“गाउँमा स्कुल छन्, विद्यार्थी छैनन् । गाउँमा क्याम्पस छन्, विद्यार्थी छैनन् तर, लगानी त त्यहाँ पनि गर्नु पर्छ । थोरैका लागि पनि, धेरैका लागि पनि । लगानी बराबरी गर्नुुपर्छ । स्रोतसाधन बाँडिन्छ । स–साना काममा वजेट खर्च हुुन्छ । ठूलठूला विकास आयोजना सञ्चालन गर्न वजेट अपुुग हुुन्छ, भइरहन्छ । यो क्रमले ठोस विकासमा बाधा पु¥याउँछ । स्रोत साधन खेर जान्छ । हामी दुुई ढुुङ्गाबीचको तरुल सधैं तरुलै भइरहनुुको कारण यही हो । आवश्यकता चाहिँ हामी ढुङ्गा फुुटाउने फलामको मानी भएर फेरिनुुपर्ने भएको छ, तर हामी सधैंभरि उही कलिलो तरुल भएर बसिरहेका छौं । कम्तीमा तरुल त छिप्पएपछि हाड पस्छ, तर हामी सधैं नरमको नरम । सधैं कलिलो । सधैं सजिलो । अरुलाई पोलेर खान । उसिनेर खान । रमाउन र खुुसी हुन ।”
१. लेखसार: मानिस अप्ठ्यारोबाट सजिलोतिर बसाइँ सर्दै जान्छ । असुविधाबाट सुविधातर्फ आकर्षित हुँदै जान्छ । कति रहरले हुन जान्छ र कति बाध्यता र विवशता पनि हुन जान्छ । मानिस स्थायी अस्थायी रुपमा वसाइँ सर्दै जान्छ । केही मानिस रहरबाट सहर झरेका छन् । सुविधाको चाहनामा । सुुखको खोजिमा । आधुनिक सुचना प्रविधि र भौतिक सुखसयलको आकाङक्षा पूूरा गर्न । मानिसहरु गाउँबाट सहर झरेका छन् । यो आन्तरिक वसाइँ सराइ हो । अहिले स्थायी भन्दा पनि अस्थायी र वाह्य भन्दा पनि आन्तरिक वसाइँ सराइको गति तीव्र हुँदै गएको छ । हाम्रा गाउँघरका मानिसहरु सहरतर्फ आकर्षित हुुँदै गएका छन् । यो क्रम एउटा जटिल मोडमा पुुगेको छ । अव हाम्रा गाउँघरहरु खालि हुुँदै गएका छन् । गाउँहरु रित्तिँदै गएका छन् र सहरहरु खचाखच हुँदै गएका छन् । यसले गाउँलाई पनि समस्यामा पारेको छ र सहरलाई पनि समस्यामा पारेको छ । सहर र गाउँको दुुरी विस्तारै बढ्दै गइरहेको छ । यो दुरी त्यतिमा मात्र सीमित नभएर आर्थिक सामाजिक सांस्कृतिक रुपमा पनि खतरनाक हुँदै गएको छ । अबका दिनमा गाउँमा कमजोर मानिस । बुढापाका मानिस । केही गर्न नसक्ने साधारण मानिस मात्र रहनेछन् । गाउँ सुन्य हुने छ । सहर खचाखच हुने छ । यो असमानता झाँगिदै गएमा भविष्यलाई निकै चर्को समस्या आइलाग्नेछ । यो निश्चित छ ।
२. विषय प्रवेश : दुुई विशाल छिमेकी मुलुक चीन र भारतको बीचमा अवस्थित नेपाल पृथ्वीनारायण शाहको भाषामा दुुई ढुुङ्गा बीचको तरुल हो । छिमेकीहरु बलिया हुनु । छिमेकमा राजनैतिक स्थिरता हुनुु । शान्ति र सुुशासन हुनुु । तीव्र आर्थिक विकास हुनुु । र, आफ्नो अवस्था कमजोर हुनुुले नेपालले अनेकौं चुुनौतिहरुको सामना गर्दै आइरहेको छ । तिनै छिमेकीहरुको दवाव, प्रभाव, हस्तक्षेप र जालझेलमा परेर नेपाल लामो समयसम्म अस्थिरताको शिकार भयरह्यो । यहाँको आन्तरिक मामिलामाथि सधैं छिमेकीको हस्तक्षेप भइरहेकोले नेपाल सार्वभौमसत्ता सम्पन्न मुुलुुक भएर पनि व्यवहारमा कहिल्यै सार्वभौम हुन सकेन । नेपाली सत्तामाथि विदेशी चलखेलको पराकाष्ठा यति धेरै बढेर गयो कि नेपालले आफ्नो विवेक प्रयोग गर्ने हैसियत पनि झण्डै नगुमाएको । नेपालको विकास, उन्नति र प्रगति यिनै नजिकका दुुई छिमेकीको नीति, रुचि र चासोले निर्धारण गर्ने गर्छ । यो पनि निश्चित छ । तर, भरखरै मात्र विकासमा बामे सर्न सुुरु गरेको यो सानो हिमाली राज्य नेपाल यी दुुई छिमेकीसँगको सम्बन्धलाई लिएर सझैं अप्ठ्यारोमा पर्दै आएको छ । अनि ,नेपाल जो तिनै छिमेकीको भरमा परेर अघि बढ्न खोज्छ र कहिले काहीँ सम्बन्धमा खटपटको अवस्था पनि व्यहोर्न पुुग्छ, यस कारणले यो देश अहिले पनि तरुल जस्तै कमजोर अवस्थामा रहेको छ । बलियो र सम्पन्न भइसकेको छैन । देशलाई बलियो बनाउने जनताले हो । जनमतले हो । जनताको एकताले हो । जनताको आस्था र विश्वासले हो । हामी गरिब छौं । हाम्रो देश पनि हामी जस्तै गरिब छ । हामी गरिब भएर देश गरिब भएको हो । देश गरिब भएर हामी गरिब भएकका हौं । यो गरिबी सबैको साझा समस्या हो । तर, हाम्रा इच्छा र आकाङक्षाहरु गरिबका जस्ता छैनन् । हाम्रो व्यवहार गरिबको जस्तो छैन । विज्ञानले जे आविष्कार गरेको छ त्यो सबै हाम्रा निम्ति हुुनुुप¥यो । कारखानाले जेजति सामान उत्पादन गरेको छ त्यो सबै हामीलाई पनि उपलब्ध हुुनुुप¥यो । मोबाइल चलाउनुु प¥यो । काम गर्नुु परेन । आरामले बस्नुुप¥यो । सुखको । सुविधाको । अवसरको । अधिकारको । उपभोगको । उपयोगिाताको । यो अनर्गल प्रभाव । आचरणको यो बेथिति । यी यस्ता कारणहरु भए जसबाट मानिस गाउँमा रमाउन नसक्ने भयो । अलिकति दुुईचार पैसा कमाइ भयो । मानिस सहरमा डेरा लिन पुुगिहाल्यो । युवाहरु गाउँमा छैनन् । गाउँ युुवाविहीन भइरहेको छ । लालाबालाहरु गाउँमा छैनन् । गाउँमा वृद्धवृद्धा मात्र छन् । कमाउनेहरु सहरमा । रमाउनेहरु सहरमा । र, तिनीहरु अनि हामीहरु मात्र गाउँमा छौं जो विभन्नि कारणले गाउँमा बस्न विवस छौं । आज नेपालका अधिकांश गाउँहरु रित्तिएका छन् । यसले बिस्तारै सहर र गाउँबीचको दुुरी बढिरहेको छ । कुरा यतिमा मात्र पनि सीमित नभएर यसले हाम्रो मौलिक चिन्तन, परम्परा, रितिरिवाज, संस्कार, सभ्यता र संस्कृतिमा पनि गहिरो प्र्रभाव पार्दै छ । विश्वमा जम्माजम्मी नेपाली भाषीको संख्या करिब करिब १७ करोड जति छ । ५० लाख युवाहरु विदेशी भूूमिमा छन् । नेपाली श्रम र पसिना विदेशी भुमिमा बगिरहेको छ । यता देश त्यही अवस्थामा छ जुन हिजो बाजेको पालामा थियो ।
३. गाउँहरु रित्तिनुको कारण: दुुई कारण छन् हाम्रा गाउँहरु रित्तिँदै जानुको, पहिलो कारण आर्थिक कारण हो र दोस्रो चाहिँ भौतिक कारण हो । शिक्षा स्वास्थ्य सञ्चारा आदि भौतिक सुविधाको चाहनाले मानिसहरु गाउँबाट आन्तरिक रुपमा बसाइँ सरेर सहर पसेका हुन् र साथ साथै गाउँमा रोजगारीको अवसरको कमी न्युन स्तरको जीवन निर्वाह गर्नुुपर्ने कारणले पनि मानिसहरु गाउँबाट सहरतिर सरेका हुन् । जहाँ गए पनि मानिसको समस्या सँगै जान्छ । मानिसले आफ्नो समस्या आफैंसँग लैजान्छ । बसाइँ सर्नु । गाउँबाट सहरमा जानुु । मानवीय समस्याको समाधान होइन । यसले समाधान होइन अझ बढी समस्या थोपर्दछ । गाउँ रित्तिँदै जान्छ । गाउँको जनसंख्या घट्दै जान्छ, तर गाउँमा जनसंख्या कम छ भनेर गाउँमा स्कुल कलेज खोल्नुु नपर्ने हुँदैन । बाटो पुल असपताल नबनाउनुुपर्ने हुुँदैन । भौतिक संरचनाको विस्तार नगर्नुुपर्ने हुुँदैन । गाउँमा भौतिक सुविधाको विस्तार पनि गर्नु पर्ने । सहरमा सुविधा वृद्धि पनि गर्नुुपर्ने । खानेपानी अभाव हुने । अस्पतालमा भिड हुने । सडकमा लामो जाम हुने । यीनै कारणले यहाँ समस्या थपिएको थपियै भइरहने र समाधानमा कहिल्यै नपुुग्ने हुन जान्छ । यो भइरहेको पनि छ । गाउँमा स्कुल छन्, विद्यार्थी छैनन् । गाउँमा क्याम्पस छन्, विद्यार्थी छैनन् तर, लगानी त त्यहाँ पनि गर्नु पर्छ । थोरैका लागि पनि, धेरैका लागि पनि । लगानी बराबरी गर्नुुपर्छ । स्रोतसाधन बाँडिन्छ । स–साना काममा वजेट खर्च हुुन्छ । ठूलठूला विकास आयोजना सञ्चालन गर्न वजेट अपुुग हुुन्छ, भइरहन्छ । यो क्रमले ठोस विकासमा बाधा पु¥याउँछ । स्रोत साधन खेर जान्छ । हामी दुुई ढुुङ्गाबीचको तरुल सधैं तरुलै भइरहनुुको कारण यही हो । आवश्यकता चाहिँ हामी ढुङ्गा फुुटाउने फलामको मानी भएर फेरिनुुपर्ने भएको छ, तर हामी सधैंभरि उही कलिलो तरुल भएर बसिरहेका छौं । कम्तीमा तरुल त छिप्पएपछि हाड पस्छ, तर हामी सधैं नरमको नरम । सधैं कलिलो । सधैं सजिलो । अरुलाई पोलेर खान । उसिनेर खान । रमाउन र खुुसी हुन ।
४. गाउँ रित्तिनुुको कारणबाट सिर्जना भएको समस्या : सहरमा अशान्ति । होहल्ला, भिडभाड, विसंगति र विकृति । समाज छाडा हुँदै जानुु । मानिसले आफ्नो मौलिक पहिचान गुमाउँदै जानुु । विदेशी रहनसहनको प्रभाव फैलिँदै जानुु । नेपालीपन लोप हुँदै जानु । सांस्कृतिक विचलन हुनु । पारिवारिक विखण्डन हुनु । सामाजिक अन्तरघुुलन नहुुनुु । वर्ग वर्गको जन्म हुनु । आर्थिक असमानता र वर्गीय खाडल गहिरँदै जानुु । धनी र गरिबको रुपमा समाज दुुई कित्तामा विभाजन हुनु । शिक्षा र स्वास्थ्य क्षेत्रमा कहिल्यै समाधान ननिस्कनु । समस्याहरु पहाड भएर उठिरहनुु ।
५. वर्गीय समाजको जन्म हुनुु : नेपाल भरखर मात्र सामन्ती युुगबाट आधुुनिक युुगमा प्रवेश गरेको छ । सामाजिक मुल्य र मान्यताहरु जसलाई भत्काइसकियो र ती ठाउँमा नयाँ मुल्य र संस्कृतिले विस्थापन गर्नुुपर्नेमा आधुुनिक चिन्तन, मुुल्य मान्यता र विचारधाराको उन्नयन हुन सकेको छैन । समाज यथास्थितिमा जकडिएको छ । पुुराना मान्छेले नयाँ कामको जिम्मा लिएका छन् । हाँस पनि होइन । कुखुुरा पनि होइनको अवस्थामा समाज छ । मानिसको ध्यान सत्ता, सम्पत्ति र सुुखतिर गएको छ । समाजमा भ्रष्टाचार, व्यभिचार र विसंगति ह्वात्तै बढेको छ । भोगवादी संस्कृतिको जन्म भएको छ । उपयोगवादी चिन्तनको विकास भएको छ । एक हिसाबले समाज पूूरै अन्धकारमा रुमलिएको छ । छोराछारी सहरबाट गाउँमा जाँदा । गाउँको घरमा जाँदा पाहुुना जस्ता भएर जाने । चाडपर्वका बेलामा गाउँमा ओइरिने । चाडपर्व सकिए लगत्तै सहरतिर ओइरिने । धनी जति सहरमा । धेरै धनी विदेशमा । धनी र गरिबको सहकार्य नहुुने । हुने र नहुनेको सहकार्य नहुने । सामाजिक एकता, सामाजिक एकताको भावना अत्यन्त्यै कमजोर हुने । धनीका छोराछोरी र गरिबका छोराछोरीको भेट संवाद र अन्तरक्रिया नै नहुने । दलित र माथिल्लो जातका, दलित नि धनी दलित र गरिब दलित भिन्न हुने । दलितले दलितलाई नचिन्ने । धनीले धनीलाई नचिन्ने । मानिस पूरै व्यक्तिवादी हुुने । सबभन्दा चर्को समस्या शैक्षिक क्षेत्रमा पर्न जान्छ । धनीका छोराछोरी सहरका त्यसमा पनि टप दर्जाको स्कुलमा पढ्ने । गरिब दलितका छोराछोरी गाउँका सामान्य सरकारी स्कुुलमा पढ्ने । धनी जति सहरमा । गरिब र दलित मात्र गाउँमा । गाउँ र सहर यसरी फरक हुुँदै जाने । वृद्ध, कमजोर अशक्त मात्र गाउँमा । गरिब वर्गका वृद्ध र अशक्त मात्र गाउँमा । युुवाहरु सहरमा । युुवाहरु विदेशमा । देश सून्य । उर्जाशील शक्ति भएका युुवाहरु विदेश गइदिनाले । गाउँ सुुन्य हुनेखाने जति सबै सहर गइदिनाले । यो विकराल समस्या तत्काल समाधान हुनै नसक्ने अवस्थामा छ । अझै यो त फैलिँदै फैलिँदै जाने निश्चित देखिन्छ । सामाजिक विभेद असमानता अझ बढी झाँगिदै जान्छ । चरम वर्गीय खाडल खनिँदै गएको । हाम्रा सारा सामाजिक मुल्य र मान्यताहरु त्यही खाडलमा पुुरिँदै गइरहेका छन् । असमानाताको खाडल सधैंका लागि र सबैका लागि समस्या रहिरहनेछ ।
६. निष्कर्ष: नेपाली जनताको आम धारणा बदलिँदै गएको पाइन्छ । जनताले नयाँ नयाँ कुुरा खोजि रहेको छ । हरेक कुरामा नयाँपन चाहेको छ । देशमा नै बसेर केही गर्छौं भन्ने पनि छन् । विदेश प्रवेशको मौका पाएमा आफ्नो पहिचान गुुमाएर देशै छोडेर पलायन हुने पनि छन् । सबै कुरालाई त्यागेर भौतिक सुख र सुविधाको चाहनाले समाज लैस भएको छ । थोरै पनि दुःख पिर खप्न तयार छैन । अनुशासनहिनता, जिममेवारीबाट पछि हट्ने अनैतिकता गैरजिम्मेवारीपन ह्वात्तै बढेको छ । आर्थिक असमानता यतिमैं मात्र सीमित हुने देखिँदैन । भविष्य अत्यन्तै चुनौतिपुर्ण छ । समस्याको पहिचान गरेर बेलैमा गाउँ रित्तिँदै जाने र सहर खचाखच हुुँदै जाने प्रवृत्तिलाई निरुत्साहित गर्न सके, गाउँबाट सहर आउनुु नपर्ने वातावरण निमार्ण गर्न सके ,शिक्षाको अवसर र गुुणस्तरमा समानता कायम गर्न सके यो खाडललाई अझ गहिरिनबाट कम गर्न सकिन्छ । रोक्न सकिँदैन । अझ हाम्रो सामुुदायिक शिक्षाको जग कमजोर भइदिएकाले गाउँमा नै रमाउन सक्ने मानिस त कम्तीमा गाउँमै बस्ने थिए । गाउँ रित्तिनुु र वर्गीय खाडल गहिरिनुु गम्भिर चिन्ताको विषय हो । यसले हाम्रो समाज मनोविज्ञानमा समेत नकारात्मक असर पार्दछ । सहरका मान्छे ठूला र गाउँका मन्छे साना भन्ने न्युनता, हिनता र कमजोर मनोविज्ञानको विकास हुन्छ । अब गाउँलाई उठाउन । गाउँलाई जगाउन ढिलो गर्नुुहुुन्न । यसरी गाउँ सुत्यो भने त नेपाल डुुब्यो । नेपाल बचाउन गाउँ बचाउँनुुपर्छ । गाउँ बाँचे नेपाल बाँच्यो । नत्र नेपाल ….. ।
(अधिकारी बैंङकटेश्वर मावि बाहुनतिल्पुङ सिन्धुलीका प्र.अ. हुनुहुन्छ । )