नेपाल लाइफको बीमा शुल्क भुक्तानी कनेक्ट आइपीएस बाट गर्न सकिने

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टमबाट भुक्तानी सुविधा दिँदै आएकोमा अब कनेक्ट आइपीएसमार्फत पनि अनलाइन भुक्तानी गर्न सकिनेछ ।

कनेक्ट आइपीएसमा आवद्ध कुनै पनि बैंकको खाता मार्फत घरमै बसी बसी आफ्नो बीमा शुल्क भुक्तानी गर्न सकिने छ ।

कम्पनीको शाखा-उपशाखा कार्यालयमा गई आफ्नो प्रिमियम भुक्तानी गर्दै आउनुभएका सेवाग्राहीहरुले अब सहज र सरल तरिकाबाट कनेक्ट आइपीएसमार्फत अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

जुनसुकै समयमा जहाँसुकैबाट अनलाइन भुक्तानी गर्न सकिने यो सेवाले बीमितहरुको समयको बचत हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफले आफ्ना सेवाग्राहीहरुलाई समय सापेक्ष प्रविधिमैत्री सेवा प्रवाह गर्दै आइरहेको छ । यस अघि नै नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई-सेवा तथा प्रभु पेबाट अनलाइन भुक्तानी भइरहेको छ ।

त्यस्तै, फोन पेमार्फत आफ्नो बैंक खाता कनेक्ट गरी र नेपाल इन्भेष्टमेन्ट बैंकको इन्टरनेट बैंकिङ्गमार्फत अनलाइन भुक्तानी भइरहेको समेत कम्पनीले जनाएको छ ।

नेपाल लाइफले अन्य डिजिटल पेयमेन्ट सिस्टमबाट पनि बीमा शुल्क भुक्तानीको व्यवस्था गर्दै जाने विज्ञप्तीमा उल्लेख गरेको छ ।


ताजा खबर