शेयर बजार मंगलबारबाट खुल्ने

बन्दाबन्दीका कारण बन्द भएको शेयर बजार आगामी मंगलबारबाट खुल्ने भएको छ । शुक्रबार नेपाल धितोपत्र बोर्डले बजारसम्बद्ध पक्षहरूलाई शेयर बजार सुचारु गर्न निर्देशन दिएको हो।

११ चैतयता बन्द रहेकाे शेयर बजारकाे कारोबार अब ३० वैशाख, मंगलबारदेखि सुचारु हुने भएकाे छ। बिहान ११ बजेदेखि १ बजेसम्म अर्थात दुई घण्टा काराेबार हुने पनि बोर्डले जनाएकाे छ।

शेयर बजारमा सर्किट ब्रेकरको व्यवस्थामा समेत परिवर्तन भएको छ । यस अनुसार अब दुई प्रतिशतमै सर्किट ब्रेकरको व्यवस्था भएको छ। अब कोरोनाको प्रभाव कायम हुन्जेल दुई प्रतिशतभन्दा माथि बजार बढ्दा वा दुई प्रतिशतभन्दा तल घटेको अवस्थामा सर्किट ब्रेक लाग्ने प्रावधान ल्याइएको छ।

सरकारले ब्या‌ंक, वित्तीय संस्था, बीमा, धितोपत्र बोर्डजस्ता क्षेत्र संचालनको बाटो खोलेको थियो । यस्तो सेवा सुचारु गर्दा बढीमा एक तिहाइ मात्र कर्मचारी राखेर सेवा सुचारु गर्न सकिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।

नेप्से सीडीएससी मर्चेन्ट ब्या‌ंकर्स डीपी ब्राेकरका कार्यालयलाई सवारी साधनका लागि पासको आवश्यकता परेमा भएका सवारी साधनहरु मध्ये एक चौथाइलाई बोर्डले सवारी पास उपलव्ध गराउने पनि जनाएकाे छ।


ताजा खबर