शिक्षक : भिम प्रसाद अधिकारी

लोकसेवाको प्रतिस्पर्धाको बाटोमा पाइला टेकेर उभिन आँट नगर्ने हिम्मतहारा औशत कमजोर मानिस मात्र शिक्षक हुन आउँछन् । यसकारण कमजोर शैक्षिक धरातल र अल्छि मानिसहरु मात्र शिक्षण क्षेत्रमा भित्रिएका छन् । बिना प्रतिस्पर्धा सहजै व्यवस्थापन समिति मार्फत देखावटी प्रक्रियाको तानाबाना जालझेलको चक्रव्युुह रचेर अयोग्य व्यक्तिहरु सजिलै शिक्षक भइदिएकाले शिक्षकको योग्यताको विषयमा समाजले औंला उठाइदिएको छ । राजनीति जस्तै समाजमा शिक्षा पनि चौतर्फी आलोचनाको घेरामा परेको छ । शिक्षण पेशालाई मर्यादित बनाउने वा विवादित बनाउने स्वयम् शिक्षक आफैंले हो । शिक्षक स्वयम्् उसको आफ्नै भुमिकाका कारण सामाजिक क्षेत्रमा सर्वाधिक चर्चामा आइहने एक विवादास्पद पात्रको रुपमा चित्रित हुन पुुगेको छ । यसमा मानिसहरुको फरक मत नहुन सक्छ कि समाजमा शिक्षकको भूूमिका उच्च रहेको छ । शिक्षक आज आफ्नै मर्यादाको विषयमा ठूूलो विवादमा परेको छ । कुनै पनि पेशा र व्यवसायको मर्यादाको बारेमा प्रश्न उठ्नुुलाई अस्वाभाविक मान्नुु हुन्न । तर आफ्ना विषयमा यति धेरै प्रश्नहरु उठिसकेपछि शिक्षकहरु जाग्नुुपर्छ । ओछ्यानबातट उठ्नुपर्छ ।

सारांशः
शिक्षण सबभन्दा सम्मानित पेशा । सबभन्दा मर्यादित पेशा । आज शिक्षण पेशाको मर्यादा डगमगाएको छ । शिक्षकको महत्व मर्यादा मान सम्मान इज्जत प्रतिष्ठा कमजोर हुँदै गएको छ । कमजोर बनाएको स्वयम् शिक्षकहरु आफैंले हो । समाज त शिक्षकलाई सम्मान गर्न आतुर छ तर शिक्षक स्वयम् कमजोर भइदिनाले शिक्षकलाई चाहेर पनि सम्मान गर्न अप्ठ्यारो भएको छ । शिक्षकप्रति आम मानिसहरुको विस्वास घटेको छ । आज समाजले शिक्षकको योग्यताको विषयमा औंला उठाइरहेको छ । राम्रा मान्छे शिक्षक हुन आउँदैनन् । औशत कमजोर मान्छेहरुको हकमा शिक्षा रोजाइको क्षेत्र हुन सक्छ तर प्रतिभाशाली व्यक्तित्व र विद्वान विशेषज्ञलाई शिक्षाले आकर्षण गर्न सकेको छैन । राम्रा मान्छेहरु शिक्षक हुन आउँदैनन् । लोकसेवाको प्रतिस्पर्धाको बाटोमा पाइला टेकेर उभिन आँट नगर्ने हिम्मतहारा औशत कमजोर मानिस मात्र शिक्षक हुन आउँछन् । यसकारण कमजोर शैक्षिक धरातल र अल्छि मानिसहरु मात्र शिक्षण क्षेत्रमा भित्रिएका छन् । बिना प्रतिस्पर्धा सहजै व्यवस्थापन समिति मार्फत देखावटी प्रक्रियाको तानाबाना जालझेलको चक्रव्युुह रचेर अयोग्य व्यक्तिहरु सजिलै शिक्षक भइदिएकाले शिक्षकको योग्यताको विषयमा समाजले औंला उठाइदिएको छ । राजनीति जस्तै समाजमा शिक्षा पनि चौतर्फी आलोचनाको घेरामा परेको छ । शिक्षण पेशालाई मर्यादित बनाउने वा विवादित बनाउने स्वयम् शिक्षक आफैंले हो । शिक्षक स्वयम्् उसको आफ्नै भुमिकाका कारण सामाजिक क्षेत्रमा सर्वाधिक चर्चामा आइहने एक विवादास्पद पात्रको रुपमा चित्रित हुन पुुगेको छ । यसमा मानिसहरुको फरक मत नहुन सक्छ कि समाजमा शिक्षकको भूूमिका उच्च रहेको छ । शिक्षक आज आफ्नै मर्यादाको विषयमा ठूूलो विवादमा परेको छ । कुनै पनि पेशा र व्यवसायको मर्यादाको बारेमा प्रश्न उठ्नुुलाई अस्वाभाविक मान्नुु हुन्न । तर आफ्ना विषयमा यति धेरै प्रश्नहरु उठिसकेपछि शिक्षकहरु जाग्नुपर्छ । ओछ्यानबाट उठ्नुपर्छ ।

विषय प्रवेशः
शिक्षकले समाजमा सधैं महत्वपूूर्ण भूमिका खेलेको हुन्छ । त्यही भूूमिकाका कारण शिक्षकको चर्चा सबभन्दा धेरै हुने गरेको हो । समाजले शिक्षकसँग धेरै ठूूलो अपेक्षा राखेको हुुन्छ । शिक्षकले विद्यार्थी अभिभावक लगायत समाजका सबैको अपेक्षा पूरा गरिदिनुपर्छ । शिक्षक आफ्नो व्यक्तिगत गुुण र स्वभावबाट नैतिक मुल्य र मान्यताबाट आचरण र व्यवहारबाट समाजमा स्थापित हुनुुपर्दछ । शिक्षण सेवामुखी विशिष्ट पेशा हो । शिक्षा क्षेत्रलाई दान दिने त्याग गर्ने स्थानको रुपमा लिइन्छ । यहाँ मानिसहरु काम गर्न र काम गरेर रमाउन आउने हो । कमाउन आउने होइन । धेरै कमाउने सोच भएका मानिसले शिक्षक हुन आउने नै होइन । व्यापार गरे वारापार होइन्छ । शिक्षक भएर धन कमाउन सकिँदैन । कतिपय शिक्षकहरु कमाउन नसकेर चिन्तित छन् । कतिपय मानिसहरु शिक्षकलाई व्यापारीसँग तुलना गर्दछन् । शिक्षा धनसँग तुलना हुने विषय होइन । धनभन्दा शिक्षा धेरै ठूलो छ । तर समाज धनको पुजा गर्छ । समाजले धनीलाई आदर गर्छ । आज “विद्या धनम् सर्व धनम् प्रधानम्” भन्ने मानिस कोही छैनन् । “विद्वान सर्वत्र पुुज्यते” को बदलामा “महाजनम् सर्वत्र पुुज्यते” हुन गइरहेको छ । शिक्षकको आचरण खराब भएर तथा दक्ष र योग्य शिक्षक कम भएर अधिकांश शिक्षक काम, कर्तव्य र जिम्मेबारीबाट च्युत भएर नै आज यो विकराल अवस्था निम्तिएको हो जस्तो लाग्छ । चोर डाका लुटेरा ठग पकेटमारा धोकेबाज जस्तै शिक्षक पनि समाजमा आलोचित भइरहनुु भनेको समाजको निरन्तर नैतिक पतन भइरहनुु हो । र, आलोचनाका बीचमा पनि शिक्षक टिकिरहनुु भनेको समाज अझ बढी भ्रष्ट हुनुु हो । खराब भएर पनि शिक्षक टिकिरहेका छन् भने असल हुनुको महत्व स्वतह समाप्त हुन्छ । असल हुुनुुको महत्व समाप्त भएपछि नै समाजको नैतिक मुल्य र मान्यता तथा सांस्कृतिक उन्नति र प्रगतिको बाटो बन्द हुन्छ । धेरै भन्दा धेरै खराब भएपछि कुन खराबलाई ठिक गर्ने भन्ने प्रशन खडा हुुन्छ । यो अवस्थाका लागि शिक्षक मात्र जिम्मेबार छैनन् । यसको दोषी शिक्षक मात्र होइन । नामुद अपराधी सरह शिक्षकलाई निन्दा गर्न मिल्दैन ।

शिक्षण पेशाको महत्व र गरिमाः
डाक्टर कसले बनाएको, शिक्षकले । पाइलट कसले बनाएको ,शिक्षकले । सबैलाई बनाउने शिक्षक । सबैलाई पढाउने शिक्षक । शिक्षक वास्तवमा भविस्यको निर्माता हो । विद्यार्थीको भाग्य विधाता हो । व्यक्तिगत रुपमा कुनै मानिस असल वा खराब हुन सक्छ तर पेशाको रुपमा हेर्दा शिक्षक समाजको उच्च स्तरको पेशा भएको मानिस हो । राम्रो गर्दा त शिक्षकले सबैको स्वाबासी पाउँछ । कुनै पनि विद्यार्थीले सफलताको पहिलो श्रेय शिक्षकलाई दिन्छ । हरेक चेलाले सफल भएपछि गुरुलाई सम्झिन्छ । गुुरुलाई आदर गर्छ । एउटा प्रशासक कुर्सीमा बसुुनजेल सम्म मात्र हाकिम हुुन्छ । कुर्सीबाट झरेपछि उसको पदवी समाप्त हुन्छ । माननीय मन्त्रीहरु पद समाप्त भएपछि शक्तिहिन हुन्छन् तर शिक्षक जिन्दगीभर शिक्षक भइरहन्छ । तर शिक्षकको मर्यादा केहो भन्ने कुरा सबभन्दा पहिला शिक्षकले नै बुुझ्नुु आवश्यक हुन्छ । शिक्षक आफ्नो मर्यादामा बस्न सक्नुपर्छ । गरिमा प्राप्त गर्नका लागि गरिमामय काम गर्नुुपर्छ । शिक्षकले गर्ने कामका विषयमा प्रश्न उठ्नुु हुुन्न । अपमान भयो भनेर खिन्न हुने काम राम्रो होइन । सम्मानित हुन राम्रो काम गर्न सक्नुुपर्छ । राम्रो काम गर्ने शिक्षकलाई जहाँ पनि सम्मान नै सम्मान छ । महान् विचार गरिमामय भए जस्तै महान् कार्य सर्वत्र प्रशंसनीय हुन्छ । सम्मान चाहियो, त्यो पाउँछ । आदर भाव चाहियो, कसैले अनादर गरेको होइन । केबल नराम्रो कामको निन्दा गरेको हो । काम राम्रो हुने बित्तिकै नराम्रो चर्चा स्वतह समाप्त हुन्छ । गरिमामय काम गरे गरिमा र मर्यादित काम गरे मर्यादा स्वतह प्राप्त हुन्छ । शिक्षकको महत्व र गरिमा योगदान र मर्यादामा आधारित हुन्छ।

असल शिक्षकः
सबै शिक्षक असल बन्न चाहन्छन् जसरी धेरै चोरी गरिसकेपछि चोर पनि साधुु बन्न खोज्छ । लोभीले पनि दान दिन सुरु गर्छ । यो समाजको चरित्र नै हो । असल शिक्षक हुनका लागि शिक्षकले प्रयत्न गर्नु पर्छ । माला जपेर असल हुन सकिँदैन । केही निश्चित गुण, योग्यता र क्षमताबाट शिक्षक असल बन्न सक्छन् । मेरो विचारमा सर्व प्रथम शिक्षकले सम्पादन गरेका कामबाट जनता सन्तुुष्ट र विस्वस्त हुन सक्नुपर्छ । यो म किन भन्दैछुु भने म पनि शिक्षक नै हुँ र मैंले कुनै समयामा जनताबाट निकै धेरै माया, स्नेह र विस्वास पाएको थिएँ । अहिलेको जस्तो आलोचना गरिदिएको भए म पनि हाकिम हुन निजामतीतिर गइसकेको हुने थिएँ । जनताले प्रशंसा गरिदिएकाले शिक्षक भएको हो, त्यहाँ टिकिरहेको । के हामीले यो सोच्छौं कि म राम्रो शिक्षक थिएँ र सधैं राम्रो नै रहिरहेको छुु त, होइन यस्तो कसैले नसोचेको पनि हुन्छ । प्राय मानिस यो सोच्दैन कि मेरा केही कमजोरी छन् कि । शिक्षकले सधैं यो सोच्नुुपर्छ कि के विद्यार्थीले मलाई माया गर्छन् वा मन पराउँछन् । मन पराउनुुको मतलव विपरीत लिङ्गीप्रति प्राकृतिक आकर्षणलाई नबुुझिदिनुु होला । यसरी बुुझ्नुु भयो भने त तपाइँको इज्जत पानीबाट धोएर पखालिनेछ । तपाईलाई विद्यार्थीले मन पराउनुको अर्थ हो कक्षा शिक्षण प्रभावकारी हुनुु । तपाईँ सधैं यो ख्याल राख्नुहोस् कि तपाईँको कक्षा प्रभावकारी भयो भने तपाईँको मुहार कुुरुप नै छ भने पनि विद्यार्थीले तपाईँलाई मन पराउनेछन् । हाम्रो पालामा कलेजमा एक जना लेक्चर निकै ह्याण्डसम भएर आउँथे तर कसैले मन पराउँदैनथे । अर्को एक जना शिक्षक थिए जसको अनुहार बाँदरको जस्तो थियो तर उनको कक्षामा विद्यार्थीको विशाल भिड हुन्थ्यो । सरको लेक्चर सुुन्न विद्यार्थी खचाखच हुन्थे । कक्षाकोठामा प्रभावकारी शिक्षण गर्न नसकेको भए उनलाई विद्यार्थीले कुनै नराम्रो नामबाट बोलाउन सक्थे तर ती सरलाई विद्यार्थीले धेरै सम्मान गर्थे । धेरै मन पराउँथे । तसर्थ अरु कुरा जे जे भए पनि शिक्षण प्रभावकारी भयो भने शिक्षक सम्मानित हुन्छ हुन्छ । काम गर्ने शिक्षकलाई जहाँ पनि जहिले पनि सम्मान नै सम्मान छ । आलोचना कामचोर शिक्षकको भएको हो । यसरी पनि बुुझ्नुुपर्छ । ‘सेन हुनबेल मिरले’ असल शिक्षक हुनका लागि निम्न गुण तथा विशेषताहरु हुनुपर्ने कुरा आफ्नो अनुसन्धान प्रतिवृदनमा खुलाएका छन् ।

  • Expert communication Skill
  • Superior listening skills
  • Deep knowledge and passion for their subject matter
  • The ability to build caring relationships with students
  • Friendliness and approach ability
  • Excellent preparation and organization skills
  • Strong work ethic
  • Community building skills
  • High expectations for all

यस बाहेक पनि अरु केही विशेषता छन जसबाट शिक्षक असल बन्न सक्छ । सेन हुनबेल मिरले असल शिक्षक हुनका लागि थप निम्न गुण तथा विशेषताहरु हुनुपर्ने कुरा आफ्नो अनुसन्धानमा उल्लेख गरेका छन् ।

  • Sense of humor
  • Personality
  • Flexibility
  • Kindness
  • Leadership
  • Classroom management
  • A calm demeanor
  • Experience
  • Ability of multitask

 शिक्षा सम्बन्धी केही महान विचारहरुः

  • ‘Education is not the filling of a pail but the lighting of a fire.’ – William Butler Yeats
  • ‘A good teacher affects eternity ; he can never tell where his influence stops.’ – Henry Adams
  • ‘Education is the most powerful weapon which you can change the world.’ -Nelson Mandela
  • ‘Education is for improving the lives of others and for leaving your community and world better you found it.’ – Marian Wright Edelman
  • ‘Give a man a fish and you feed him for a day ; teach a man to fish and you feed him for a life time.’ – Maimonides
  • ‘Formal Education will make you a living ; self – education will make you a fortune .’– Jim Rohan
  • ‘Education is the passport to the future , for tomorrow belongs to those who prepare for it today.’    -Malcolm X .
  • ‘To teach is to learn twice.’– Joseph Joubert
  • ‘Education is the best friend . An educated person is respected everywhere . Education beats the beauty and youth.’ – Chankya
  • ‘The great aim of education is not knowledge but action.’ -Herbert Spencer
  • ‘A teacher affects eternity ; he can never tell where his influence stops.’-Henry b Adams
  • ‘Tell me and I will forget ; show me I remember ; involve me I will understand.’ – Chinese Proverb
  • ‘Education is not preparation of life but ; education is life itself.’ -John Dewey

निष्कर्षः

भनिन्छ कि ब् तभबअजभच ष्क ष्पिभ ब अबलमभि धजय दगचलक जष्mकभाि बलम ष्निजतक तय यतजभच। शिक्षा सार्वजनिक महत्वको विषय हो । यसकारणले शिक्षा सम्बन्धी चर्चाहरु हुनुलाई जनताको चेतनाको स्तरमा वृद्धि भएको छ भनेर सकारात्मक हुन सक्नुुपर्छ । शिक्षक आलोचनाहरुबाट पछि हट्ने मानिस होइन । अरुलाई आलोचना गर्न सक्ने बनाउनुु शिक्षकको काम हो । स्वस्थ आलोचनाधर्मी गुणको विकास हरेक मानिसमा हुनुुपर्छ । समय र परिस्थतिले कमाउने वालाको मान सम्मान हुने दिन आएतापनि शिक्षण जस्तो सम्मानित आदर्श पेशा अर्को छैन । यो पवित्र पेशा हो । यो एक महान् पेशा हो । आत्मसन्तुुसष्टिका लागि योभन्दा ठूलो अरु कुुनै पेशा छैन । कोही कोही स्वनामधारी योग्यता कमजोर भएका सिप सिर्जना दक्षता लगनशीलता कम भएका अयोग्य व्यक्तिहरुबाहेक सबै शिक्षहरु बदनाम छैनन् । शिक्षण सेवीमुखी पेशा भएकाले यो पेशामा रहेर धेरै धन कमाउन पाइन्न, यसमा त्यस्तो अवसर छैन । यो त मान सम्मान आर्जन गर्ने पेशा हो । यसमा इज्जत छ । यसमा राम्रो गर्न सके प्रतिष्ठा छ । बदमासी नगरे बदनामी पनि हुँदैन । काम नगरेर लागेको आरोप बोलेर वा लेखेर पखालिँदैन । शिक्षकले सम्मान खोज्ने स्थान बजार होइन, कक्षाकोठा हो । विद्यालयमा इमानदार भएर काम गरे सरकारी निकायबाट पाइने मान सम्मान भन्दा जनताले प्रदान गर्ने कृतज्ञता धेरै ठूलो महत्वको हुन्छ । सरकार त जनताले कर्वाही गरेका मानिसलाई पनि नाता हेरेर पुरस्कार दिन चुक्दैन । राम्रो गरे स्वाबासी पाइन्छ । नराम्रो गर्नेले रुवावासी गरे पनि मुुक्ति पाउँदैन । शिक्षक हुन सजिलो छैन । सधैं तयारी हुनुपर्छ । शिक्षकलाई सामग्रीसहित कक्षामा जानुुपर्छ भन्ने बोध गराउन सके । शिक्षकले किताब नै वाचन गर्ने होइन तर अभ्यास गराउने हो भनेर बानी पार्न सके शिक्षाको स्तर माथि उठ्छ । कतिपय अवस्थामा शिक्षकले पढाए पनि नपढाए पनि नतिजामा फरकपन देख्न पाइँदैन । पढाइरहेर पनि कराइ रहेर पनि प्रगति देखिएको छैन भने त्यो काम गरे पनि नगरे पनि के भयो र । भनिन्छ यदि विद्यार्थीले सिकेका छैन भने शिक्षकले सिकाएको प्रमाणित हुुन सक्दैन । अनियमित हुनु बाहिरबाट झट्ट हेर्दा देख्ने पहिलो कमजोरी हुन जान्छ । तयारी नगरिकन अध्यापन गर्नु बाहिर नदेखिने तर विद्यार्थीको भविस्य समाप्त पार्ने शिक्षकको ठूलो दुुर्गुणलाई पनि गुुण भनेर त्यसैलाई पुजा गरिरहनुु अक्षम्य अपराध लुकाउनुु सरह हुन जान्छ । शिक्षकले सिकेका कुरालाई कक्षाकोठामा प्रवेश नगराउनुु दुुर्भाग्यपुर्ण कुरा कुुरा हो । कमजोर शैक्षिक पृृष्ठभूूमि भएका शिक्षकलाई प्रोत्साहित गरेर स्तरोन्नति गर्ने अवसर दिने वा निवृत्त हुन उत्प्रेरित गर्ने काम हुन सक्यो भने तिनका स्थानमा दक्ष शिक्षक राख्न सकिन्छ । काम नलाग्ने शिक्षकलाई पालेर राख्नुु हुँदैन । म कामको लायक छैन भने पदबाट हट्न मैंले हिचकिचाउनुु हुुन्न । कमसल कामदारबाट गुणस्तरयुक्त कामको अपेक्षा राख्नुु नै मुर्खता हो । विभिन्न कारणले शिक्षण पेशामा कमजोर शिक्षक प्रवेश भएका छन् । ती कमजोर शिक्षक राखेर । कमजोर नै कमजोरबाट । प्रभावकारी शिक्षण हुन सक्दैन । साथ साथै अंग्रेजी विज्ञान गणित विषयमा पर्याप्त शिक्षक नै छैनन् । शिक्षण लाइसेन्सको व्यवस्थाले अस्थायी करार सेवामा प्रवेश गर्न अवरोध गरेकाले प्रवेश हुने विकल्प निमार्ण गर्नतिर नीतिनिर्माताहरु अग्रसर हुुनुुपर्छ । शिक्षण पेशालाई आकर्षिक बनाउन उपयुक्त नीति नियमको अभाव देखिन्छ । यस तर्फ शिक्षकको ध्यान गएको देखिँदैन । शिक्षकका पेशागत संघसंस्थाहरु कमजोर शिक्षकलाई टिकाउनेतिर पहल गर्दछन् । हटाउनुुपर्नेलाई टिकाउने काम गर्छन् । यही त हो समस्या । आयोगबाट आउट । संघसंस्थाबाट स्वागत । विस्थापित स्थापित । प्रमुख समस्या यही हो । मर्यादा नहुनुको रहस्य यसैमा छ । मर्यादा हुनका लागि वस्तुु पनि मर्यादित हुुनुुपर्छ । सम्मानित हुनका लागि व्यक्ति पनि महत्वपुूर्ण हुनुुपर्छ । शिक्षकको क्षमताबाट मर्यादा खोज्ने बानीको विकास गरौं । शिक्षकको योग्यताबाट शिक्षकको सम्मान गर्ने बानीको विकास गरौं । शिक्षकको कामको सही मुल्याङ्कगर्ने सही वस्तुुनिष्ठ विधि र परम्पराको विकास गरौं । सबै शिक्षकहरु कक्षाकोठाको वातावरण सुधारमा जुटौं अनि हेरौं कसले र किन गर्ने गर्छ हाम्रो आलोचना हामी शिक्षकको आलोचना । कामकाजी शिक्षकको आलोचना कहीँ कतै पनि कहिल्यै भएको छैन । हामी हिक्षकको निन्दा । निन्दा सुन्दा सुन्दा । मान्छे सबै थोक पचाउने भइसक्यो । हुँदा हुँदा निन्दा र आलोचनाको पनि अवमुल्ययन भइसक्यो ।

सन्दर्भ स्रोतः What Makes a Great Teachers by – Syend Hunbbel Meer

 


ताजा खबर