रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीको राजिनामा

रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) का कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले पदबाट राजिनामा दिनुुभएको छ ।

कार्यकारी निर्देशक कार्कीले सञ्चार तथा सूूचना प्रविधि मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई आज राजिनामा पेश गरेको जानकारी दिनुुभयो ।

२०६९ मंसिरदेखि पहिलो कार्यकालको चार वर्ष पुरा गरी २०७३ माघदेखि पुुनः ४ वर्षका लागि नियुुक्त हुुनुुभएकोमा करिब ७ महिना बाँकी रहदा कार्कीले आज स्वेच्छाले पदबाट राजिनामा दिएको बताउनुुभयो ।


ताजा खबर