चिनियाँ राष्ट्रपति सीको सम्मानमा आयोजित राजकीय भोज (फोटो फिचर)

दुई दिने भ्रमणका लागि नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ समकक्षी विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रीभोजमा सहभागी भएका छन् ।

सी बसेकै होटल सोल्टी क्राउन प्लाजामा राष्ट्रपति भण्डारीले रात्रीभोज आयोजना गरेकी हुन् । सीको सम्मानमा आयोजना गरिएको रात्रीभोजमा केही नेपाली परिकारहरुको पनि व्यवस्था गरिएको थियो ।

राष्ट्रपति सी को सम्मानमा आयोजित रात्रि भोजमा विशिष्ट पाउनाहरुको उपस्थिति रहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल लगायतसँग भेटवार्ता गरी राष्ट्रपति सी आज स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

यस्तो देखियो राजकीय भोज (फोटो फिचर)

 


ताजा खबर