तेन्जिङ हिलारी एभरेष्ट म्याराथन पाँच महिना पछि सर्यो

विश्वकै सर्वाधिक उचाईमा आयोजना हुने तेन्जिङ हिलारी एभरेष्ट म्याराथन प्रतियोगिता करिब पाँच महिना पछि सर्ने भएको छ ।

आयोजक हिमालय एक्सपीडीसन्सले बिहिबार कोरोना भाईरसको कारण १७ औं संस्करणको एभरेष्ट म्याराथन सर्ने जानकारी गराएको छ ।

काठमाडौं । विश्वकै सर्वाधिक उचाईमा आयोजना हुने तेन्जिङ हिलारी एभरेष्ट म्याराथन प्रतियोगिता करिब पाँच महिना पछि सर्ने भएको छ ।

आयोजक हिमालय एक्सपीडीसन्सले बिहिबार कोरोना भाईरसको कारण १७ औं संस्करणको एभरेष्ट म्याराथन सर्ने जानकारी गराएको छ ।

आयोजकले सामाजिक संजाल फेसबुकबाट म्याराथन आगामी सेप्टेम्बर २४ सम्मको लागि सार्ने तयारी भईरहेको जनाएको छ । यस प्रतियोगिता मे २९ मा हुँदै आएको थियो ।

यस पटक भने चीनबाट फैलिएको कोरोनाले विश्वव्यापी रुपमा महामारीको रुप लिएपछि प्रतियोगिता सार्न लागिएको हो ।

सर्वोच्च शिखर सगरमाथाको आधार शिबिरबाट सुरु भएर नाम्चे बजारमा आएर समापन हुने म्याराथनमा तीन स्पर्धाको दौड हुँदै आइरहेको थियो ।

प्रतियोगिताको मुख्य आकर्षणको रुपमा ४२.१९५ किमिको म्याराथन, ६० किमिको अल्ट्रा म्याराथन र २१ किमिको हाफ म्याराथनमा प्रतिस्पर्धा हुँदै आइरहेको छ ।

गत संस्करणमा पुरुषतर्फ सुमन कुलुङ र महिलातर्फ सुनमाया बुढाले उपाधि जितेका थिए । रासस 


ताजा खबर