कविता : डाक्टर

~ राजन गैहे

पटुकीको पैसा जोडेर

चौबीस घन्टा टाउको गोडा जोडेर

को के पेसा गर्ने बन्छ

पाइलट, इन्जिनियर, बैज्ञानिक, शिक्षक

हो है त्यसलाई त डाक्टर पनि भन्छ ।

आफ्नो पन मारेर

दयामाया मारेर

नीद मारेर

आफ्नै परिवार सँगको सम्बन्धलाई टाढा सारेर

खै हाम्रो लागि किन उ भगवान बन्छ

यसो हेर्दा लाग्छ उसलाई डाक्टर भन्छ ।

तिमीलाई चोट लागेर बगेको रगत कस्ले रोक्छ

तिम्रो भाँचिएको हड्डीमा फलाम कस्ले ठोक्छ

तिम्रो रित्तिएको जीवन भरी दिने

नचलेको मुटु चलाई दिने

लागेको महामारी जलाई दिने

आफ्नै धड्कन भुलेर

सेकेन्ड सुइँ जस्तै चल्ने

तिम्रो श्वासप्रश्वास कस्ले गन्छ

ए साच्चै उसलाई त डाक्टर भन्छ

विभिन्न रोग तर्काइ दिने

यमराज लाई फर्काई दिने

नभनेर भोक

नमानेर शोक

शोका कुलमा पनि अडिग रहेर

जस्तै परिस्थिति पनि सहेर

को तिम्रो लागी बाचेको छ

कठपुतली भएर नाचेको छ

यस्तो त्यागी पनि कोहि बन्छ

साच्चिकै उसलाई डाक्टर भन्छ ।

यो त कलियुग हो

यस्तो पुण्यको काम गर्ने लाई कसैले हेर्छ

यिनीहरुको त गर्धन समात्नु पर्छ

उसलाई ठिक पार्छस् भनेर

कुटि कुटी यसलाई नै बिरामी पार्नु पर्छ

यिनीहरुलाई दिनु हुदैन तलब भत्ता

राख्नु हुदैन पद दिएर

गर्नु हुदैन यिनीहरुको मागको

सुनुवाई

फेरि जालान् मेची महाकाली

बचाउलान कसैको आमाको ज्यान

कसैको छोरा बचाउन सक्छन्

कसैको छोरी बचाउन सक्छन्

सरकार आफैले बाँड्नु पर्छ फर्जी सर्टिफिकेट

आफैले बनाउनु पर्छ कलेज

फर्जी भएसी पो तपाईले भनेको मान्छन्

खुट्टाको अप्रेसन गर भन्यो

टाउकाको ठान्छन्

युवाको शिर चिरछ्न

बच्चाको तकदिर चिरछ्न

साच्चै डाक्टर पढेका बिदेश छिर्छन ।

यति भएपछि

आफ्नै झोले हरुले

ढुङ्गालाई भगवान मान्छन्

तपाईंले भनेको धामीझाँक्रीको मा जान्छन्

आफैले निम्त्याउने

आफैले उपचार गर्ने

आफै दानव बन्ने

आफै भगवान बन्ने

को हो त्यो डाक्टर भन्ने ।

◾ थप सामग्री : https://ehimalayatimes.com/2023/09/161087/


ताजा खबर