भारत कोरोना संक्रमित बढी हुने देशहरुको विश्व सूचिको छैटौं स्थानमा

कोरोना महामारी (कोभिड १९) बाट विश्वभर संक्रमितको संख्या झन्डै ७० लाख र मृतकको संख्या चार लाख पुगेको छ ।

विश्वभर कोरोना महामारीको रेकर्ड अपडेट गर्ने वेभसाइट वल्र्डोमिटर्स डट इन्फोका अनुसार आइतबार बिहान ८ः३० बजेसम्म विश्वमा ६९ लाख ७३ हजार चार सय २७ जना संक्रमित भएका छन् भने कोरोनाबाट चार लाख दुई हजार ४९ जनाको ज्यान गएको छ ।

विश्वमा सबैभन्दा बढी संक्रमित अमेरिकामा झन्डै २० लाख पुगेका छन् । मृतकको संख्या पनि अमेरिकामा झन्डै सवा एक लाख पुगेको छ । कूल संक्रमितको झन्डै एक तिहाइ संख्या त अमेरिकामै छ । जुन विश्वभरको संक्रमितको २८.५१ प्रतिशत हो ।
नेपालको दक्षिणी छिमेकी देश भारत विश्वका कोरोना संक्रमण बढी हुने देशको ६औं सूचीमा छ । जहाँ झन्डै साढे दुई लाख जनामा कोरोना संक्रमण भएकोमा झन्डै सात हजारले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।

विश्वको कोरोना संक्रमणको ३.५३ प्रतिशत हिस्सा भारतमा रहेको छ । विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा, दोस्रो ब्राजिल, तेस्रो रुस, चौथो स्पेन, पाँचौं बेलायत र छैटौं सूचीमा भारत छ । बीबीसी


ताजा खबर