नेकपाको एमसीसी कार्यदलसहितको सचिवालय बैठक बस्दै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आइतबार (आज) सचिवालय बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो आज ४ बजे बैठक बस्ने गरी बोलाइएको बैठकमा एमसीसीका बारेमा छलफल हुने जनाइएको छ ।

आजको बैठकमा एमसिसी कार्यदलका सदस्यहरुलाई पनि बोलाइएको महासचिव विष्णु पौडेलले बताए ।

नेकपाले एमसिसीबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। कार्यदलमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली सदस्य रहेका छन् ।


ताजा खबर