मन्त्रिपरिषद बैठकः कोरोना संक्रमितको संख्या बढेसंगै अबको अवस्था र चाल्नुपर्ने कदमबारे छलफल

नेपालमा कोभिड १९ बाट संक्रमित र मृत्यु हुनेको संख्या बढेसंगै सरकारले अवको अवस्था र चाल्नुपर्ने कदमबारे विभिन्न स्तरमा छलफल गरेको छ ।

यसैगरी जारी लकडाउनको खाकाबारे पनि छलफल गरिरहेको छ । हिजो बसेको मन्त्रिपरिषदको बैठकमा पनि अवको स्वास्थ्य अवस्था र जारी लकडाउन तथा यसको मोडालिटीबारे छलफल भएको छ ।

कोभिड १९ को संक्रमण बढेसंगै लागु भएको लकडाउनको ७० दिन पूरा भइसकेको छ । यही जेठ ३२ गते सम्मका लागिलकडाउन घोषणा भैसकेको छ । जनस्तर र उद्योगी व्यवशायीबाट समेत दवाव बढेपछि सरकारले विभिन्न स्तरमा छलफल चलाएको हो ।

यसक्रममा बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुसंग समेत छलफल गर्नुभएको थियो । नेपालमा कोभिड १९ बाट संक्रमित र मृत्यु हुनेको संख्या बढेसंगै सरकार थप संवेदनशील बनेको छ । कोरोना संक्रमितहरुको संख्या २६ सय नाघिसकेको अवस्थामा स्वास्थ्य संकटकाल लगाउने विषय समेत छलफलमा आएको छ । स्वास्थ्य मन्त्रालयले आबश्यक तयारी गरेपनि मन्त्रिपरिषदले अन्तिम निर्णय गर्नुपर्ने छ ।


ताजा खबर