आमा : नजिक हुँदा पनि शान्ति  छाउँछ मनमा

           शोभा पाण्डेय / सिलवाल

समर्पण गर्‍यौ आमा, जीवन सन्तानलाई
अभावमा सधैँ पाल्यौ,आफू नखाई नलाई ।
कैयौं  हाड भाँचिएको ,पीडा तिम्ले भोग्यौ
जन्माएर सन्तानलाई ,अमृत् नै पिलायौ ।
आफ्नो  सपना तुहाएरै, सन्तानका लागि
स्वाभिमान बेच्न  पुग्छिन्, झुकी शत्रु अघि ।
हात फैलायौ,आँचल थाप्यौ , जे गरे नि सह्यौ
सन्तानकै लागि तिम्ले , हरेक खुसी त्यग्यौ ।
सन्तान भने हुर्केपछि, गर्छन् तिरस्कार
तैपनि आमा तिम्ले, गर्छ्यौ माया धेर ।
ठुला भयौँ , हुर्क्यौँ हामी , आज सक्षम भाछौँ
के कारणले ? म बुझ्दिनँ, बोल्न डराउँछ्यौ।
खोल आमा मनका कुरा ,राख हामी  माझ
सकेसम्म  पूरा गर्छौँ, तिम्रा हरेक चाह ।
चल्न, बोल्न ,सहन नि ,सिकायौ है तिम्ले
तिम्रै पथमा अघि  बढ्छौँ ,जीवनमा हाम्ले ।
भ्याएसम्म  राम्रो  काम ,गर्छौँ  हामी पनि
मुहारमा तिम्रो  सधैँ , मुस्कान छाओस् भनी ।
सरल तिम्रो  विचार आमा , जटिल जिन्दगानी
आघात पर्दा मुक्त हुन्छु, काखमा रुँदा पनि ।
तिम्रो  नजिक हुँदा पनि, शान्ति  छाउँछ मनमा
दुःखका भेल पाखा लाग्छन् , एकै निमेषमा ।
कहाँबाट आउँछ आमा, माया गर्ने शक्ति ?
नमरेसाँ तिम्रा गुन,तिर्न गर्छु भक्ति ।
मातातीर्थ औँसी आज , मात्र होइन  सधैँ
सजाई राख्छौँ हृदयमा, पूजा गर्छौँ तिम्लाई ।
पूजा गर्छौँ तिम्लाई ।
                       धन्यवाद !!

ताजा खबर