डा. हरिकिशोर श्रेष्ठ अन्तर्राष्ट्रिय पेरिनेटल मेडिसिन एकेडेमीको एसोसिएट सदस्य मनोनित

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. हरिकिशोर श्रेष्ठ अन्तर्राष्ट्रिय पेरिनेटल मेडिसिन एकेडेमी (International Academy of Perinatal Medicine – IAPM) को एसोसिएट सदस्यका रूपमा मनोनित हुनुभएको छ।

Screenshot

सन् २०२६ अक्टोबर ८ मा इन्डोनेसियाको बालीमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा डा. श्रेष्ठलाई यो प्रतिष्ठित अन्तर्राष्ट्रिय सदस्यता प्रदान गरी सम्मानित गरिएको हो।

लामो समयदेखी गर्भमा रहेको शिशुको वृद्धि, विकास तथा स्वास्थ्य अवस्थाको विशेष अल्ट्रासाउन्ड परीक्षण (Fetal Medicine) मा समर्पित डा. श्रेष्ठले यस अवधिमा करिब १५,००० गर्भवती महिलाको एनटी स्क्यान (NT Scan) तथा एनोमली स्क्यान (Anomaly Scan) सफलतापूर्वक सम्पन्न गरिसक्नुभएको छ। यी परीक्षणहरूले गर्भावस्थाको सुरुवाती चरणमै शिशुमा हुन सक्ने आनुवंशिक तथा शारीरिक समस्याहरूको जोखिम मूल्याङ्कन गर्न र अंगहरूको विकास जाँच गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्।

डा. श्रेष्ठ नेपाल तथा ॐ हस्पिटलमा गर्भवती महिलाका लागि महत्त्वपूर्ण मानिने एनटी स्क्यान सेवा सुरु गर्ने प्रारम्भिक चिकित्सकहरूमध्ये एक हुनुहुन्छ।

अन्तर्राष्ट्रिय मञ्चमा प्राप्त यो मान्यतालाई आफ्नो व्यक्तिगत उपलब्धि मात्र नभई नेपालमा गर्भस्थ शिशुको स्वास्थ्य परीक्षणसम्बन्धी सेवाको गुणस्तर सुधार र आधुनिक प्रविधिको पहुँच विस्तारमा थप प्रेरणाको स्रोतका रूपमा लिएको डा. श्रेष्ठले बताउनुभयो।

आगामी दिनहरूमा पनि आफ्नो ज्ञान, सीप र अनुभवमार्फत नेपालमा फिटल मेडिसिन (Fetal Medicine) क्षेत्रलाई अझ गुणस्तरीय, प्रभावकारी र सर्वसुलभ बनाउन निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ।


ताजा खबर