कामीरीता ३२औं पटक सगरमाथाकाे सफल आरोहण

कामीरीता शेर्पाले आफ्नै विश्व कीर्तिमानलाई फेरि तोडेका छन्।

आफ्नो कीर्तिमान तोड्दै उनले ३२औँ सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।

उनले आइतवार बिहान १०ः१२ बजे सगरमाथाको शिखरमा पाइला टेकेका हुन्।

सफल आरोहणपछि उनी सुरक्षित रूपमा आधार शिविर तर्फ फर्किँदै गरेको जनाइएको छ। आरोहण अभियानमा संलग्न कम्पनी सेभेन समिट टे«कले उनको सफलताको पुष्टि गर्दै सुरक्षित अवतरणको कामना गरेको छ।

सन् १९९४ बाट सगरमाथा आरोहण यात्रा सुरु गरेका कामीरीता शेर्पा विगत तीन दशकभन्दा बढी समयदेखि निरन्तर रूपमा हिमाल आरोहणमा सक्रिय छन्। कठिन मौसम, जोखिमपूर्ण मार्ग र उच्च हिमाली चुनौतीका बीच पनि उनले देखाएको निरन्तरता र धैर्यले उनलाई विश्वकै अग्रणी उच्च हिमाल आरोहीमध्ये एक बनाएको छ। रासस


ताजा खबर