चिनियाँ राष्ट्रपति सी जिनपिङले भ्रमण वर्ष २०२०का लागि चीनले धेरै पर्यटक नेपाल पठाउन प्रोत्साहन गर्ने बताएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले सीको सम्मानमा गरिएको रात्रीभोजमा संबोधन गर्दै यो धारणा राखेका हुन्। उनले लुम्विनी बुद्धको जन्मभूमी रहेको बताउँदै चीनमा बौद्ध धर्माबलम्बी धेरै रहेको समेत बताए।
भ्रमण वर्ष संयोजक सुरज वैद्यले राष्ट्रपति सीको घोषणाले भ्रमण वर्षलाई सकारात्मक प्रभाव पार्ने बताए।




















