नेपालमा कोरोना संक्रमितको ७५ पुग्यो

नेपालमा नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालगञ्जका थप ६ जनामा पनि कोरोना पुष्टि भएको छ । आज दिउँसो गरिएको जाँचमा ९ जनामा कोरोना भएको पुष्टि भएको थियो । यसअघि पनि नेपालगञ्जका १ जनामा कोरोना पाइएको थियो ।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा समिर अधिकारीका अनुसार नेपालगञ्ज ८ का १६, २१ र ३४ वर्षका पुरुष अनि ४०, ५५ र ६० वर्षका महिलामा कोरोना पुष्टि भएको हो ।

कोरोनाभाइरस

यसअघि आइतबार नै मन्त्रालयले थप ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो ।


ताजा खबर