ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले आफ्ना मेडिकल स्टाफहरूका लागि ‘बेसिक लाइफ सपोर्ट’ (BLS) कार्यशाला सम्पन्न गरेको छ।


अस्पतालको मानव संसाधन तथा नर्सिङ विभागको नियमित मेडिकल शिक्षा कार्यक्रम अन्तर्गत आयोजना गरिएको उक्त कार्यशालामा कार्डियोपल्मोनरी रिससिटेसन (CPR) लगायत आकस्मिक अवस्थामा अपनाउनुपर्ने बेसिक लाइफ सपोर्टका विविध विषयमा प्रशीक्षण प्रदान गरिएको थियो।

कार्यशालामा अस्पतालका आकस्मिक उपचार विभाग प्रमुख वरिष्ठ विशेषज्ञ डा. दिवाकर पराजुलीले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो। कार्यक्रमको संयोजन नर्सिङ डाइरेक्टर उमा श्रेष्ठ र व्यवस्थापन सघन उपचार विभागकी नर्सिङ इन्चार्ज सविना ढकालले गर्नुभएको थियो। कार्यशालामा हस्पिटलका विभिन्न विभागमा कार्यरत मेडिकल अफिसर तथा नर्सिङ स्टाफहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि एवं ॐ हस्पिटलका मेडिकल डाइरेक्टर डा. हरिश जोशीले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै शुभकामना व्यक्त गर्नुभयो। उहाँले तालिममा सिकेका सीप र ज्ञानलाई व्यवहारमा उतारेर बिरामीलाई उच्चस्तरीय उपचार सेवा प्रदान गर्न सके मात्र यस्ता कार्यक्रमहरूले सार्थकता पाउने बताउनुभयो।

नेपालको अग्रणी निजी स्वास्थ्य संस्था ॐ हस्पिटलले आफ्ना स्वास्थ्यकर्मीहरूको क्लिनिकल क्षमता अभिवृद्धि गर्न र समसामयिक मेडिकल अपडेटका लागि नियमित रूपमा यस्ता कार्यशाला, सी.एम.ई.तथा सी.एन.ई. कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। रासस




















