२३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको यो भ्रमण अर्थपूर्ण छ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिमेकीहरुको सम्बन्धलाई सुमधुर र सुदृढ बनाउनु ने क पा सरकारको महत्वपूर्ण उपलब्धी भएको बताएका छन्।

चितवनको माडीमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले भारतसँगको जटिल सम्बन्धलाई अहिले सहज बनाइएको पनि बताए। उनले चीनका राष्ट्रपतिसँग हुन लागेका विभिन्न सम्झौताले भावी विकासमा दूरगामी भूमिका खेल्ने बताए। अध्यक्ष प्रचण्डले २३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमण एतिहासिक हुने बताए।

‘२३ वर्षपछि हुन लागेको यो भ्रमण सामान्य होइन। यो अन्तरालमा नेपालको राजनीतिमा युगान्तकारी परिवर्तन भएको छ। चीनमा पनि सी जिनपिङको नेतृत्वमा अभूतपूर्व विकास भएको छ,’ प्रचण्डले भने।

उनले थपे, ‘राष्ट्रपति दुई दिन नेपाल आउने जाने कुरा मात्र होइन। यसले ठूलो सन्देश दिनेछ। यसले नेपालको भाग्य, भविष्यमा पनि तथा दक्षिण एसिया र छिमेकीको सम्बन्धमा निकै ठूलो अर्थ राख्छ।’


ताजा खबर