बिहान देउता भनी बेलुका पशुतुल्य कुट्दै छौ किन ?

  • अरुण जोशी

स्वास्थ्यकर्मी लाई भगवानको उपमा दिन जुट्दै छौ किन ?
बिहान देउता भनी बेलुका पशुतुल्य कुट्दै छौ किन ?

अस्पताल घेर्न हुलका हुल आफन्त लिएर आउने तिमी
बिरामीलाई रगत दिनुपरे चाहिँ ,लुक्दै छौ किन ?

ज्यान मार्नेहरु भने निर्बाध रूपमा सडकमा घुम्छन
ज्यान बचाउनेलाई प्रशासन , थुन्दै छौ किन ?

राम्रो तलब त के सुरक्षा समेत दिन नसक्ने सरकार
अझै सोध्छौ बिदेशीने सपना, बुन्दै छौ किन ?

भनेका छैनौ कसैले डाक्टरलाई भगवान् मान भनेर
मान्छे सरह व्यवहार गर, बुझ्दैनौ किन ?

जोशी काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्समा एमबिबिएस तेश्रो बर्षमा अध्ययनरत हुनुहुन्छ ।

 

 


ताजा खबर