भारत र चीनका सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रनजिक नाकु ला पासको सिनो–इन्डिया सीमामा भिडन्त भएको छ । भिडन्तमा दुवैतर्फका केही सुरक्षाकर्मी घाइते भएका छन् ।
भारतीय अखबार द टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले भारतीय एक उच्च अधिकारीलाई उद्धृत गर्दै भिडन्तको समाचार लेखेको छ । समाचारअनुसार स्थानीय स्तरको छलफलको क्रममा दुवैतर्फका सुरक्षाकर्मीबीच भनाभन सुरु हुँदै मुक्कामुक्कीसम्म पुगेको थियो । यसअघि सन् २०१७ को अगष्टमा भारतको लद्दाखसँग जोडिएको सीमाक्षेत्र पाङ्गोङमा समेत यसै प्रकारको विवाद भएको थियो ।
स्रोतलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले यसप्रकारको विवाद दुवैतर्फका सुरक्षाकर्मीले स्थापित प्रटोकोलबमोजिम आफैँ समाधान गर्दै आएका छन् । विवादबारे दुबै देशका सरकारी अधिकारीहरूले भने पुष्टि गरिसकेका छैनन् ।
द टाइम्स अफ इन्डिया