दलका स्थानीय नेतृत्वमा नीतिगत ज्ञानको खडेरी : लिला पौडेल

राजनीतिक दलका अगुवाहरु जो पार्टी संगठनको काममा खटिएका र जिम्मेबारी पाएकाहरुको त्यो अवस्था छ भने २०७२ सालको संविधान अनुसार निर्वाचित भएका अधिकांश जनप्रतिनिधिहरुको अबस्था पनि उस्तै नाजुक छ । संविधान अनुसार चुनिएको भन्ने र संविधानको कार्यान्वयन गर्ने भन्ने जनप्रतिनिधिहरु धेरैजसोलाई संविधानको समामान्य ज्ञान समेत नभएको पाइन्छ । जो आफूलाई संविधानको कार्यान्वयन गर्ने अगुवा हौ भन्छन उनिहरुले संबिधानको एक पेज पढेको पनि पाइदैन । संविधानको प्रस्तावना मा के छ ? भाग धारा र अनुसूची कति छन् संघिय संरचना कसरी बनाइएको छ । भन्ने संविधानको सामान्य ज्ञान राखेको पनि पाइदैन । गाउँपालिकामा अथवा गाउँ कार्यपालिकामा आफूले पाएको जिम्मेबारी वा विभाग बारे संविधानमा के उल्लेख गरिएको छ भन्नेबारेमा पूरै अनभिज्ञता पाइएको छ । कुनै विभागिय जिम्मेबारी लिन मरिहत्ते गर्ने तर त्यो विभागबारे जानकारी नै नहुनु कति विडम्बवनापूर्ण अवस्था होला ?

तीनपाटन गाउँपालिकामा रहेका क्रियाशिल ठूला दलहरु नेकपा र नेपाली कांग्रेसका पालिका स्तरीय नेताहरुको राजनीतिक सुझवु र आफ्ना दलहरुले लिएका नितिगत ऐजेण्डामा स्पष्ट ढंगले तर्क वितर्क गर्न सक्ने क्षमता राखेको पाईदैन नेकपा नेताहरु जनताको बहुदलिय जनवाद, २१ औ शताब्दीको जनवादको विषयमा समानता र भिन्नताका बारे दुई मिनेट पनि बहस गर्न सक्ने क्षमता राख्दैनन । धेरैलाई यि दुई के हुन भन्ने थाहा पनि छैन । नेपाली कांग्रेसका अधिकांश अगुवा नेताहरुलाई प्रजातान्त्रकि समाजबाद हाम्रो पार्टीको मुल ऐजेण्ड हो होइन पत्तो छैन । प्रजातान्त्री समाजबाद भित्र के के पर्छन । प्रजातान्त्रीक समाजबाद कसरी स्थापित हुन्छ र हामी त्यो स्थापित गराउने मुल ऐजेण्डामा कसरी लागिरहेका छौ एकैछिन पनि व्याख्या विश्लेषण गर्न सक्ने तर्क विर्तक गर्न सक्ने क्षमता भएको पाईदैन ।

सत्ता पक्षिय पार्टीका अगुवा भनेर गाउँमा चिनिएका नेताहरु सँग बेला बखतमा हुने भेटघाट, चिया चौतारोको गफमा मैले पार्टीले अघि सारेको जनताको जनवाद र पूर्व एमाले तथा पूर्व माओवादी केन्द्रले भन्दै आएको जवज र २१ औ शताब्दीको जनवाद विचमा समानता र भिन्नता के के हुन भन्ने विषयमा प्रश्न गर्दा यो विषय माथिका नेताहरुले जान्ने र व्याख्या गर्ने विषय हो यो हामीले जानी राख्नुपर्ने विषय होइन भन्ने आसयले तर्क वितर्क नै गर्न नसकेको पाईयो । तीनपाटनकै कुनै ठाउँमा सोहि पार्टीका अगुवाहरुलाई सोधेको थिए तत्कालिन नेकपा (माले) र तत्कालिन नेकपा (चौम) र समग्र नेपालको कम्युनिष्ट आन्दोलनको मूल्याङ्कन तपाइहरुको पार्टीले कसरी गरेको छ भन्ने सन्दर्वमा पनि विषय भित्र प्रवेश नै नगरि पन्छिएको पाइयो । विश्व कम्युनिष्ट आन्दोलनबारे केहि बहस गरौ भन्ने हो भने तीनपाटन क्षेत्रमा एकदुइ जना शिक्षक हुन सक्लान नत्र राजनीति नै दैनिकी बताउने यो भेगका नेताहरु नेपाली कम्युनिष्ट आनदोलन तथा विश्व कम्युष्निट आन्दोलन बारे छलफलमा भाग लिनको लागि खुट्टा टेक्न सक्ने हैसियतमा छैनन ।

प्रजातान्त्रीक समाजबादका पक्षधर भनिने नेपाली कांग्रसका अगुवाहरु पनि के हो प्रजातान्त्रीक समाजबाद र प्रजातान्त्रीक समाजदको अर्थ निती के हो भन्ने विषय उठान गर्यो भने त्यो विषयमा छलफलमा भाग लिन सक्ने हैसियत भएका कोहिपनि छैनन । नितिले देशले चल्ने होइन भनेर ठूला गफ लाउन पछि पर्दैनन तर आफ्ना पार्टीहरुको केन्द्रिय ऐजेण्डाका विषयमा आफू जानकार हुनु पर्छ भन्ने सम्म पनि हेक्का राख्दैनन ।

राजनीतिक दलका अगुवाहरु जो पार्टी संगठनको काममा खटिएका र जिम्मेबारी पाएकाहरुको त्यो अवस्था छ भने २०७२ सालको संविधान अनुसार निर्वाचित भएका अधिकांश जनप्रतिनिधिहरुको अबस्था पनि उस्तै नाजुक छ । संविधान अनुसार चुनिएको भन्ने र संविधानको कार्यान्वयन गर्ने भन्ने जनप्रतिनिधिहरु धेरैजसोलाई संविधानको समामान्य ज्ञान समेत नभएको पाइन्छ । जो आफूलाई संविधानको कार्यान्वयन गर्ने अगुवा हौ भन्छन उनिहरुले संबिधानको एक पेज पढेको पनि पाइदैन । संविधानको प्रस्तावना मा के छ ? भाग धारा र अनुसूची कति छन् संघिय संरचना कसरी बनाइएको छ । भन्ने संविधानको सामान्य ज्ञान राखेको पनि पाइदैन । गाउँपालिकामा अथवा गाउँ कार्यपालिकामा आफूले पाएको जिम्मेबारी वा विभाग बारे संविधानमा के उल्लेख गरिएको छ भन्नेबारेमा पूरै अनभिज्ञता पाइएको छ । कुनै विभागिय जिम्मेबारी लिन मरिहत्ते गर्ने तर त्यो विभागबारे जानकारी नै नहुनु कति विडम्बवनापूर्ण अवस्था होला ?

तीनपाटनका एकजना कर्मचारीले त यो पंत्तिकारसँग भनेकि सातवटा प्रदेश त हो तर कुन प्रदेशको नाम राखे कुन–कुनको राखेका छैनन । नाम राखेका प्रदेशको नाम के–के हो केहि थाहा नभएको बताए जो राज्यको संरचना मुताविक कार्य सम्पादन गर्न आएको छ । उसैलाई राज्य संरचना बारे थाहा नै छैन र मतलव नै छैन ।

राजनीति सबै नीतीहरुको मूल नीती हो । राजनीतिको मातहत मा राज्य संचालन हुने हो । बहुदलिय व्यवस्थामा विभिन्न दल हुन्छन । विभिन्न दलका भिन्न विचार हुनु स्वभाविक हुन्छ । बैचारिक प्रतिस्पर्धाबाट आ–आफ्नु पार्टीको संगठनले श्रेष्ठता हासिल गरोस र राज्य संचालनको नेतृत्व आफ्नै पार्टीले लियोस प्रत्येक पार्टीको यहि मान्यता हुन्छ । पार्टीहरुले त्यसैको लागि संगठनात्मक संरचना बनाएका हुन्छ । पार्टीको जिम्मेबारी पाएका राजनीतिक नेता कार्यकर्ताहरु तत् तत् ठाउँमा संगठन निर्माणमा लागिरहेका हुन्छन राजनीतिक शास्त्रको यो सामान्य मान्यता हो पार्टीको टोल देखि केन्द्र सम्म संगठनको जिम्मेबारी लिने अगुवाहरुमा आफ्नो पार्टीको आधारभूत सैद्धान्तीक ज्ञानको जानकारी हुनुपर्ने हुन्छ । कुनै पनि कमिटीको अगुवा त्यो ठाउँमा उ नेता हो । नेता भन्ने वित्तिकै सगै निति जोडिएर आउछ । नेता त्यो हो जो सँग निति छ । नितिबारे जानकारी नभएको मान्छेलाई नेता भन्नै मिल्दैन तर विडम्वना तिनपाटन र अन्य यस्तै सामान्य ठाउँका अगुवा नेता कार्यकर्तामा पार्टीको सैद्धान्तीक अवधारणको जानकारी नभएमा मान्छेहरुको ठूलो हुल छ । जो पार्टीको जिम्मेबारी, राज्यका विभिन्न निकयाको जिम्मेबारी सम्हालि रहेका छन् ।

माथि नै भनियो कि स्थानीय स्तरका पार्टी कमिटिमा मान्छे भनेका त्यो तहका नेता हुन त्यो तहका मान्छेहरुलाई उनीहरुकै पार्टीले अघिसारेको पार्टी दस्तावेजमा लेखेको कुरा नै थहा छैन भने उनिहरुले पार्टी गतिविधि कसरी अगाढि वढाउछन्, जनतालाई पार्टीको नितिले कसरी समृद्धि तर्फ डो¥याउछ भनेर विश्वस्त तुल्याउन सक्छन् ? कम्युनिष्ट पार्टीका अगुवा नेताहरुले दर्शन र राजनीतिका लम्वा चौडाइ र ठूला–ठूला व्याख्या गर्न नसके पनि कम्युनिष्ट पार्टी भनेको के हो बहुदलिय जनवाद वा एक्काइसौ शताब्दीको जनवादबारे अलिकति विचार राखेर यसको विश्लेषण् गरेर जनतालाई यसरी समृद्धि आउछ, यसरी समानता ल्याउने हो भने हाम्रो नितिले भन्न सक्नु पर्दछ । तर त्यस्तो अवस्था छैन ।

राष्ट्रिय तथा अन्र्तराष्ट्रिय राजनीतिक घटनक्रम र ती घटनाक्रमबारे पार्टीको धारणा के हो भन्ने नै थाहा नभएको मान्छेले संगठनलाई के स्कुलिङ दिने होला ? के भनेर संगठनमा आवद्ध गराउने होला नीतीबारे अनभिज्ञता तर पनि उही नेता । कति अप्राकृतिक यो अवस्था मैले मेरो ठाउँमा मात्र नभएर देश व्यापि नै रहेको पाएको छु । तर आँखै अगाडि देखिएको कुरालाई उदाहरण सहित सन्र्दभ लिएको मात्र हु । देशका ७७ वटै जिल्लामा यो अवस्था विद्यमान छ ।

माथिको अवस्था किन आयो त ? यसको कारण तर्फ जान आवश्यक छ । आफूलाई नेता भनाइन ललायित हुने तर निति थाहा छैन र निति सिद्धान्त प्रती मतलव नै छैन नीति विचार मूल्य मान्यता प्रति मतलव नहुनुको एउटै कराण छ त्यो हो उपभोक्ताबाद अर्थात राजनीतिलाई पैसा कमाउने थलो बनाएको हुनाले यो अवस्था आएको हो । त्यो अवस्था आउनुमा कुनै एक ठाउँको मात्र राजनीतिक संस्कार दोषि छैन । विगत लामो समय देखि सत्ता चलाउदै आएका ठूला भनिने राजनीतिक दलहरुको निरन्तरको सैद्धान्तीक स्खलन कै कारण यो अवस्था आएको हो । पुँजीवाद तथा उत्तरआधुनिकता बादमा फसेकै कारणले निती भन्दा पनि पैसाको लागि, पदको लागि ठालु भएर समाजमा धाक रवाफ देखाउनेका लागि राजनीतिमा आएकाहरु त्यहि मुताविकको पूँजिवादी पार्टी भएकै कारणले यो अवस्था आएको हो ।

चिनको कम्युनिष्ट पार्टी पुँजिवादमा स्खलत भएसकेता पनि अझैं पनि त्यहा पार्टीको जिम्मेबारी पाउन निश्चित शैद्धान्तीक ज्ञान हुनु आवश्यक छ । तह तहको पार्टी स्कुल पास गरेर मात्रै पार्टी कमिटिमा आवद्ध हुन पाईन्छ । खास मापदण्ड पूरा नगरी नेता हुन लायक मानिदैन ।

मैले यहाँ सन्दर्भ तीनपाटनको उल्लेख गरिहेको छु तीनपाटनको सन्दर्वमा हेर्दा के देखिन्छ भने पार्टी र निर्वाचित पदको जिम्मेबारी वा दुवै जिम्मेबारी भएका नेताहरु पनि छन् । यदि दोहोरो जिम्मेबारी हुदा विकास कामको सन्दर्व र पार्टी संठनको काममा पनि खट्नु स्वभाविकै होला तर पार्टी संगठनको मात्र जिम्मेबारी भएको मान्छे अर्थात पालिकाको संगठनात्मक नेता मान्छे विकासको शिर्षकमा कमाउने नियतमा भौतारहेको पाइन्छ । संठनको पालिकाको जिम्मेबारी पाएको नेता एटा टोलमा एउटा स्काइभेटरको पछि–पछि हिडरहेको हुन्छ । पार्टीको नेता भएपछि पार्टीको निति सिद्धान्त बैचारिक राजनीतिक पक्षमा छलफल गर्नु कार्यकर्ता हरुलाई औपचारिक अनौपचारिक रुपमा प्रशिक्षित पार्नु संगठन विस्तार गर्नु जस्ता आफ्ना जिम्मेबारीमा परेका विषय बस्तुमा मतलव नै गरेको देखिदैन । मानीलियौ कोहि नेता एउटा गाउँपालिकाको अध्यक्ष भए । अध्यक्ष भए पश्चात उनले त्यो भेगमा देखिएका आर्थिक सामाजिक सांस्कृतिक राजनीतिक अवस्थाको बस्तुनिष्ट मूल्याङ्कन गरेर उनको पार्टीले अघि सारेको निति अनुसार त्यो पालिकाकलाई चलाउन पनि त उनलाई राजनीतिक सामाजिक आर्थिक सांस्कृतिक ज्ञानको जानकारी हुनु पर्छ र अरु कार्यकर्ताहरुलाई त्यो विषयमा शिक्षित बनाउनु पर्ने हो । पार्टीको संठनात्मक जिम्मेबारी लिएको मान्छे फलानु ठाउँको मन्दिर र गुम्बामा पैसा हाल्नुप¥यो भनेर लागेको पाइन्छ । मन्दिर र गुम्बामा पैसा पार्ने विभाग त छुट्टै होला नी ? भन्ने खोजिएको कुरा के हो भने विकासे कामका जनप्रतिनिधि विकासको शिर्षक अर्थोउपाजर्नको नियतले छटपटाउने अवस्था त छदै छ तर पार्टीको जिम्मेबारी पाएको पेसा पनि एउटै छ विकास अर्थात विकास नै उद्योग भएको छ ।

विकासकै सन्दर्वमा कुरा गर्दा तीनपाटन गाउँपालिका साविकको आठ ओटा गाविस मिलाएर बनाएको हो । आठ मध्य सात वटा गाविस पूर्व एमालेले जितेको थियो भने अहिले गाउँपालिकामा अध्यक्ष र २ वटा वडा नेपाली कांग्रेसले जितेको छ भने ९ वटा वडा नेकपाको छ । २०५४ को स्थानीय निर्वाचनमा एकछत्र जितेको एमालेले विकास कागजमा लेख्यो व्यवहारमा चरम भ्रष्टाचार ग¥यो भ्रष्टाचारको आतंकले थिलथिलो भएका तीनपाटनका जनताले सुखको दिन देख्न पाउने अवस्था नै छैन । अध्यक्षमा कांग्रेसले जितेपनि २०४८ साल देखि नव उदारवादी अर्थनितिको हिमायती कांग्रेस पार्टीले सांसद खरिद विक्रि लगायत चरम भ्रष्टचार गरेको कुरा लुकेको छैन । नेपाली कांग्रेस भ्रष्टचारको ठूल्दाई नै हो । त्यसकारण कांग्रेसले तीनपाटनलाई भ्रष्टचारबाट मुक्त गर्ने कुरै भएन त्यसैले बजेट विनियोजन गर्दा पनी आ–आफ्ना पार्टीको पहुँच भएको ठाउँमा बजेट आवश्यकता बढि बजेट छुट्याउने र सरकारी बजेटमा चरम भ्रष्टचार गरेको पाइन्छ । विकासको नाममा यहाँ एउटा आतंक छ त्यो आतंक भनेको स्काइभेटर आतंक हो । जनतालाई कुलोको आवश्यकता हो कि बटोको आवश्यकता हो कि त्यसको प्राथमिकता सिमित मान्छेहरु कालो कोठा भित्र बसेर गर्छन् । बाटो खन्ने आवश्यकता नभए पनि विना प्रविधिक मापदण्ड वडा अध्यक्ष पालिका अध्यक्षको निजी स्काइभेटलाई रोजगारी दिने, जनप्रतिनिधिको स्काइभेटर नभए सोहि पार्टीका मान्छेहरुको स्काभेटर ल्याउने र बजेट सक्ने गरेको पाइन्छ । विकासमा कहाँ कति खर्च भयो भन्ने सूचना जनताहरुले पाउदैनन् सार्वजनिक सुनुवाइ भन्ने कुरा कागजमै सिमित भएको अवस्था छ ।

अरु त कुरै छाडौ भूकम्प पिडीतबाट समेत गोप्य रुपमा कमिशन खाएको कुराले जनप्रतिनिधि देखि दलका नेता सम्म सबैको बद्नामी भएको अवस्था छ । तर जनता भ्रष्टचारीलाई सार्वजनिक गर्न डराएको अवस्था छ । निर्वाचित मान्छेकै निर्देशनमा टोल देखि नै विचौलियाहरु परिचालित छन् । समस्या कहाँनेर हो भने जनता भ्रष्टचारको मारमा छन तर भ्रष्टचारहरुको नाम सार्वजनिक गर्ने सत्ता र शक्तीको डरले निरिह छन् । सिन्धुली चकमके बाटोमा बर्षेनी बजेट पर्छ तर काम बर्षात भएपछि सुरु हुन्छ जनताको आँँखामा छारो हाल्ने र रकम खल्तीमा हाल्ने गरेको तितो यथार्थ छ । यहाँबाट निर्वाचित सांसद पनि वडा र टोलामा सिमित मसलवालाको घेरा नागेर जनतामा पुग्न सकेका छैनन् फलाना सांसद टोलको फलानु भट्टी पसलमा आएर लोकल कुखुरा यतिवटा ढालेका यति वटा खोया विर्के सकिएको कुरा भट्टी पसलबाट जनताले पछि सुन्छन । वर्षात लागेपछि सिन्धुली चकमके सडकमा पानी जमेर पोखरी बन्छ । यात्रुहरु अधिबाटो पैदल हिड्छन । आधि बाटो गाडी चढ्छन । चदाहा खोला नियन्त्रण यो भेगका जनताहरुको मुलभूत समस्या हो यदि चदाहा नदि नियन्त्रण गर्ने हो भने विघौ विघा जग्गा खेती योग्य हुन्छ । तर नदी नियत्रणको नाममा पैसा पनि पर्छ तर काम झारा टार्ने मात्र भएको छ र चदाहा नदी नियन्त्रण सिमिति मान्छेहरुलाई दुहुनु गाई भएको छ । यहाँ विकासको सयौ सस्या छन् ।

अन्यमाः माथि उल्लेखित यावत समस्या हुनुको कारण राजनीतिलाई कमाउने धन्दा बनाएको पार्टीहरुले यो अवस्था आएको हो । तीपनाटनमा नीतिगत पक्षको कुरा गर्दा भोजराज सत्याल, बुद्धराम श्रेष्ठलाई सम्झनु पर्ने हुन्छ उहाँहरु बैचारिक व्यक्तीत्व हुनुहुन्थ्यो यो भेगमा सिद्धान्त र विचार अध्ययन चिन्तन मनन गर्न उउहाँहरु दुइ भाइ विती सकेपछि तीनपाटन भेगमा सैद्धान्तीक विषयमा प्रवेश गर्ने मान्छे टर्च बालेर दिउसै खोज्नु पर्ने अवस्था छ । अरु मान्छेहरु आफूलाई नेता दावी गरेपनि एन.जि.ओ. का कर्मचारी जस्ता छन् । जवसम्म मान्छे विचार सिद्धान्त मुल्य मान्यता भन्दा टाढा रहन्छ तव सम्म आधारभूत जनताको पक्षमा काम नहुने निश्चित छ ।


ताजा खबर