टोकियो ओलम्पिक सामान्यरुपमा सम्पन्न गर्नेआयोजकको प्रतिवद्धता

जापानको राजधानी शहरमा अर्को बर्ष आयोजना हुन लागेको टोकियो ओलम्पिक २०२० लाई सामान्य र सरलीकृत रुपमा सम्पन्न गरिने आयोजक कमिटीका प्रमुख कार्यकारीले बताएका छन् ।

यसैबर्ष जुलाई महिनामा हुने तय भएको ओलम्पिक प्रतियोगिता कोभिड-१९ को महामारिका कारण एक बर्ष पछि गर्नलागिएको हो । टोकियो २०२० का कार्यकारी प्रमुख तोसिरो मुटोले ओलम्पिक यसपटक भव्य नहुने बताउनुभएको छ ।

आयोजक जापानले कम खर्चमै प्रतियोगितालाई कसरी छरितो बनाउन सकिन्छ भन्ने बारेमा २०० भन्दा बढी विकल्पहरुमा छलफल गरिरहेको छ । जापानको खर्च कटौतीको प्रस्तावमाविश्व ओलम्पिक कमिटीले भने औपचारिक प्रतिक्रिया दिएको छैन् ।

तर कमिटिमा अध्यक्ष थोमस व्याचले भने खेल र खेलाडी ओलम्पिक कमिटीको पहिलो प्राथमिकता हुने बताउनु भएको छ । कमिटीको मुख्यालय स्विट्जरल्याण्डको जेनेभामा बसेको पदाधिकारी बैठकमा बोल्दै व्याचले खर्च कटौतीको नाममा कुनै पनि खेल झिक्ने संभावनालाई भने अस्विकार गर्दै सबै खेलका सबै प्रतियोगिताहरु हुने बताउनुभएको छ ।  बीबीसी


ताजा खबर