दुई दिने नेपालको भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी आज अपरान्ह स्वदेश फर्कने

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण सकेर आज स्वदेश फर्किने भएका छन् । सी चीन फर्किनुअघि महत्वपूर्ण सम्झौता हुँदैछन् ।

रेल, सडक, जलविद्युतसहितका दर्जन एजेण्डामा सम्झौता हुने जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सीको उपस्थितिमा सम्झौता हुनेछ ।

बहुचर्चित केरुङ–काठमाडौं रेलमार्गको डीपीआर विस्तृत परियोजना प्रतिवेदन तयार, रेलमार्गको डीपीआर बनाउने, काठमाडौंको टोखादेखि नुवाकोटको छहरेसम्मको ६ किलोमिटर सुरुङमार्ग र त्यही बाटो हुँदै रसुवाको स्याफ्रुबेसीसम्म पुग्ने सडक निर्माणका लागि पनि सम्झौता हुने जनाइएको छ । सडक र रेलबाहेक अन्य केही आयोजनाका लागि पनि सम्झौता हुने जनाइएको छ ।

भारतको दुई दिने भ्रमण सकेर नेपाल आएका राष्ट्रपति सीले हिजो राष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेरको रात्रिभोजमा सरिक भएका थिए । सीले आइतबार नेकपा नेताहरूसँग भलाकुसारी गर्दैछन् । नेकपाका एक नेताका अनुसार, नेकपाका सचिवालय सदस्यहरूले संयुक्त रूपमा सीसँग भेटवार्ता गर्ने तय भएको छ ।

सी आज दिउसो १ बजे स्वेदेश फर्किने कार्यतालिका रहेको छ ।


ताजा खबर