प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वनै कोरोनाको तयारीमा जुट्न नसकेको बताउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदकाे संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको उत्तर दिँदै सरकारले ९७ हजार नागरिकलाई क्वारेनटाइनमा राख्नसक्ने बताउनुभएको छ । उहाँले त्योमध्ये २३ हजार क्वारेनटाइन सुविधायुक्त रहेको बताउनुभएको हो ।
उहाँले बाँकी सबै क्वारेनटाइनको सुविधा विस्तार गर्न सकिने बताउनुभएको हो । उहाँले ३९६ जनालाई आइसोलेनमा राखेर उपचार गरेको र नेपालभरमा तीन हजारभन्दा धेरैलाई एकै पटक आइसाेलेसनमा राखेर उपचार गर्नसकिने बताउनुभएको हो । उहाँले नेपाललाई कोरोनामुक्त देश बनाउने अभियानमा बाहिरबाट आएका नागरिकको कारणले सफलता हात पार्न नसकेको बताउनुभयो ।
जनतालाई चेतनास्तर विकास गर्न नसकेर समस्या भयावह अवस्थामा पुग्ने खतरा बढेको उहाँले बताउनुभयो । क्वारेनटाइनको निक्कै महत्व रहेको छ । हामीले केही सङ्ख्यामा कोरोना देखिनेबित्तिकै लकडाउन गरेको बताउनुभयो । कोरानाभित्र छिरेर राजनीति गर्न खोज्ने, कोरोनाको नियन्त्रणभन्दा पनि राजनीति गर्न खोज्ने बाहेक जनताबाट व्यापक सहयोग पाएकाे प्रधानमन्त्रीकाे भनाइ छ । उहाँले नेपाल र नेपालीहरू असहज र असामान्य अवस्थामा रहेको बताउनुभयो । उहाँले महामारी नेपालमा पनि प्रवेश गरेको छ । कोरोनाको कारणले दुई जनाको निधन भएकोमा दुख व्यक्त गर्नुभएको छ ।
नेपालमा कोरोनाको कारणले कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने प्रयास विभिन्न कारणले सफल हुन नसकेको बताउनुभयो । उहाँले कोरोनाको कारण मृत्यु भएको परिवारमा समवेदना तथा सङ्क्रमितको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँल काेराेनामुक्त नेपाल र काेरनामुक्त विश्व बनाउनसक्ने बताउनुभयाे ।
भिडियोः