितासँगै महाकवि देवकोटामा गीतसँगीतप्रतिको लगाव पनि थियो । लथालिङ्ग कोठामा बसेर चुरोट तान्दै हार्मोनियम र तबला बजाउन रुचाउनुहुने महाकवि देवकोटाको जीवनशैली सामान्य थियो ।  देवकोटाकी माइली छोरी अम्बिकादेवी रिमाल आफूले देखेको बुबाको जीवनशैली यसरी सम्झनुहुन्छ । उहाँ आफूहरू सानो छँदा मुमाले नै घरव्यवहार चलाउने र बुबाले केही व्यवस्थापन नगर्ने बताउनुहुन्छ ।

साइकल चढेर हिँड्नुहुने महाकवि देवकोटा शारीरिक रूपमा अग्लो, सधैँ हाँसिरहनुहुन्थ्यो । महाकवि देवकोटाका छिमेकी पार्थिवेश्वप्रसाद तिमिल्सिना आफूले देखेको देवकोटाको जीवनलाई अलग्गै खालको भएको बताउनहुन्छ  । उहाँ खेल्दै खेल्दै महाकविको आँगनमा पुग्दा भित्र बसेर कहिले टोलाइरहेको त कहिले लेख्न थालेको लेख्दालेख्दै साइकल चढेर हिँडिहाल्ने गरेको बताउनुहुन्छ ।

त्यसो त साहित्यमा देवकोटाले नलेखेको विधै छैन । पत्रकारितादेखि यो मुलुकको मन्त्रीको समेत नेतृत्व सम्हाल्नुभएका महाकवि देवकोटाको शब्द शिल्प र क्षमता बुझ्न सक्ने कोही थिएनन् । छोटो समयमा गहकिला रचना फुराउन सक्ने देवकोटाको रचनासिल्प बुझिदिने नहुँदा उहाँ मानसिक तनावमा पर्नुभयो । आफूलाई बुझ्ने कोही नभएर तनावमा हुँदा  उहाँको अनुहार कालोनीलो देखिन्थ्यो । रिसको झोकमा उहाँ थु–थु गर्दै ‘यो समस्त ब्रह्माण्डलाई नै क्वारामक्वाराम चपाउँजस्तो लाग्छ’ भनेर शब्दमै पोखिनुहुन्थ्यो । महाकविको क्षमता नबुझनेहरुले राची लिएर गएपछि त्यहाँका मानसिक रोग विशेषज्ञ डा. वर्कले ‘देवकोटाजस्तो मान्छे नेपालमा जन्मनु नै गलत थियो भनेर फकाईदिए । यो सन्दर्भलाई उहाँले आफै रचनामा चित्रण गर्नुभएको छ ।

उहाँ एक व्यक्तिलाई कविता सुनाउँदा पनि एक विशाल जनसमूह भनिठानेर उत्सुकतापूर्वक र जोसिलो पारामा सुनाउने गर्नुहुन्थ्यो ।

देवकोटाको जीवनशैली शीर्षको पुस्तकसमेत लेखेर प्रकाशन गर्नुभएका साहित्यकार नरेन्द्र प्रसाइँ महाकवि देवकोटाको दैनिकी र आनीबानी सामान्य मासिनकोभन्दा फरक रहेको बताउनुहुन्छ ।

भारतीय महापण्डित राहुल सांकृतयायनले देवकोटालाई बुद्धपछिको महामानवको संज्ञा दिँदै विश्वचर्चित भारतीय कविहरू जयशंकरप्रसाद सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला तीन कवि बराबर एक हुन् भनेका छन् । नेपाली काव्यसागरका कुशल सिल्पहस्ती देवकोटाकाे साथी भन्नु नै चुरोट र कविता थियो । हिँड्दा खाादा बस्दा, जहिले पनि काव्यभन्दा बाहिर मनै जाँदैनथ्यो । यस्ता काव्यमोती महाकवि देवकोटाको जीवन शैलीबाट सङ्घर्षपूर्ण जीवन भोगाइले सफलतातिर लाग्न नयाँ पिडिलाइ प्रेरणा मिल्नेछ ।


ताजा खबर