शोभा पाण्डेय / सिलवाल
समर्पण गर्यौ आमा, जीवन सन्तानलाईअभावमा सधैँ पाल्यौ,आफू नखाई नलाई ।कैयौं हाड भाँचिएको ,पीडा तिम्ले भोग्यौजन्माएर सन्तानलाई ,अमृत् नै पिलायौ ।आफ्नो सपना तुहाएरै, सन्तानका लागिस्वाभिमान बेच्न पुग्छिन्, झुकी शत्रु अघि ।हात फैलायौ,आँचल थाप्यौ , जे गरे नि सह्यौसन्तानकै लागि तिम्ले , हरेक खुसी त्यग्यौ ।सन्तान भने हुर्केपछि, गर्छन् तिरस्कारतैपनि आमा तिम्ले, गर्छ्यौ माया धेर ।ठुला भयौँ , हुर्क्यौँ हामी , आज सक्षम भाछौँके कारणले ? म बुझ्दिनँ, बोल्न डराउँछ्यौ।खोल आमा मनका कुरा ,राख हामी माझसकेसम्म पूरा गर्छौँ, तिम्रा हरेक चाह ।चल्न, बोल्न ,सहन नि ,सिकायौ है तिम्लेतिम्रै पथमा अघि बढ्छौँ ,जीवनमा हाम्ले ।भ्याएसम्म राम्रो काम ,गर्छौँ हामी पनिमुहारमा तिम्रो सधैँ , मुस्कान छाओस् भनी ।सरल तिम्रो विचार आमा , जटिल जिन्दगानीआघात पर्दा मुक्त हुन्छु, काखमा रुँदा पनि ।तिम्रो नजिक हुँदा पनि, शान्ति छाउँछ मनमादुःखका भेल पाखा लाग्छन् , एकै निमेषमा ।कहाँबाट आउँछ आमा, माया गर्ने शक्ति ?नमरेसाँ तिम्रा गुन,तिर्न गर्छु भक्ति ।मातातीर्थ औँसी आज , मात्र होइन सधैँसजाई राख्छौँ हृदयमा, पूजा गर्छौँ तिम्लाई ।पूजा गर्छौँ तिम्लाई ।धन्यवाद !!





















