~शोभा पाण्डेय/ सिलवाल
सरकार !
किन बच्चा जन्माउने ?
बिसदेखि तीस वर्षभित्र ?म अझै बुबाआमाकै बोझ छु ।तिम्रा निकम्मा शैक्षिक केन्द्रले नि,बेरोजगार बनाएर सडक डुल्नी ,साँढे बनाएर डामी छाडेको छ ।म अझै बाबुआमाका बूढो हड्डीमाथि ,तिम्रा सहजताका लागि ,सन्तान रूपीभार थपी थङथिलो पार्न,मेरो नैतिकताले दिँदैन ।त्यसैले सरकार !म किन बच्चा जन्माऊँ?फेरि ,अहिलेसम्म जन्मिसकेका,नागरिकलाई तिमीले के गर्यौ?गाँसबास र कपासको ,सुनिश्चितता दियौ?कि ,स्वास्थ्य र शिक्षामा निःशुल्क गर्यौ?रोजगार दिन कति उद्योग खोल्यौ?फेहरिस्त पेश गर त,अनि पाइदिउँला बच्चा ,होइन भनेम मेरो बच्चालाई,मैले जस्तै अभाव र दबाबमा बाँच्न , किन जन्माउने ?अनागरिक बनाउन?त्यसैले सरकारबरू चौबिसै घण्टा काम गर् ,भन हाँसीहाँसी गर्छुतर मर्छु ।बच्चा जन्माउँदिनँकिनभनेमेरो देशमा बच्चा ,जन्माएका आमाहरूसन्तानबाट बिछोडिनुको पीडालेतड्पेको देख्छु ।झन् मुटु निचोरिएर आउँछ ।गाउँ सहर खाली देख्छुसहरका सटर बन्द ,उद्योग जीर्ण ,व्यापार मन्द,मेरै पेट खालीअनि खाली पेटमा रोगी बच्चाकिन जन्माउने?अतःम त बच्चा नजन्माउने ।अँ साँच्चै ,म न मैले चाहेर जन्मेँँन म जन्मेर भरपेटखाना र नानाकोउपभोग गर्ने पाएँ अवसरतसर्थ सरकारबच्चा नजन्माउने।तिमीले मेरा बुबाआमाकापालादेखि दिएकोआश्वासनलेमेरो पुस्ता तपानी विनाको माछाजस्तोबनेरछटपटाएर बाँच्नु परेको छ भनेम,मेरो बच्चालाईम जस्तैबाँच्नैका लागि पनिरोग ,शोक र भोकसँगरुँदै सङ्घर्ष गरेको हेर्न जन्माऊँ?अँह ! म सक्दिनँ ।सरकार !यदि जन्माउनेैै पर्ने भए बच्चा,भाषण गर्दा उर्दी नदेऊ ।सुशासन गर ।नेपाली भएर जन्मेकालाईभुटानी नबनाऊ ।स्वदेशमै रोजगार सिर्जना गर ।तिमीले भन्नै पर्दैन ,जब म आफू हरेकदृष्टिले सुरक्षित भएको अनुभव गर्छुनि तब सोच्छु ।नत्र बच्चा जन्माएर ,दोबाटोको बुर्की आफ्नासन्तानलाई म बनाउन सक्दिनँ ।यति मात्र होइन ,सरकार !तिमीलाई त जनताको पेटमालात्ती हान्ने आदि परेको छ।तर मलाई मेरो स्वाभिमानलेत्यसो गर्न दिँदैन ।असह्य पीडा सहेर जन्माईहुर्काएको मुटुको टुक्रालाईविदेशीको दास बनाउनु छैन ।अरू त अरूतिमीहरूले लगाएको कुयज्ञकोपुरोडाश बनाउनु छैनअनिवलिको बोको पनि बनाउनु छैनबरू नजन्मियोस् ।म निसन्तान नै बनूँ ।म सहन्छु ।तरमैले किन जन्माएको भन्नेप्रश्नको उत्तर त दिनुपर्ने छैनअन्तमा नि सरकारत्यसैलेम अहिले बच्चा जन्माउन सक्दिनँ