प्रतिनिधिसभामाआज संविधान संशोधन प्रस्ताव प्रस्तुत हुने

प्रतिनिधिसभाको आजको बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने भएको छ ।

दिउँसो १ बजे बस्ने बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।

बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुअघि सदनमा विधेयकमाथि दफावार छलफल हुने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

यसैबीच, जनता समाजवादी पार्टीले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टी पदाधिकारी बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो । रासस


ताजा खबर