अहिले महिला हिंसा विरुद्धको सोह्र दिने अभियान चलिरहेको छ । प्रत्येक वर्ष नोवेम्बर २५ देखि मनाईने यो दिवसमा हिंसा विरुद्ध विभिन्न अभियानहरु सञ्चालन गर्ने गरिन्छ । तर विगत केहि वर्ष यता जिल्ला देखि केन्द्र तह सम्मका कार्यक्रमहरु हेर्ने हो यि कार्यक्रम केवल कार्यक्रम गर्नै पर्ने औपचारिकताका कारण आयोजना भईरहेका छन् भन्दा अन्यथा हुदैन । लैगिक हिंसा विरुद्धको अन्र्तराष्ट्रिय दिवस नोबेम्बर २५ तारिखमा पर्छ र यो प्रत्येक वर्ष आउछ । प्रत्येक वर्ष नोवेम्बर २५ देखि १६ दिन यो दिवस मनाउने तय भएकाले महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायका लागि यो दिवस मनाउनु वाध्यकारी छ ।
दिवस मनाउनुको अर्थ केवल श्राद्ध गरे जस्तो पुर्खा सम्झीनु अथवा ऐतिहासिक दिनको स्मरण गर्नु मात्र होइन । हामी जतिपनि दिवस मनाउछौ त्यसको उद्देश्यले त्यो दिवस सँग सम्बन्धीत गतिविधिमा छलफल बहस र भएका समस्याको निकास खोजि गर्नु र त्यसका लागि आधार तयार गर्नु पनि हो । एड्स दिवस मनाईन्छ त्यसको उद्देश्य एचआईभि एड्स विरुद्ध जनचेतना जगाउने हो । एड्स लाग्ने कारण र यसबाट बच्चने उपाय बारे समाजलाई सचेत बनाउने हो । हामीले दिवसको अवसरमा गरेको कार्यक्रमले एड्स नियन्त्रणमा केहिपनि भूमिका खेल्न सक्दैन भने त्यो दिवस मनाउनुको कुनै अर्थ छैन । बालश्रम विरुद्धको दिवस मनाऔं या मजदुर दिवस सबैको उद्देश्य भनेको ति सँग सम्बन्धीत समस्याको सामाधान गर्ने र विकृतिहरुको अन्त्य हो । तर पछिल्ला दिनमा दिवसहरु केवल त्यो शिर्षका छुट्टाईएको बजेट खर्च गर्ने र कागजात तयार पार्ने उद्देश्यले मात्र गरिएका हुन्छन ।
केहि समय अगाडि सिन्धुली जिल्लामा पुरुष दिवस मनाएको एउटा फोटो निकै रमाईलोको रुपमा चर्चा भयो । पुरुष दिवसको कार्यक्रम भनेर लेखिएको व्यानरमा चार जना पुरुषहरु थिए भने झण्डै एक दर्जन जति महिलाहरु । त्यो पनि अधिकाशं जिल्लाका सञ्चारकर्मीहरु । बाँकी रहेका थिए प्राय गैससका कार्यक्रममा आफ्नोमा नआइदेलान भनेर पर्म लाउन जानेहरु । महिला हिंसाको ¥यालिमा पनि तिनै देखिन्छन्, पुरुष दिवसमा पनि तिनै देखिन्छन्, युवा दिवसमा पनि अनुहार त्यहि हो, महिला विरुद्धको अभियानमा पनि व्यानर समाउने उनै हुन, एड्स दिवस धानेकै छन्, बालिका दिवस, किशोरी दिवस, किशोर दिवस लगाभग सबै दिवसमा अनुहार एउटै पाईन्छ ।
गैससहरुले फरक फरक ऐजेण्डामा काम गरिरहेका हुन्छन् । एउटाको ऐजेण्डा मिलेको दिवसमा अर्को उपस्थिति हुनु असारमा रोपाईमा छरछिमेकमा पर्म लाउनु जस्तै छ कार्यक्रम सफल पार्ने रणनिति पनि । त्यसैले सबैको कार्यक्रममा सबै उपस्थिति हुन्छन् । यो ढंगले लक्ष्य हासिल गर्न सकिदैन । कतिपय गैससहरुले आयोजना गर्ने कार्यक्रमहरुमा सरोकारवालाहरु उपस्थ्तिि नै हुन छाडि सकेका छन् । कि त मोटो रकम भत्ताको रुपमा उपलब्ध गराएमा सरोकारवालाहरु आउने रहेछन् होइन भने कार्यक्रमको महत्वलाई आत्मासाथ गरेर गैससका कार्यक्रमहरुमा उपस्थिति पातलिन थालेको छ । राजनीतिक रुपमा पहुँच भएकाहरुले कार्यक्रम सफल पार्न जनप्रतिनिधिहरुलाई कार्यक्रममा उपस्थिति गराउने बाहेक कार्यक्रम नै महत्वपूर्ण हो यसले हामीलाई केहि चेतना ज्ञान दिन सक्छ भनेर सरोकारवालाहरु उपस्थिति हुने क्रम पनि निरन्तर घट्दो क्रममा रहेको पाईन्छ । यसको पछाडि गैससका कार्यक्रमहरु मुद्दा विशेषमा बहस हुने भन्दा पनि माईन्यूट गर्ने र खाजा तथा थोरै तिनो यातयात भत्ता वितरण गरेर सहभागि खुशि पार्ने ‘कर्मकाण्डी’ ढंगले सम्पन्न गर्ने अभ्यासको परिणाम हो ।
कार्यक्रम समिक्षा गर्न भनेर बोलाईएको हुन्छ तर गुणगान गाउने गरिन्छ । जसले बोलाएको हो उसले राम्रो ग¥यो भन्नेमा प्राय सबैको एकमत पाईन्छ । आलोचनात्मक टिप्पडी गर्ने र सुधारका लागि सुझाव दिने परम्परा नै छैन । यदि कसैले त्यो गर्छ भने अर्को पटक देखि सुझाव दिने धेर बाठो हुन्छ उसलाई त्यस्ता कार्यक्रममा बोलाईदैन । गैससहरुले कार्यक्रमको समिक्षा गर्न भनेर बोलाईएको डिप्याक्ट मिटिङ्, मिटिङ नभएर भतेर हुन्छ । सरोकारवालाहरुको मन पसन्दको ‘ब्राण्डी’ सहितको । संस्थाले कस्तो काम गरेको छ मतलव हुदैन । ‘ब्राण्डी’ ले दिने सन्तुष्टिमा भर पर्छ कार्यक्रम कस्तो थियो भन्ने विषय अनि सफलता र असफलता ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था देशै हामीले बनाउने हो भन्छन् । स्थानीय संघ संस्थालाई कार्यक्रम दिन्छन् । अनुगमन र मूल्याङ्कन गर्ने भनेर जिल्ला जिल्लामै गोठालो लाग्न बसेका छन् । तर उनिहरुको भूमिका राजनीतिक दलका ठूला नेताहरुको चित्त बुझाउने र विदेशबाट आएको पैसालाई जसरी पनि खर्च गराउने भन्दा बढि छैन । उनिहरुलाई कामको उपलब्धी भन्दा बढि चासो र चिन्ता तोकिएको बजेट खर्च गर्न सकियो कि सकिएन भन्नेमा छ । बजेट खर्च गर्न सक्नु नै उनिहरुको भाषामा सफलता हो । खर्च भएपछि उपलब्धी हासिल भई हाल्छ भन्ने धारणाले अन्र्तराष्ट्रिय गैरसरकारी संस्था ग्रस्त छन् । समाज कल्याण परिषद्मा दर्ता भएका गैरसरकारी संस्थाहरु कार्यक्रम ल्याउन राजनीतिक पहुँच स्थापित गर्ने र कार्यक्रम पाएपछि त्यहि पैसाले राजनीतिक दलका शिर्षस्त नेताहरु खुशि पार्ने र कार्यक्रम टिकाइ राख्ने कार्यमा अग्रसर छन् ।
तोकिएको लक्ष्य भेट्टाउनु त कता हो कता प्राप्त भएका केहि उपलब्धी समेत निरन्तर बजेट खन्याउदा मात्र टिकिरहने अवस्था छ । गैससका बजेटले धेरै कुराहरु मुक्त र उन्मुलन भएको घोषणा गरिएको छ तर गैससको बजेट जान छोडेको ६ महिना देखि वर्ष दिन सम्ममा सबै जस्ताको त्यस्तै पुरानै ठाउँमा आइपुगेका छन् । बालश्रम उन्मुलन भएको क्षेत्रमा बालश्रम सुरु भईसक्छ, धुवाँमुक्त धुवाँ युक्त भइ सक्छ, खुल्ला दिसा मुक्त मा दिसा टेक्दै हिड्नु पर्ने हुन्छ यस्तो खाले उपलब्धी र विकास गरेर गैसस प्रति हामीले कति विश्वास गर्ने ?
व्यानर बनाउने, प्लेकार्ड बोक्ने, नारा जुलुस लगाउने, दिवस मनाउने, कोठामा चार जना जम्मा पार्ने, समिक्षा गर्ने, मनपरेका मन मिल्ने, राजनीतिक आस्थाका आधारमा व्यक्तिहरुलाई संस्थाको बारेमा राम्रो बोलन लगाउने, माईन्यूट मिलाएर लेख्ने, उपलब्धीको मूल्याङ्कन आफै गरेर भयंकर प्रगतिको प्रतिवेदन तयार गर्ने तर बास्तविकतामा सबै समस्या ज्यूका त्यु हुने अवस्थाको अन्त्य कहिले हुन्छ ? गैससहरुले औपचारिकताका कार्यक्रम गरेर किर्ते माईन्यूट लेख्न कहिले देखि छोड्छन् ? नभएका उपलब्धीलाई उपलब्धी भनेर कहिले सम्म मिथ्याङ्कमा बजेट खन्याई रहने ? आवश्यक नै नभएको आवश्यकता कहिले सम्म सृजना गरिराख्ने ? जनताका मुख्य प्राथमिकतालाई छाडेर जनचेतनाको व्यानर हामीले कहिले सम्म बोकि हिड्ने ? अब त समिक्षा गर्ने बेला भएन र ?
२०७६ मंसिर १९ को सफल नेपाल साप्ताहिकबाट