सुत्यो ,उठ्यो ,खायो अनि पियो बस्यो
खुला आकाश डुल्ने पंक्षी सम्झियो बस्योकष्टकर हुने ज्यादै यो क्वारेन्टाइन पनि
तीता मीठो बिगत सोच्यो कोचियो बस्योभारी थोरै भए गधा रुने उखान जस्तै
कटकटी भो हात गोडा कुजियो बस्योएक दिन बिदा हुँदा खुसी मान्ने विद्यार्थीले
कसो गर्दै होलान् भनी चिन्ता लियो बस्योपालन गरी नियमहरु टाढा भगाउँ रोगलाई
सामाजिक सन्जालबाटै सन्देश दियो बस्यो( धनमाया राई पानीट्यांकी मावि रातमाटा सिन्धुलीकी शिक्षिका हुन् )




















