‘सारेगमप लिटल च्याम्प्स’को पहिलो संस्करणको उपाधी कृपा पौडेलले जितेकी छिन्।
फाइनलमा अन्य चार प्रतिस्पर्धिलाई पछि पार्दै कृपा पहिलो ‘सारेगमप लिटल च्याम्प्स’ बनेकी हुन्।
विजेता बनेकी पौडेलले कार्यक्रमको ट्रफीसँगै १५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छिन्।
कार्यक्रममा झापाकी रोशा फुयाँल दोस्रो बनेकी छिन् भने भारतको सिलगुडीका आदित्य विश्वकर्मा तेस्रो बनेका छन्।
दोस्रो बनेकी रोशाले तीन लाख र आदित्यले दुई लाख नगद पुरस्कार पाएका छन्।
कार्यक्रमको फाइनलमा कृपा, रोशा र आदित्यसँगै पर्वतका अरुण सुनार र भक्तपुरकी अभिज्ञा घिमिरे पुगेका थिए।





















