आत्मरक्षा प्रशिक्षक सन्जु महर्जन सर्वोत्कृष्ट

नेपाल सेल्फ डिफेन्स संघकी प्रमुख प्रशिक्षक सन्जु महर्जनले बुदो बुशी बेस्ट अफ द बेस्ट मास्टर बेल्ट ‘फिफ्थ डान’, गोल्डेन बेल्ट (सर्वोत्कृष्ट काम गरेबापत) र नेपाल प्रमुखको उपाधि तथा सम्मान पाएकी छिन् ।

महर्जन यस उपाधि तथा सम्मान पाउने पहिलो आत्मरक्षा प्रशिक्षक हुन् ।

अन्तर्राष्ट्रिय आत्मरक्षा तालिमका प्रमुख प्रशिक्षक ‘टेन्थ डान’ (ग्रान्ड मास्टर ) स्टानिला मचरजग प्रशिक्षणका लागि नेपाल आएका बेला उनको कामको मूल्यांकन गर्दै महर्जनलाई यो उपाधि दिएका हुन् । यसको अन्तर्राष्ट्रिय केन्द्रीय कार्यालय पोल्यान्डमा रहेको छ ।

नेपाल सेल्फ डिफेन्स संघ अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स संघबाट मान्यता प्राप्त तथा राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको संस्था हो ।

संघले महिला हिंसा न्यूनीकरणका लागि विभिन्न जिल्लामा गएर किशोरी, बालबालिका तथा महिलाहरूलाई आत्मरक्षा तालिम दिइरहेको छ ।

संघले केही जिल्लामा राखेपसँगको सहकार्यमा पनि तालिम दिएको महर्जनले बताइन् । संघले अहिलेसम्म देशभरका करीब ४० हजार बालबालिका, किशोरी तथा महिलाहरूलाई आत्मरक्षाको तालिम दिइसकेको छ ।

त्यस्तै संघकी बरिष्ठ प्रशिक्षक राधिका ऐर हमालले बुदो बुशी बेस्ट अफ द बेस्ट मास्टर बेल्ट ‘फोर्थ डान’ को उपाधि तथा सम्मान पाएकी छिन् ।

नेपाल सेल्फ डिफेन्स संघकी प्रमुख प्रशिक्षक सन्जु महर्जनले बुदो बुशी बेस्ट अफ द बेस्ट मास्टर बेल्ट ‘फिफ्थ डान’, गोल्डेन बेल्ट (सर्वोत्कृष्ट काम गरेबापत) र नेपाल प्रमुखको उपाधि तथा सम्मान पाएकी छिन् ।

महर्जन यस उपाधि तथा सम्मान पाउने पहिलो आत्मरक्षा प्रशिक्षक हुन् ।

अन्तर्राष्ट्रिय आत्मरक्षा तालिमका प्रमुख प्रशिक्षक ‘टेन्थ डान’ (ग्रान्ड मास्टर ) स्टानिला मचरजग प्रशिक्षणका लागि नेपाल आएका बेला उनको कामको मूल्यांकन गर्दै महर्जनलाई यो उपाधि दिएका हुन् । यसको अन्तर्राष्ट्रिय केन्द्रीय कार्यालय पोल्यान्डमा रहेको छ ।

नेपाल सेल्फ डिफेन्स संघ अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स संघबाट मान्यता प्राप्त तथा राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको संस्था हो ।

संघले महिला हिंसा न्यूनीकरणका लागि विभिन्न जिल्लामा गएर किशोरी, बालबालिका तथा महिलाहरूलाई आत्मरक्षा तालिम दिइरहेको छ ।

संघले केही जिल्लामा राखेपसँगको सहकार्यमा पनि तालिम दिएको महर्जनले बताइन् । संघले अहिलेसम्म देशभरका करीब ४० हजार बालबालिका, किशोरी तथा महिलाहरूलाई आत्मरक्षाको तालिम दिइसकेको छ ।

त्यस्तै संघकी बरिष्ठ प्रशिक्षक राधिका ऐर हमालले बुदो बुशी बेस्ट अफ द बेस्ट मास्टर बेल्ट ‘फोर्थ डान’ को उपाधि तथा सम्मान पाएकी छिन् । -रासस

ताजा खबर