बुन्डेशलिगामा बायर्नको जित पक्का

जर्मन फुटबल लिग बुन्डेशलिगाको जारी प्रतियोगितामा बायर्न म्युनिखले बोरसिया मोन्चेनग्लाडबाखलाई दुईका विरुद्ध एक गोलले पराजित गरेको छ ।

२६ औँ मिनेटमा जोसुवा जिर्कीले पहिलो गोल गर्दै बायर्नलाई अग्रता दिलाएपनि मोन्चेनग्लाडबाखका बेन्जमिन पाभर्डले ३७ ‌औँ मिनेटमा गोल फर्काएपछि खेल बराबरीमा पुगेको थियो । तर ८६ औ मिनेटमालियोन गोरेज्काले गोल प्रहार गरेपछि बायर्न विजयी बन्न पुग्यो ।

जितसँगै बायर्न सात अंकको अग्रताका साथ बुन्डेशलिगाको शीर्ष स्थानमा कायमै छ । अब तीन खेल खेल्न बाँकी रहेको बायर्नले एक खेलमा मात्रै जित हासिल गरेमा पनि बुन्डेशलिगाको लगातार आठौँ लिग विजेता बन्नेछ ।

हिजै भएका अन्य खेलहरूमा दोस्रो स्थानमा रहेको बोरसिया डोर्टमन्डले फोर्चुना डसेलडोर्फलाई एकका विरुद्ध शून्य गोलले पराजित गरेको थियो । त्यस्तै अर्को खेलमा वेर्डर ब्रेमनद्वारा ५-० गोलले पराजित भएपछि पाडरबोर्न रेलिगेशनमा पर्ने सम्भावना देखिएको छ । बीबीसी


ताजा खबर