कोरोना परीक्षण गराउनेको सङ्ख्या बढ्यो

काठमाडौँ उपत्यकामा पछिल्लो साता कोभिड–१९ सङ्क्रमित देखिन थालेसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षणका लागि आउनेको सङ्ख्या ह्वात्तै बढेको छ ।

वैशाखको अन्तिमसम्म दैनिक २० देखि ६० जनासम्म परीक्षणका लागि आउने गरेकामा जेठ महिनामा दैनिक झण्डै ७०० परीक्षणका लागि आइरहेको अस्पतालले जनाएको छ ।

परीक्षणका लागि आउनेमध्ये कतिपय सङ्क्रमित जिल्लाबाट आएका, सङ्क्रमित भएका व्यक्तिसँग सम्पर्क भएकादेखि सङ्क्रमणको सम्भावना न्यून रहेका व्यक्तिसमेत रहेको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बताउनुभयो ।

अहिले उपत्यकाका अधिकांश नगरपालिकाले आफ्नो नगरमा नफर्कन र फर्कन पर्दा परीक्षण गरेर मात्रै आउन भनिरहेका छन् । यसैले गर्दा अस्पतालमा परीक्षणका लागि आउनेको सङ्ख्या बढिरहेको हो ।

दुई साता पहिलेसम्म परीक्षणका लागि किट पर्याप्त मात्रामा नभए पनि अहिले किट पर्याप्त भएकाले पनि परीक्षणको दायरा बढाइएको छ । रासस


ताजा खबर