शोभा पाण्डेय / सिलवाल
सुन्नुहोला समाजले, कस्तो थियो यातना ?पहिला हाम्रो पालाको ,दुःख वेदना ।वर्ष दिनको तिजमा पनि, माइत जान पाउँथेनराम्रो लाउने मिठो खाने, दिन आउँथेन ।चार प्रहर रात पनि, पाइन्थेन सुतनपूर्व रातो नहुँदै ,पर्थ्यो उठन ।रातिदेखि उठेर ,ढिकी जाँतो पधेरोमेलाबाट घर आउँदा, हुन्थ्यो अँधेरो ।दिनभर मेलापात, रात परेसी घरमाहाँसोखुसी कहिल्यै थेन, सधैँ डरमा ।कोही दिनमा गएर ,भुलिएला पँधेराघर आउँदा घरका जहान, सबै अँधेरा ।लाउने ,खाने बेलामा, बुहारीलाई हेलामाकहिले निस्की जान्छे र ? भन्छन् मेलामा ।सासू ,नन्द ,अमाजु नि, छैनन् मेरा हितकाआफ्नो भन्ने स्वामी पनि, शत्रु सितका ।मीठो चोखो पाक्यो भने, भित्र भित्रै लुकाउनेकोही थिएनन् म दुःखीको ,दुःख बिसाउने ।सुखको श्वास फेर्न नि, कहिल्यै पाइनँँ मैले तत्रिशूलीमा हाम फालूँ ,झैँ लाग्थ्यो कहिले त ।डेरा आँखा हेर्छन् स्वामी ,जहिले पनि रिसाउनेमाइतमा नि छैनन् ,आमा दुःख बिसाउने ।तेल हालेर कोरेको, चिल्लो राम्रो कपालयो गीतमा बिदा पाऊँ, जय नेपाल ।